GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

३. येशूले एक वेश्यालाई भेट्नुहुन्छ । लूका ७:३६–५०


पृष्ठभूमि जानकारी : येशूको समयमा एउटा सम्मानित व्यक्तिलाई पहुनास्वरूप कसरी कसैको घरमा
स्वागत गरिन्थ्यो भन्ने कुरा पद ४४–४६ मा वर्णन गरिएको छ । मानिसहरू सजिलैसँग भूईंमा बसेर अढेस लाग्दै खाने गर्दथे । त्यसैले यदि कसैको खुट्टामा फोहोर मैला देखियो भने, उनीहरूका भोक हराउँथ्यो र उनीहरूले खाना खान सक्दैन थिए । याद राख्नुहोस, यहूदी सँस्कारमा एक महिलाले कहिल्यै पनि अपरिचित पुरुषको अगाडि आफ्नो कपाल खुला छाड्दैनन् थिए । फरिसीको अर्थ परमेश्वरमा श्रद्धा राख्ने विश्वासीहरू भन्ने हुन्छ । सिमोन येशूका अन्य चेलाहरूजस्ता थिएनन् ।
१. तपाईँको विचारमा के एउटा वेश्याले खुशीयालीपूर्ण जीवन जिउन सक्छे होला र ? । आफ्नो राय दिनुहोस ।
  • सारा शहरमा मानिसहरूलाई थाहा छ कि यो आईमाईले आफ्नै शरीरको विक्री गर्दछे । के कारणले गर्दा उक्त महिला वेश्या भई ? अन्य सम्भाव्यताहरूको बारेमा सोच्नुहोस् ।
    २. फरिसी, सिमोनको लागि जीवनका महत्वपूर्ण कुरा के थिए ?
  • सिमोनले आफ्ने नोकरहरूमध्ये एउटालाई येशूको पाउ धुन लगाएन, वास्तवमा उसैले येशूलाई पाहुना हुन निम्तो दिएको थियो । (पद ३६, ४४–४६)

  • ३. उक्त महिला कसरी लुकिछिपी सिमोनको घरमा पसी र खाना खाने कोठासम्म पुग्न सकी होला ? विभिन्न सम्भावनाका बारेमा सोच्नुहोस ।
  • अत्तरले भरिएको सिँगमरमरको सिसीको भाँडो साह्रैनै महँगो थियो । उक्त अत्तरले भरिएको सिसी त्यो आईमाईले कसरी प्राप्त गरी होला र के उद्देश्यका लागी किनेकी थिई होली ? विभिन्न विकल्पहरूका बारेमा सोच्नुहोस ।
    ४. ती आईमाईले येशूलाई व्यग्रताका साथ भेट्न चाहिन् । ताकी कडा रुपमा आफ्नो निन्दा हुने थाहा पाउँदा–पाउँदै पनि फरिसीका घरमा छिर्ने आँट गरिन ।
  • उक्त समयमा धर्मी मानिसहरूकथित पापीहरूसँग कुनैपनि प्रकारको सम्पर्क राख्तैनथे । के कुराले उक्त महिलालाई विश्वास र साहस जुटाईदियो कि येशू अन्यभन्दा फरक हुनुहुन्छ ?
  • उक्त स्त्री किन येशुको पाउ छुन चाहन्थिइन ? (पद ३८)
  • मुसा, सर्प वा हामीले धेरै नै घृणा गरेको व्यक्तिले हामीलाई छोयो भने के हुन्छ होला ?
  • उक्त स्त्रीले येशूलाई छुन खोज्दा येशूले पाउ पछी नहटाउँदा उसले के बुझिहोली ?
    ६. अनुमान गर्नुहोस कि, या भन्दा पहिले उक्त स्त्री कहिले अन्तिम पटक रोएकी थिई होली ?
  • तपाईँको अनुमानमा यदि कसैले कोही व्यक्तिको पाउ धुन चाहन्छ भने कति थोपा आँशुको आवश्यकता पर्दछ होला ?
  • उक्त स्त्रीलाई के कुराले रुवायो होला ताकी उसको आँशुले येशुको पाउ भिजेको थियो ?
  • उक्त स्त्रीले येशूको सुख्खा पाउ आफ्नो रुमाल वा कपडाले नपुछेर कपालले किन पुछेकी होली ?
  • रात्रीभोजका समय उक्त स्त्री एक शब्द पनि बोलिन तर उसको गतिविधी र आचरणले के भन्न खोजिरहेकी थिई होली ?
    ७. ४१ र ४२ पदमा येशुले एक साहु र ऋणीहरूको बारेमा सानो उखान भन्नुभएको छ, त्यहाँ साहु भनेर परमेश्वरलाई सम्बोधन गरिएको छ भने ऋणीहरूका रुपमा येशुले कसलाई सम्बोधन गर्न खोज्नुभएको होला ?
  • येशूले पापलाई ऋणसँग दाँज्नुभएको छ । ५०० सिक्का बराबरको ऋण भनेको एक साधारण व्यक्तिको डेढ वर्षको कमाई बराबर हुन्थ्यो र ५० सिक्काको ऋण भनेको डेढ महिनाको कमाई बराबर हुन्थ्यो । हाम्रो देशको मुद्रासँग सटही गर्ने हो भने यो कति हुन्छ होला ?
  • मानौँ, यदि तपाईँले गरेका सबै पापहरूलाई १० युरो बराबरका दरले हिसाब गर्ने हो भने आजसम्म तपाईँले परमेश्वरलाई तिर्नुपर्ने ऋण कति हुन्छ होला ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ । )

  • ८. किन, सिमोनदले येशू र स्त्री दुवैजनालाई वेवास्ता गरे ? (पद ३९)
  • हाम्रो आफ्नै जीवनमा भएको पापहरूको नजरअन्दाज गर्दै अरुको जीवनको पाप औँल्याउनु कति सहज हुन्छ ।
    ९. यी दुईमध्ये कुनचाहीँ घटना पहिले घट्यो होला ? के उक्त महिलाले आफ्नो पाप क्षमा भएको विश्वास गरी होला कि आफ्ना सबै पापहरूबाट क्षमा पाउनका निम्ति येशूलाई प्रेम गरी होली ? पद ४२–४३–४७ का आधारमा उत्तर दिनुहोस् ।
  • उक्त स्त्रीले परमेश्वरलाई तिर्नुपर्ने ऋण कसले चुकायो ?
  • सिमोनले परमेश्वरलाई तिर्नुपर्ने ऋण कसले तिन्यो ?
  • सबै मानिसहरूको ऋण येशूले कुन मुद्रामा तिर्नुभयो होला ?
    १०. असल समाचारका प्रश्नावलीहरू: तपाईँका सबै पापहरूका बारेमा येशूलाई थाहा छ, तर यसका बाबजुद पनि उहाँ तपाईँलाई यसो भन्नुहुन्छ, “तिम्रा सबै पापहरूक्षमा भएका छन् । तिम्रो विश्वासले तिमीलाई बचाएको छ । शान्तिसँग जाऊ ।” (पद ४८ र ५०) उहाँसँग मात्र यी शब्दहरू उच्चाहरण गर्ने अधिकार छ, किनभने उहाँको आफ्नै रगतद्धारा तपाईँको पापको मुल्य तिर्नुभएको छ । तपाईँ उहाँलाई के उत्तर दिनुहुन्छ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन
    सक्नुहुन्छ । )
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?


       
    Downloads    
    Contact us    
    Webmaster