७. येशुको शिक्षा : मेरो छिमेकी को हो ? लूका १०:२५–३७
पृष्ठभूमि जानकारी : यरूशलेम र यरीहो बीचको सडकको दूरी ३० किलोमिटर लामो थियो र उक्त
सडकमा यात्रा गर्ने यात्रुहरूलाई लुट्ने डाँकुहरूका कारण साह्रै नै डरलाग्दो थियो । लेवी भनेको त्यस्तो व्यक्ति हो जो मन्दिरको ढोका, घरमा पालेसरह बस्दछ । येशूको समयमा एकै देशमा भए तापनि यहूदीहरूको सम्बन्ध सामरीहरूसँग विरोधीका रुपमा मात्र थियो । (आफ्नै देशको उदाहरण लिनुहोस ।)
१. सोच्नुहोस कि, आफ्नो साथीभाई अभावमा छट्पटाईरहेको देखेर पनि वेवास्ता गर्दै, आफू र आफ्नो परिवारको बारेमा मात्रै सोचेर बस्तछ भने के ऊ खुशी रहन सक्ला ?
तपाईँ, अभावमा परेकाहरूलाई नितान्त आफ्नो पैसा सहयोगका रुपमा कत्तिको दिनुहुन्छ ?
२. अघिल्लो अध्ययनमा वचनको यसै खण्डमा हामीले यो सिकिसकेका छौँ कि एक राजनीतीकर्मीले व्यवस्थाको शिक्षकका रुपमा येशूलाई यस्तै प्रश्न सोध्यो । (पद २५–२७)
येशूले पद २७ मा सिकाए अनुरुप अवस्था/परीस्थिती हुने हो भने तपाईँ आफू स्वर्ग जाने अवसर कति देख्नुहुन्छ ?
३. येशूले एक त्यस्तो व्यक्तिको कथा सुनाउनुहुन्छ, जसलाई डाँकुहरूको समुहले मरणाशन्न हुनेगरी पिट्दछन् । कल्पना गर्नुहोस कि, उक्त घाईते व्यक्ति घण्टौँसम्म सडक छेउमा वेवारीसे रुपमा परिरहँदा उसले के सोच्यो होला? (पद ३०)
प्रतिज्ञा गरेको समयमा घर नफर्कदा उसका छोरा–छोरीहरूर श्रीमतीले के सोचिरहेका थिए होलान ?
४. हमला गरिएको (घाईते) व्यक्तिलाई सहयोग गर्दा यात्रीहरूलाई के कुराको डर थियो ?
पुजारी र मन्दिरको सेवक मन्दिरमा पूजा अर्चना गर्नका निम्ति त्यही बाटो भएर जान्थे । यदि उक्त घाईते व्यक्ति यी दुई यात्रीका आफ्नै छोरा–छोरी भई दिएको भए उनीहरूके गर्थे होला ?
उक्त अपरीचित अपराधको पीडितलाई यी दुई यात्रीहरूले सहयोग नगर्नुको सम्भावित कारणहरू के हुन सक्छ सोच्नुहोस् ।
(पद ३१–३२)
उक्त अवस्थामा तपाईँ भएको भए के गर्नुहुन्थ्यो ?
५. ती पूजारी र सामरीहरूले आफ्नो बाल्यकालदेखी सिक्दै आएका प्रेमको आज्ञालाई कसरी व्याख्या गरे ? (पद २७ हेर्नुहोस्)
“म मेरा परमेश्वरलाई हृदयदेखि नै प्रेम गर्दछु तर मैले अहिलेसम्म अरु मानिसहरूलाई
सहयोग गर्ने अवसर भेटेकै छैन”, भन्यो भने उक्त व्यक्तीलाई तपाईँ के ठान्नुहुन्छ ?
६. यदि उक्त घाईते यहूदीको अगाडिबाट सामरी वेवास्ता गरी गएको भए उसको त्यस्तो व्यवहारलाई कसरी लिन्थ्यो होला ? पृष्ठभूमि जानकारी हेर्नुहोस् ।
उक्त अवस्थामा कसैले अपेक्ष गरेभन्दा पनि बढी रुपमा त्यो सामरीले के का निम्ति त्यस्तो कार्य गन्यो होला ? (पद ३३–३५)
७. दुई दिनारी भनेको दुई दिनको श्रम बराबारको ज्याला हो, जसको अर्थ एक महिनाको साविक कमाईका १३ हिस्सा जति हुन आउँछ । उक्त पैसाले एकजना व्यक्ति सरायमा करिब दुई महिना बस्न सक्छ । तपाईँको देशमा दुई दिनारी बराबर मोटामोटी रुपमा कति रुपैयाँ हुन आउँछ ?
एक सामरीले पूर्णरुपमा अपरीचित व्यक्तिलाई एक्त रुपैयाँ किन दियो होला, सम्भावित कारणहरूसोच्नुहोस ।
तपाईँको विचारमा एक्त सामरी यात्रीले प्रेमको प्रतिज्ञालाई कति प्रतिशतकारुपमा पालना गन्यो होला ? (पद २७ हेर्नुहोस् )
८. येशूले “छिमेकी” शब्दले कस्लाई सम्बोधन गर्नुभएको होला ?
नजिक या टाढाको कुन छिमेकीलाई तपाईँले सहयोग गर्नुपर्ला ?
९. यस कथाको कुनै एक चरित्रलाई रोज्नुपन्यो भने, घाईते, सडक डाँकु, मन्दिरको पूजारी या
सरायको सँचालक मध्ये तपाईँलाई कुन सुहाउँछ ? उक्त विशेष चरित्र रोज्नुको कारण दिनुहोस ।
यस कथामा येशुले कस्तो रुपमा उक्त सामरीको प्रतिनिधीत्व गर्नुहुन्छ ?
येशुले कसरी घाईते यात्रीको प्रतिनिधीत्व गर्नुहुन्छ ?
पद २७ मा व्याख्या गरेभन्दा येशुले अर्कै स्वर्ग जाने बाटो तयार पार्नुभयो ? त्यो के हुन
सक्छ ?
१०. असल समाचारका प्रश्नावलीहरू: “जाऊ र यसै गर”, येशुले भन्नुभयो र ऊसले गयो र यसै गन्यो । शायद, सबै मानिसहरूले तपाईँको दुखको अवस्थामा वेवास्ता गर्दै गए होलान तर उहाँ यस्तो गर्नुहुन्न । उहाँ तपाईको छोउमै हुनुहुन्छ र तपाईको हृदयमा घाउहरूलाई मल्हम पट्टीले बाँध्न प्रतिक्षा गर्दै हुनुहुन्छ । तपाई उहाँलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ ? (तपाई आनो हृदयमा उत्तर दिन सक्नुहुनेछ ।)
(सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?
Downloads
Contact us
Webmaster