६ येशूको वृहत शिक्षा: अर्को उडन्ता पुत्र लूका १५:२५–३२
पृष्ठभूमि जानकारी : वास्तवमा जब कान्छो छोराले आफ्नो हिस्साको सम्पत्ति पाएको थियो बाबुचाहीँले आफ्नो सारा सम्पत्तिको आधा हिस्सा जेठो छोराको नाउँमा छुट्टाईदिएको थियो । (पद
१२) आफ्नो छोराले उसको कुरामाथी विश्वास गरेन त्यो बाबुको गल्ती थिएन ।
१. के, आफ्ना आमा–बाबुले उसलाई माया नगरेको अनुभव गर्दा गर्दै पनि के एक जवान मानिस खुशी रहन सक्छ ?
यदि घरमा रहँदा आफ्नो जीवनदेखी असन्तुष्ट भए तापनि सबै कुरा छाडेर आफ्नो भाईसँग ठूलो छोरापनि परदेश गएन, किन?
तपाईँको विचारमा जेठो छोराले आफ्नो जीवनभन्दा अन्य केही कुरालाई महत्वपूर्ण ठानेन, किन होला ?
२. तपाईँको विचारमा जेठो छोराले आफूलाई नोकरको रुपमा लियो, यद्यपि उसको बाबुले उसलाई आधा सम्पत्ति दिने प्रतिज्ञा गरेको थियो ? (पद १२ दोस्रो खण्ड, २९, ३१)
यो कथामा बाबु भन्नाले परमेश्वर र जवान भाई भन्नाले ईशाई विश्वासबाट पर जानेलाई भनिएको छ भने जेठो दाजु भन्नाले कसलाई सम्बोधन गर्न खोजिएको होला ?
तपाईँलाई के लाग्छ, के बाबुले छोरालाई इमान्दार प्रकारले व्यवहार गन्यो होला ?
के तपाईँलाई लाग्दछ कि परमेश्वरले हामी मानिसहरूलाई इमान्दार प्रकारले व्यवहार गर्नुहुन्छ ?
३. जब खेतमा दिनहुँ कडा परिश्रम गर्दा जेठो छोराले के सोचिरहेको थियो होला ?
पद २९–३० मा तपाईँले आफूलाई कहिल्यै जेठो छोराको रुपमा पाउनुभएको भए, त्यो कुन अवश्थामा भएको थियो ।
जेठो छोराले कहिल्यै पनि आफ्ना साथीहरूलाई कुनै भोज नदिनुको मुख्य कारण के थियो ?
(पद २९)
यदि आफ्नो छोराले खसी, भेँडा, वा राम्रो बाच्छो काटेर आफ्ना साथीहरूलाई भोज दिएको भए बाबुले कसरी लिन्थ्यो होला ?
(पद ३०–३१)
४. यस्तो अवस्थामा जेठो छोरा आवेगमा आउनुको मुख्य कारण के हुन सक्छ ? (पद २७–२८)
कान्छो छोराले आफ्नो बाबुलाई गाउँभरी लज्जित बनाईसकेको थियो, र अहिले जेठोले पनि त्यही कार्य दोहोन्यायो । तर बाबु रिसाएनन् किन होला ?
पद २८ को दोस्रो खण्ड र ३१–३२ अनुसार तपाईँले परमेश्वरको व्यवहारबाट कस्तो प्रभाव पाउनुभयो ?
५. जेठो छोराले आफ्नो बाबुलाई किन प्रेम गरेन यद्यपी उसको बाबु ऊ प्रति सँधै दयालु भयो ?
६. जेठो छोराले यो सोच्यो कि उसले सधैँ बाबुको इच्छा पुरा गरिरहेको थियो । (पद २९) र अझै पनि बाबुले आफ्नो छोराबाट के कुराको अपेक्षा गरेको थियो ?
जेठो छोराले छोराले आफ्नो कान्छो भाईलाई प्रेम गरेन यसबाट के देखिन्छ ? (पद ३०)
जेठो छोराले कसलाई प्रेम गर्दछ ?
७. जेठो छोरा भोजमा सामेल भयो या भएन भन्ने कुरा नबताईकनै येशूले कथालाई बीचमा नै किन
रोक्नुभयो ? (पद २८, ३२)
८. येशूको कथामा भोज भन्नाले प्राय स्वर्गको बारेमा सँकेत गर्दछ ? यो कथा अनुसार अन्तत :
स्वर्गको भागिदार को हुन्छ ?
यो कथा अनुसार अन्तमा यदि कोही स्वर्गको भागिदार भएन भने त्यसको जिम्मेवार को हुन्छ ?
९. अनुमान गर्नुहोस कि अर्को दिनको विहान यी दुवै जवान युवकहरूखेतमा काम गर्न गए भने कस्तो माहोल होला ? जेठो दाजुको मानसिक अवस्था कस्तो भयो होला र कान्छो भाईको कस्तो ?
यस सँसारमा सबै मानिसहरूयस कथाका दाजुभाई जस्ता हुन । तपाईँ आफूलाई कुन भाई जस्तो ठान्नुहुन्छ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिनुहोस् )
१०. असल समाचारका प्रश्नावलीहरू: येशू भन्नुहुन्छ : “तिम्रा सबै चिजहरूमेरा हुन” । उहाँले त्रूmसमा झुण्डिएर तपाईँको निम्ति स्वर्गमा स्थान बनाउनुभयो । तपाईँले बप्तिस्मा लिएको दिनमा उहाँले तपाईँलाई यो उत्तराधिकार प्रदान गर्नुभयो । जेठो दाजुले यो प्रतिज्ञालाई विश्वास गरेन, गर आफ्नो उत्तराधिकारलाई दासको रुपमा लिएर खट्यो । के, तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ पनि स्वर्गीय उत्तराधिकार सिँत्तैमा प्राप्त गर्न सक्नुहुनेछ, अथवा तपाईँ असल कार्यद्धारा आर्जन गर्नतिर लाग्नुहुन्छ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ ।)
(सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?
Downloads
Contact us
Webmaster