GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

२२. गधामा चढेर राजा आफ्नो सहरतर्फ आउनुहुन्छ (मत्ती २१:१–११)



पृष्टभूमि: येशू नै राजा हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रमाणसाथ मानिसहरूले अपेक्षा गरिरहेका थिए अनि अगमवाणी गरिएअनुसा उहाँ गधामा चढेर आउनुभयो (जकरिया ९:९) । वास्तवमा भन्नुपर्दा, येशू राजा दाऊदका ३० औं पुस्ताका पुत्र राजा थिए ।

१. विजयी प्रवेश
  • विजयसाथ सहरमा प्रवेश गर्ने राजाबाट हामीले सामान्यतया के अपेक्षा गर्छौं ?
  • चेलाहरूले येशूबाट गरेको अपेक्षा तथा भीडहरूको प्रतिक्रियाबीच के भिन्नता रहेको थियो ?
  • येशू अन्तिम पटक यरूशलेममा आउनुहुँदा, कस्तो प्रकारको प्रक्रियालाई एकनास देखियो, ध्यान दिनुहोस् । कसले स्वागत गर्ने योजना बनाएको थियो ? ती सबै कसरी सुरु भए ? किन मानिसहरूले उनीहरूका वस्त्रलाई सडकमा बिछ्याए ? किन सम्पूर्ण सहर नै उर्लिएको थियो ?
    १. राजा
  • किन येशू गधामा आउनुभयो तर घोडामा होइन ?
  • येशू नै दाऊदका पुत्र हुनुहुन्थ्यो भनेर कसरी मानिसहरूले जान्न सके (मत्ती २०:३१) ?
  • येशूको कुनचाहिँ आचारणले उहाँ राजकीय भएको देखायो ?
  • रोमी सेनाहरूले येशू नै राजा हुनुहुन्छ भनी मानिसहरूले कराएको पटक्कै मन नपराए तापनि, किन मानिसहरू बिना डर चिच्याइरहे ?
  • यतिबेलासम्म येशू नै राजा हुनुहुन्थ्यो भन्ने कुरालाई येशूले लुकाइराख्नुभएको थियो । अहिलेचाहिँ किन उहाँले त्यसलाई निर्धक्कसाथ स्वीकार गर्नुभएको थियो ?
  • यस संसारको राजाहरू तथा यस परिस्थितिको येशूबीच के भिन्नता रहेको छ ?
  • किन येशूचाहिँ राजाको रूपमा मर्नुभयो ?

    १. मानिसहरू
  • त्यसरी अचानक उहाँलाई भव्य स्वागत गर्दा किन येशूले खुशीसाथ त्यसलाई स्वीकार गर्नुभयो होला ? आफ्ना राय प्रकट गर्नुहोस् ।
  • पाँच दिनपछि “येशूलाई त्रूmसमा चढाओ” भनी चिच्याउने मानिसहरूमध्ये कति प्रतिशत यस भीडबाट आएका थिए होलान ?
  • उहाँलाई दुव्र्यवहार गरिँदा किन भीडबाट एउटै पनि व्यक्तिले उहाँको पक्ष लिएर बोलेनन् होला ?
  • यदि तपाईंका सबै साथीहरू तपाईंसँग असहमतिमा छन् र तपाईं मात्र उभिन पर्दा तपाईंलाई कस्तो लाग्छ होला ?



    १. होसन्ना (जसको अर्थ, “हे प्रभु हामीलाई बचाउनुहोस्/मद्दत गर्नुहोस् !”) भन्ने हुन्छ ।
  • पद ९ मा भएको मानिसहरूका क्रन्दनले साँच्चिनै के भन्न खोजिरहेको छ ? सन्दर्भ, “होसन्ना” को अर्थलाई खोज्नुहोला ।
  • “हुर्रे” भनेर चिच्याउनुभन्दा राजा येशू मलाई “मद्दत गर्नुहोस्” भन्नु किन उचित होला ?
  • पद ११ बारे कुन कुरा छक्कपर्दो रहेको छ ?
  • येशूको भविष्यलाई यस घटनाले कस्तो असर पान्यो ?

    १. तिमी र म

  • कुन कुराले तपाईंलाई यसरी चिच्याउने बनाउँछ: “होसन्ना, मलाई मद्दत गर्नुहोस् ?” अन्तिम समयतिर वा उहाँको आगमनतिर ?
  • किन यो चिच्याहट क्रिस्मसको निम्ति उत्तम तयारी हुन पुग्यो ?
  • खुशीको सन्देश: पद ५ लाई पुन: पढ्नुहोस् र “सियोनका छोरी” भन्ने ठाउँमा तपाईंको आफ्नै नाउँ राख्नुहोस् ।

       
    Downloads    
    Contact us    
    Webmaster