GT Bible Studies    

    Nepali    


Navigation Glad Tidings Bible Studies in Nepali Other Studies  

५. येशूको शिक्षा : उडन्ता पुत्र लूका १५: ११–२४




पृष्ठभूमि जानकारी : येशुले भनेका कथाहरूलाई उखान या उपमा भनिन्छ । याद बाबु जिउँदै छ भने छोराले अहिले नै उत्तराधिकार प्राप्त गर्न सक्तैन । येशुको समयमा पहाडहरूमा घर हुँदैनथे, तर ग्रामीण साँघुरा सडकहरूमा घरहरू बन्दथे । गाउँभन्दा बाहिरबाट सजिलै देखिने घरका भागहरू भनेका घरका छानाहरू हुन्थे । (पद २०) हामीले अगावै पनि व्याख्या गरिसकेका छौँ कि सँसारका ती क्षेत्रहरूमा नदगुरेका व्यक्तिहरूका बारेमा व्याख्या गरिसकेका छौँ ।
१. आफ्ना अभिभावकहरूले आफ्नो स्वतन्त्रतामा बन्देज लगाए भने के एक जवान मानिस खुशी
रहन सक्छ ?
  • आफ्नो घर तथा बुवा असल र राम्रो हुँदाहुँदै पनि कान्छो छोरा खुशी थिएन किन ?

  • यदि तपाईँ बावुको स्थानमा भएको भए आफ्नो छोराको आग्रहलाई कसरी उत्तर दिनुहुन्थ्यो? (पद १२ दोस्रो खण्ड)
    २. आफ्नो छोरालाई घर छाडी जान दिँदा ऊ माथी के–के आईपर्छ भन्ने कुरा स्पष्टरुपमा थाहा हुँदा हुँदै पनि उसले चिन्ता र दुखलाई भित्रभित्रै लुकायो । (पद १२ दोस्रो खण्ड )
  • यो खण्डमा पिता भनेको परमेश्वर हुनुहुन्छ । अनि यहाँ पुत्र भन्नाले उहाँको नाउँमा विश्वास गरी बप्तिस्मा लिइसकेका र उहाँलाई भुलेकाहरूलाई भनिएको छ । परमेश्वर किन आफ्ना छोराछोरीहरूलाई उहाँबाट टाढा जानदेखि रोक्नुहुँदैन ?
    ३. हाम्रो समयका युवापुस्ताहरूयो जवान व्यक्तिको जस्तै जीवनशैलीदेखी अकर्षित छन् जो आफ्नो जिम्मेवारीदेखि टाढा रहँदै प्रशस्त धन कमाउँदै परदेशमा जीवन यापन गरिरहेका छन्, किन ?
  • यो जवान व्यक्तिले आफ्नो बावुको सम्पत्ति कसरी चलायो पद १३ र ३० मा हेर्नुहोस ।
  • यो जवान व्यक्तिले असल दिन फिर्दा पनि किन आफ्ना कोही साथीहरू पाएनन् ?
    ४. यहूदी समाजमा सँुगुरलाई साह्रैने फोहोरी जनावरका रुपमा लिईन्छ । सँुगुर फार्ममा काम गर्नुपर्दा यो जवान व्यक्तिले के सोच्यो होला ? (पद १४ –१५)
    ५. आफ्नो कठिन परीस्थितीमा आत्महत्या गर्नुभन्दा आफ्नो बाबुकै घरमा जाने के कुराले बनायो ?
    (पद १७)
  • तपाईँले पद १८–१९ मा त्यो जवान व्यक्तिले बनाएको आफ्नो बाबुकहाँ पुगेपछि गर्ने प्रायश्चितको योजनालाई भेट्नुहुनेछ । आफ्नो बाबु विरुद्ध उक्त व्यक्तिले के पाप गरेको थियो ?
  • उक्त जवान व्यक्तिले “स्वर्गका विरुद्धमा” के पाप गरेको थियो ? (पद १८)
    ६. किन यो जवान युवकले आफ्नो बाबुसँग आफूलाई पुन: छोराको रुपमा स्वीकार्न आग्रह गरेन? ( पद १९)
  • साधारणतया कस्ता व्यक्तिहरूले आफू परमेश्वरको छोरा छोरी हुनका निम्ति अयोग्य छु भन्ने ठनन्दछन् ? (पद १९)
    ७. गाउँको बाटोमा खाली खुट्टा, च्यातिएको पुरानो लुगा लगाएर खुट्टा लतार्दै आएको देख्दा बाबुले के
    सोच्यो होला ? (पद २०)
  • आफ्नो छोरालाई टाढैबाट चिन्नुमा बाबुलाई के कुराले सम्भव गरायो ? (पद २०) ( पृष्ठभूमि जानकारी हेर्नुहोस् )
  • तपाईँको विचारमा आफ्नो छोरासँग टाढा हुनुपर्दा बाबुले के गरिरहेका थिए होला ? (पद
    २०)

    ८. छोराले आफ्नो बाबुलाई सुनाउन गरेका सबै योजनाहरूकिनसुनाएन ? (पद १८ दोस्रो खण्ड १९
    र २१)
  • बाबुको व्यवहार र वचनले छोरालाई के सन्देश दिँदै थियो ? (पद २२–२३)
  • बाबुले छोरालाई कतिखेर क्षमा दियो ? पद बताउनुहोस् ।
  • छोराले कतिखेरदेखि आफ्नो बाबुको प्रेम र क्षमालाई आत्मसात गर्न थाल्यो ? पद व्याख्या गर्नुहोस् ।
  • तपाईँको विचारमा पद २४ अनुसार बाबुले भन्न खोजेको मुख्य आशय के थियो ? ९. मानिसको प्रेम र परमेश्वरको प्रेम विचको भिन्नता कसरी छुट्टिन्छ ?
  • रुपान्तरणका बारेमा यस कथाले के सिकाउँदछ ?
    असल समाचारका प्रश्नावलीहरू: “मेरो छोरो मरेको थियो, फेरी जिवित भएको छ । ” येशूले पनि आफ्नो बाबुको घर छाडेर यस पृथ्वीमा आउनुभयो ताकी आफ्नो बाबुको ईच्छा विपरीत होईन बरु उहाँको इच्छा पूरा गर्नका निम्ति आउनुभयो । घर फर्किदा उहाँविरुद्ध स्वर्गका द्धारहरू थुनिएका थिए, र उहाँको अगाडि रुनु शिवाय केही थिएन । “मेरो परमेश्वर, मलाई किन इन्कार गर्नुभयो ?” यस कथामा जसरी येशुको स्वागत गरिनु पर्दथ्यो त्यसरी उक्त जवान युवकको स्वागत र जसरी उक्त जवान युवकलाई इन्कार गरिनुपर्दथ्यो त्यसरी येशुलाई इन्कार गरियो, किन?
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?


       
    Downloads    
    Contact us    
    Webmaster