२. येशूले कर कार्यालयका अधिकृतलाई भेट्नुहुन्छ लूका १९:१–१०
(यी प्रश्नहरूलाई कुनै पनि स्थानीय भाषा बोल्ने मानिसले ध्यान दिएका छैनन् ।)
पृष्ठभूमि जानकारी : येशूको समयमा महशुल उठाउने व्यक्तिहरूलाई भ्रष्ट व्यक्तिहरूका रूपमा चिनिन्थ्यो । सर्वप्रथम त उनीहरू बहालवाला रोमी आधिकारीहरूको चाकरी गर्दथे भने, दोस्रोचाहिँ उनीहरूले देशवासीहरूबाट उठाएका करहरू आ–आफ्ना खल्तिमा भर्दथे जसका कारण उनीहरू धेरै धनी गर्दथे । जकै आफ्नै सहरमा यिनै कुराहरूले गर्दा कतिको अलोकप्रिय भएका थिए भन्ने कुरा हामी पद ७ मा हेर्न पाउँछौं । हाम्रो जानकारीअनुसार, येशू केवल यरीहोमा यतिबेला मात्र आउनुभएको थियो र यो घटना उहाँको मृत्यु हुनुभन्दा एक हप्ता अघि मात्र घटेको थियो । त्यतिबेलासम्म उहाँले आफ्नो सार्वजनिक सेवकाइ गरेको करिब तीन वर्ष भइसकेको थियो र उहाँले एक कर उठाउनेलाई पनि आफ्नो चेला बनाउनुभएको थियो भन्ने कुरा सबैले जानिसकेका थिए ।
१. यदि एउटा व्यक्तिलाई चोर वा ठगाहको रूपमा हेरिन्छ भने, के त्यस व्यक्ति आफैमा ऊ कहिल्यै खुशी हुन सक्छ ?
सधैं नै अन्य मानिसहरूभन्दा आफूचाहिँ होचो भएको कारण, जकैलाई कस्तो मानसिक असर पर्न सक्दथ्यो होला ?
जवानी अवस्थाको कुनै पनि घेराऊबाट हामी कसरी बँच्न सक्छौं ?
२. तपाईंको विचारमा, किन जकै कर उठाउने अधिकारी बने होलान ? विभिन्न सम्भावित कारणहरूबारे सोच्नुहोस् ।
एउटा गरीब परिवारबाट करस्वरूप उनीहरूसँग रहेका एउटै मात्र भेडा वा सिक्का पनि लिने करअधिकारीहरूले कसरी उनीहरूका आफ्ना आचरणलाई स्पष्टीकरण दिन सक्छन् होला ?
त्यस्ता परिस्थितिहरूमा एउटा ठूलो सहरमा भएको कर कार्यालयको प्रमुख अधिकारीको
रूपमा आउने व्यक्तिबाट के कुराको माग गरिन्थ्यो होला ? (एउटा दयालु हृदय भएको व्यक्ति सजिलै त्यति ठूलो ओहदामा आउन सक्दथ्यो होला र ? आफ्ना राय दिनुहोस्) ।
३. आफूलाई यरीहोका सबै मानिसहरूले तिरस्कार गरेको देख्दा, जकैलाई कस्तो लाग्यो होला ? (पद ७)
सामान्यतया, एक अधिकृत बन्नका लागि केही समय लाग्दछ । यदि जकैको उमेर ५० ( लगभग) भएको थियो भने, उनका हुर्किसकेका सन्तानहरू थिए होलान । तिनीहरूले आफ्ना बाबाको कामप्रति कस्तो विचार राख्दथे थिए होलान ?
सामान्यतया मानिसहरू जब ५० वर्षको पुग्छन्, तब उनीहरूले आफ्ना जीवनको लक्ष्य तथा मान्यताहरूबारे पुन: चिन्तन गर्छन् । तपाईंको विचारमा, यतिबेला जकैले आफ्नो बाँकी रहेको जीवनबाट के चाहन्थे होलान ?
४. सामान्यतया, कर उठाउनेहरूले धर्मकर्म गर्ने मानिसहरूसँग कुनै पनि सरोकार राख्दैनन् थिए । तर जकैले किन येशूलाई देख्ने उत्कट इच्छा राखे ? (४) ?
मध्य पूर्वीय सँस्कृतिमा, एउटा प्रतिष्ठित व्यक्ति कहिल्यै पनि दगुरेर हिँड्ने गर्दैन थियो । जकैले केवल येशूलाई देखेर सम्बोधन मात्र गरेनन्, तर उहाँलाई देख्नको निम्ति उनले आफ्नो सँस्कृतिको विपरीत अति नै असामान्य तरिकाले दगुर्ने तथा रूखमा चढ्ने जस्तो कार्य गरे । ती सबै क्रियाकलापहरूले जकैबारे के देखाउँछ ? (पद ४)
अञ्जीरको रूख, फलाँटको रूखझैं अग्लो भएर वृद्धि हुन सक्छ । यरीहोको कर प्रमुखले यसरी आफैलाई अग्लो रूखमा चढाएर सबै मानिसका नजरलाई बेवास्ता गर्न खोजी
रहेका थिए वा आफैलाई रूखको पातहरूमा लुकाउन खोजी रहेका थिए ? तपाईंलाई कस्तो लाग्छ, आफ्नो राय व्यक्त गर्नुहोस् ।
५. येशू पहिलो पटक यरीहो घुम्दै हुनुहुन्थ्यो । जब जकैले पहिलो पटक येशूको मुखबाट आफ्नो नाउँ उच्चारण भएको सुन्दा, उसले के सोच्यो होला ? (पद ५)
ती दिनमा, उक्त सँस्कृतिमा एकसाथ बसेर खाना खानु भनेको मित्रताको सङ्केत हुन्थ्यो । येशूले जकैको घरमा जाने निधो कहिले गर्नुभयो ? विभिन्न विकल्पहरूका बारेमा
सोच्नुहोस् । (पद ५)
६. यदि येशूले रूखको फेदबाट जकैलाई “पहिला तिमी असल मानिस बन्यो भने म तिम्रो असल मित्र हुनेछु” भन्नुभएको भए जकैको प्रतिक्रिया कस्तो हुनेथियो होला ?
यदि कसैले तपाईँलाई “पहिला तिमीले गलत बाटो हिँडन छाड्यौ भने म तिम्रो मित्र हुनेछु” भन्यो भने, तपाईँको प्रतिक्रिया कस्तो हुनेछ ?
किन मानिसहरूलाई ‘परिवर्तन होओ’ भनेर भन्नाले मात्र उनीहरू परिर्वतन हुँदैनन् ?
७. येशू किन हतारमा देखिनुहुन्थ्यो ? (पद ५)
सारा यरीहोवासीका अगाडि ठूलो रूखमा चढ्नका निम्ति कर प्रमुखलाई अप्ठ्यारो लागेन ?
(पद ७)
८. जकैले सधैं पैसालाई माया गर्दथ्यो । तर उसको हृदय यसरी एक्कसी कसरी परिवर्तन भयो होला ? (पद ८)
उनले आफ्नो निम्ति लगभग कति प्रतिशत सम्पत्ति राखेका थिए होलान ?
झण्डै सम्पूर्ण सहरले नै मन नपराउने मान्छेको घरमा येशू जानुभएको कारण तिनीहरूले उहाँलाई आलोचना गरेका थिए । उदाहरणको लागि यदि जकैले आफ्नो सारा
सम्पत्तिको आधा हिस्साले एउटा स्कूल निर्माण गरेर बाँकी रहेको पैसालाई घर–घरमा गएर मानिसहरूलाई चार गुणा फर्काइदिएको भए, उनीहरूले कस्तो प्रतिक्रिया दिन्थे होलान ?
९. अब्राहाम यहूदीहरूका पहिलो वंशज थिए र इसाईहरूका निम्ति विश्वासका पिता हुन् । येशूले जकैलाई “अब्राहामका पुत्र” भनी सम्बोधन गर्नुको अर्थ के हुन सक्छ ? (पद ९)
येशूले पद १० मा बोल्नुभएको वचनअनुसार, के भन्न खोज्नु भएको होला ?
१०. तपाईंको विचारमा, जकै कतिबेला येशूमा विश्वासी भएका थिए होलान् ? पद पनि उल्लेख गर्नुहोस् ।
जकैले गरेका सबै गलत कार्यहरूको परिणामहरू के भए होलान ?
एक हप्तापछि, जब येशू मर्नुभएको कुरा जकैले सुने, तब उनको प्रतिक्रिया कस्तो भयो होला ?
असल समाचारका प्रश्नावलीहरू: यरूशलेम जाने क्रममा, येशू यरीहोतिर पनि जानुभयो । त्यस
सहरकोे सबैभन्दा खराब मान्छे भनेर चिनिने जकैलाई उहाँले भेट्नुभयो र तिनको मित्र बन्नुभयो । उहाँ तिनको मित्र बन्ने क्रममा, उहाँ तिनको पनि पापको मूल्य चुकाउन आउनुभएको थियो भन्ने कुरा उहाँलाई थाहा थियो । तिनको आफ्नो पापको ज्याला तिनले तिर्नु परेन र त्यसरी नै हामीले पनि तिर्नुपर्दैन । तर येशूले चाहिँ हाम्रो पापको निम्ति आफ्नो ज्यानै बलिदान दिनु पन्यो । आज येशूले तपाईंको निम्ति पद १० मा भएको वचनलाई दिनुहुन्छ । प्रतिउत्तरमा, तपाईंले उहाँलाई कसरी जवाफ दिनुहुन्छ होला ?
Downloads
Contact us
Webmaster