१. येशूले एक निराश बिरामीलाई भेट्नुहुन्छ । मर्कूस २:१–१२
पृष्ठभूमी जानकारी : येशूको समयमा घरका छतहरू चुन ढुङ्गाको या टायल्सको हुने गर्दथ्यो र त्यो
समतल हुने गर्दथ्यो । घर बाहिर छतमा उक्लने भन्याङ्ग थियो । साधारण तवरले उक्त अधवैँशे व्यक्तिलाई मानसिक रक्तश्रावका कारण पक्षघात भएको थियो । उक्त पक्षघाती व्यक्ति हिँड्डुल गर्न
र बोल्न पनि सक्तैनथ्यो । येशूले आफैलाई मानिसको पुत्र भन्ने नाउँ दिनुभयो ।
१. यदि कोही मानिस हिँड्डुल गर्न, बोल्न समेत सक्तैन र ओछ््यानमा मात्र लडिरहन्छ भने के ऊ खुशी हुन सक्छ ?
यस व्यक्तिलाई दैनिक जीवनमा कस्तो प्रकारको हेरचाहको आवश्यकता पर्दछ होला ?
यस व्यक्तिलाई दैनिक रूपमा हेरचाह गर्ने व्यक्तिको जीवन कस्तो होला? कल्पना गर्नुहोस् ।
२. त्यस समयमा यहूदीहरू सबैले परमेश्वरमा विश्वास गर्दथे । पक्षघातपछि, परमेश्वरप्रतिको उसको विश्वास र सोचमा कस्तो भयो होला ?
३. यस व्यक्तिको चेतनामा नै पाप भएको कुरा हामीले पद ५ मा देख्छौं । यदि कुनै एउटा व्यक्ति हिँड्डुल गर्न या बोल्न पनि सक्तैन भने उसले कस्तो किसिमको पापमा सहभागी हुन सक्छ होला र ?
तपाईँको राय के छ ? के कुनै पनि कष्ट या बिरामीले हामीलाई अझ असल मानव हुने मौका प्रदान गर्छ वा झन खराब ?
४. एउटा पक्षघाती बिमारीलाई ओढ्नेमा राखेर सहरबाट लैजान किन कठिन हुन्छ ?
किन अन्य मानिसहरूले उक्त पक्षघाती मानिसलाई येशूकहाँ पुन्याउन सहायता गरेनन् ?
किन चारजना मित्रहरूले भीड देखेर अब भित्र जान सकिन्न भन्ने अनुमान लगाई घर फर्केनन् ?
५. यी चार जना मित्रहरूसँग पक्षघाती व्यक्तिको के साईनो पथ्र्यो होला ? विभिन्न सम्भावनाहरूको बारेमा सोच्नुहोस् र (पद ३)
पक्षघाती व्यक्तिलाई छतमा लैजाँदा के–के होशियारीहरू अपनाउनुपर्दथ्यो होला ? (घरको बारेमा पृष्ठभूमी जानकारी हेर्नुहोस्)
घरको छत भत्काउनको निम्ति के–के औजारहरूको आवश्यकता पर्दथ्यो ? ती चार जना मानिसहरूले ती औजारहरू कहाँबाट ल्याए ?
६. चारजना व्यक्तिहरूले आफ्नो साथीलाई निको हुन्छ होला भन्ने ठानेर येशूकहाँ ल्याएका थिए । तर येशूले भने उक्त व्यक्तिलाई क्षमा गर्नुभयो, किन ?
येशूले यसप्रकार किन काम गर्नुभयो ? पहिला पापको क्षमा त्यसपश्चात् रोगबाट चङ्गाई ।
पक्षघात लागेको व्यक्तिलाई उसले विगतमा गरेका सबै गलत कार्यहरूका निम्ति क्षमा दिनुको के अर्थ लाग्छ ?
७. कल्पना गर्नुहोस कि तपाईँ येशूकहाँ गएर आफ्नो सबैभन्दा ठूलो समस्याको समाधान माग्दै हुनुहुन्छ । यदि उहाँले तपाईँलाई यस्तो प्रतिक्रिया दिनुभयो भने “मेरो छोरा/छोरी तिम्रो पापहरू क्षमा गरिएका छन्” तपाईँले खुशी या दुखी कस्तो अनुभव गर्नुहुनेछ ।
यदि तपाईँले छान्न पाउनुभयो भने, असल विवेक, वुद्धि, समझशक्ति या आफ्नो
समस्याको समाधानमध्ये कुन रोज्नुहुन्थ्यो ?
अन्तमा, जब आफू स्वर्ग जान पाउने कुरा थाहा पायो तब पक्षघाती व्यक्तिको आफ्नो
रोगप्रतिको धारणा कस्तो भयो होला ?
८. ५ पदमा येशूले पक्षघाती मानिसको विश्वासको बारेमा कुरा गर्नुभएको छैन , तर उसका
साथीहरूको बारेमा कुरा गर्नुभएको छ । साँच्चै नै ती मानिसहरूले येशूलाई भेट्नुअघि उनीहरूमा कत्ति पनि विश्वास थिएन । त्यस व्यक्तिले कहिलेदेखि येशूलाई विश्वास गर्न थाल्यो ? बाइबलको पद व्याख्या गर्नुहोस् ।
किन व्यवस्थाका शिक्षकहरूले, येशूले मानिसहरूका पापहरूक्षमा गर्न सक्नुहुनेछ भन्ने विश्वास गरेका थिएनन् ? (पद ७–८)
९. येशूले पद ९ मा सोच्नुभएको प्रश्नहरूको उत्तर लेख्नुहोस ।
उक्त व्यक्तिलाई निको पार्न येशूले के गर्नुपन्यो ? उसको पाप क्षमा गर्नका निमित्त येशुलाई के गर्नुपन्यो ?
यदि तपाईँ पद १०–१२ सम्म व्याख्या गरिए अनुसारको घटनाको प्रत्यक्षदर्शी हुनुभएको भए येशूको बारेमा तपाईँको सोच कस्तो हुन्थ्यो होला ?
१०. असल समाचारका प्रश्नावलीहरू: यदि तपाईँको हृदयले तपाईँले गरेका गलत कार्यका खातिर आफैलाई दोषी ठहन्याईरहेको छ भने येशूले यसो भन्दै हुनुहुन्छ सुन्नुहोस : “मेरो छोरा/छोरी, तिम्रो पापहरू क्षमा भएका छन ।” आफूले गरेका प्रतिज्ञाका कारण येशूलाई त्रूmसमा मर्नुपन्यो । आज तपाईँको निम्ति उहाँको प्रतिज्ञाको अर्थ के हुन सक्छ ? (तपाईँले आफ्नै मनमा उत्तर दिन सक्नुहुनेछ ।)
(सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा, तपाईँले कुनचाहिँ महत्वपूर्ण कुरा सिक्नुभयो ?
Downloads
Contact us
Webmaster