GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

४. येशूले एक सम्पन्न राजनीतिज्ञलाई भेट्नुहुन्छ । मर्कुस १०:१७–२७




पृष्ठभूमि जानकारी : येशुका अन्य जीवनी (जीवन चरित्र) हरूबाट स्पष्ट हुन्छ कि यो खण्डमा चित्रित व्यक्तित्व अझै जवान देखिन्थ्यो । यद्यपी ऊ कथित राज्यसभाको सदस्य थियो । (कथित उच्च परिषद) (मत्ति १९:२२ र लूका १८:१८) उक्त व्यक्तिले बाइबलबाट यो कुरा थाहा पायो कि मृत्युपर्यन्त ऊ कि त अनन्त स्वर्गमा बास गर्नेछ या त अनन्त मृत्युलोकको भागीदार ठहरिनेछ । याद राख्नुहोस कि त्यो सँस्कृतीको व्यक्ति जो अन्य व्यक्तिका अगाडि न त दगुर्दछन् न त घुँडा नै टेक्दछन् ।
१. तपाईँलाई के लाग्दछ : कि कोही मान्छे आफ्नो मृत्यु पर्यन्त उसको जीवनमा के हुन्छ भन्ने थाहा नपाईकनै पनि खुशी रहन सक्छ ?
  • के कुराले राज्यसभाको उक्त जवान युवकलाई येशुको अगाडि दगुर्दै आएर पाउ पर्ने असामान्य गतिविधी देखाउने बनायो ? (पद १७)

  • के उक्त व्यक्तिले येशूलाई साँच्चै परमेश्वर वा असामान्य वौद्धिक व्यक्तिको रुपमा लियो होला ? (पद १७ दोस्रो खण्ड –१८)
  • आफ्नो जीवनभर परमेश्वरको आज्ञालाई शिरोधार्य गर्दा पनि उक्त व्यक्ति आफ्नो मुक्तिबारे निश्चिन्त थिएन, किन ?
  • किन हामी मृत्युपर्यन्त स्वर्ग जाने कुरामा सँधै निश्चिन्त रहन सक्तैनौँ ?
  • के तपाईँलाई लाग्दछ, कि कोही व्यक्ति आफ्नो मृत्युपर्यन्त स्वर्ग जाने कुरामा रहन
    सक्तछ ? आफ्नो राय दिनुहोस ।
    ३. येशुले यहाँ व्याख्या गरेअनुसार पालना गर्नका निम्ति सबैभन्दा गाह्रो आज्ञा कुन–कुन छन् ?
  • धेरै राजनीतिज्ञहरू पैसा र यौनका विषयमा भ्रष्ट र पतित (परीक्षित ) भएका हुन्छन् । तर उक्त, व्यक्ति यी सबै परीक्षाहरूबाट कसरी बँच्न सफल भएको होला ? (पद २०)
  • याद राख्नुहोस, येशूले आज्ञा गरेअनुुसार यी सबै आज्ञाहरूकार्यमा मात्र होईन कि विचार र शब्दहरूमा पनि पूर्णरुपमा पालना गर्नुपर्दछ । के तपाईँलाई लाग्दछ कि, उक्त व्यक्तिले यी
    सबै कुराहरूपलना गर्नुमा विजयी पाएको छ ? (पद १९–२०)
  • उक्त व्यक्तिले २० पदमा भनेझैँ के तपाईँ पनि इमान्दारीपूर्वक त्यही पद भन्न सक्नुहुनेछ ?
    ४. उक्त व्यक्तिको जीवनमा केही कुराको मात्रै अभाव देखिन्छ । पद २१ लाई स्मरण गर्नुहोस र
    साराँशमा भन्नुहोस, उक्त जीवनमा साँच्चै के कुराको अभाव थियो ?
    ५. येशूले पद २१ म स्वर्गको धनको बारेमा व्याख्या गर्नु हुन्छ । स्वर्गीय धन कसरी आर्जन गर्न
    सकिन्छ ?
  • वर्तमान युवापुस्ताहरूले प्राय: के कुरालाई अत्यन्त महत्वपूर्ण सम्पत्तीका रुपमा लिने गर्दछन् ?
  • तपाईँका निम्ति अत्यन्तै महत्वपूर्ण सम्पत्तीको वा के हुन सक्तछ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ ।)
    ६. शायद उक्त जवान युवकको पनि परिवार साथै बुढेसकालमा पुगेका स्याहार गर्नुपर्ने अभिभावकहरू थिए होलान । यदि उसले पनि येशूले पद २१ म भनेझैँ गरी येशूलाई पछ्याएको भए उनीहरूको के हालत हुन्थ्यो होला ?
  • कल्पना गर्नुहोस कि तपाईँ स्वयँ उक्त जवान युवा राजनीतिज्ञको अवश्थामा हुनुहुन्छ । के तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ कि तपाईँले आफ्ना घर सम्पत्तीहरूबेचेर येशूको पछि लाग्दा उहाँले तपाईँ र तपाईँका परिवारहरूको हेरचाह गर्नुहुनेछ ?
  • के तपाईँले यसो गर्दा स्वर्गमा जान पाउनुभयो भने यस पृथ्वीको आफ्नो सारा सम्पत्ती त्याग्न तयार हुनुहुनेछ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ । )

  • ७. पद २१ अनुसार येशुले युवा राजनीतिज्ञलाई मन पराउनुभयो । किन उहाँले त्यति कडा वचनहरूभन्नुभयो ताकि उ उहाँबाट टाढा भयो ?
    ८. येशूले चाहेअनुुसार आफूले गर्न नसक्ने थाहा पाएपछि उहाँबाट टाढा हुनुबाहेक उसले अरु के नै गर्न सक्थ्यो? (पद २२)
  • शायद, उसको ठाउँमा येशु भएको भए र उसले “मलाई माफ गर्नुहोस म तपाईँलाई भन्दा बढी मेरो धन सम्पत्तीलाई गर्छु ।” भनेको भए उहाँको कस्तो उत्तर दिनुहुन्थ्यो होला ?
    ९. अनुमान गर्नुहोस कि यो अवस्थादेखी उक्त जवान राजनीतिज्ञ आफ्नो जीवनमा खुशी छ होला ? उसले आफ्नो मृत्युको बारेमा के सोच्यो ?
  • येशूले उसलाई दिनुभएको प्रतिक्रिया र पत्रुसलाई दिनुभएको प्रतिक्रियालाई दाँज्नुहोस् । ( पद २१ र २६) सामान्यतया उहाँको प्रतिक्रिया समान छ कि एक अर्कामा फरक छन् ?
  • आफ्नो मृत्यु पश्चात को–को स्वर्ग जान सक्तछन् ।
    १०. असल समाचारका प्रश्नावलीहरू: “परमेश्वरमा सबै कुृराहरूसम्भव छन” भन्नुको अर्थ यो हुन्छ कि येशू स्वयम्ले तपाईँले स्वर्गमा प्रवेश पाउनुहोस भन्नका खातिर सबै स्वर्गीय धन,
    सम्पत्ति र वैभवलाई त्यागेर यस सँसारमा सतावट र मृत्युको भागिदार हुनका निम्ति यस
    सँसारमा आउनुभयो ।
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?


       
    Downloads    
    Contact us    
    Webmaster