GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

९. मत्तीको बोलावट (मत्ती ९:९–१३)



पृष्टभूमि: येशूको समयमा एकसाथ खाना खानु भनेको यहूदीहरूका मित्रताको चिन्ह थियो । धार्मिक शास्त्रीहरू तथा गुरुहरूले अन्य सामान्य मानिसहरूलाई अपहेलनाको दृष्टिकोणले हेर्ने गर्दथे किनकि उनीहरू पैसाको सम्बन्धमा ईमानदार थिएनन् । मत्तीले मत्तीको सुसमाचारको पुस्तकलाई लेखेका थिए भनेर सामान्यतौरमा हेरिन्छ ।

१. कर उठाउने मत्तीको दैनिक जीवन कस्तो थियो होला, कल्पना गर्नुहोस् । उसको जीवनको राम्रा र नराम्रा पक्षहरू के के थिए ?
  • आफू कर उठाउने व्यक्ति नै भएर रहँदा, परमेश्वरसँगको उसको सम्बन्ध कस्तो थियो होला ?
  • जब येशू कर उठाउने मत्तीको कार्यालयमा आउनुभयो, तब उहाँले के कुरा भन्नुहुनेछ भनी तिनले अपेक्षा गरे ?

    १. किन येशूले मत्तीलाई यसरी सोध्नुभएन: “के तिमी मेरो चेला हुन चाहन्छौं ?”
  • आफ्नो प्रख्यात तथा अच्चमको काम गर्नुहुने गुरुले आफूलाई पछ्याउने अनुरोध गर्नुहुँदा मत्तीले कस्तो महसुस गरे होलान ?
  • विगतको कर उठाउने व्यक्ति मत्तीलाई किन येशूले आफ्नो चेला बनाउन चाहनुभयो, यद्यपि त्यसरी चेला बनाएकोमा उहाँ आफै आलोचित हुनुहुने थियो भन्ने उहाँलाई थाहा थियो ।
  • किन येशूले तपाईं पनि उहाँको चेला बनेको चाहनुहुन्छ ?

    १. आफ्नो कार्यालयको कोठालाई पनि राम्रोसँग सफासुग्घर नगरी मत्तीले आफ्नो कार्यलाई छोडेर हिँड्दा उनको सहकर्मीहरूले के विचार गरे होलान ?
  • आफ्नो पेशा र आयलाई छोडेर जान सक्नेसम्मको सहास मत्तीले कसरी पाए ?
  • येशूलाई पछ्याउने क्रममा मत्तीले सबै कुराहरूलाई गुमाए तापनि उनले के प्राप्त गर्न सके ?
  • “मलाई पछ्याऊ” भनी येशूले तपाईंलाई सायद पहिलो पटक वा सयौं पटकसम्म भनी सक्नुभएको होला । अब तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुन्छ होला ?

    १. मत्ती आफ्नो घरानाको पिता भएको हुनाले जब उनले परमेश्वरमा विश्वास गरे, तब त्यसले उनको पत्नी तथा छोराछोरीहरूका जीवनमा कस्तो परिवर्तन ल्याएको थियो होला ?
  • येशू तथा आफ्ना पहिलेका सहकर्मचारीहरूलाई किन मत्तीले भोज दिन चाहे (पद १०) ?

    १. समाजका भद्र भलाद्मी मानिसहरू समाजका कस्ता मानिसहरूसँग सङ्गति गर्न रुचाउँदैनन् ?
  • किन येशूले सबै किसिमका मानिसहरूसँग आफ्नो सम्बन्धलाई राख्न चाहनुभयो ?


    १. पद १२–१३ अनुसार येशूले के भन्न चाहनुभएको थियो ?

  • तपाईंले आफैलाई यी दुई समूहहरूमा कुनचाहिँ समूहको भएको जस्तो लाग्छ ? स्वास्थ्य वा बिमारी, धर्मी वा पापीहरू ? (तपाईंले मनमनै उत्तर दिन सक्नुहुन्छ) ।
  • यो पाठको प्रकाशमा, तपाईंले बिमारी तथा पापलाई आफ्नो जीवनमा कसरी अनुभव गर्नुभयो होला जस्तो लाग्छ ?
  • किन कहिलेकाहीँ परमेश्वरको निम्ति कुनै कुरा बलिदान गर्नु आफ्ना छिमेकीमा भएका कसैमाथि दया देखाउनुभन्दा सजिलो हुन्छ (पद १३) ?

    १. येशू “डाक्टर” हुनु भए तापनि, आफै नै घाउ नै घाउले भरिएको किन हुनु पन्यो ? एक मात्र धर्मीजन येशू हुनु भए तापनि, किन उहाँलाई नै पापीहरूमा मानिसहरूले गने त ?

    खुशीको सन्देश: परमेश्वरको निम्ति येशू सिद्ध बलिदान हुनुभयो । त्यसैले परमेश्वरले हामीबाट अन्य कुनै पनि बलिदानको अपेक्षा गर्नुहुन्न तर हाम्रा शक्ति र सामथ्र्यलाई हाम्रा छिमेकीको सेवामा प्रयोग गरेको चाहनुहुन्छ ।

       
    Downloads    
    Contact us    
    Webmaster