८. येशूले दुई अपराधीहरूलाई भेट्नुहुन्छ । लूका २३: ३३–४३
पृष्ठभूमि जानकारी : रोमी साम्राज्यमा त्रूmसको दण्ड : सबैभन्दा तल्लो स्तरको अपराधको सजाय
स्वरुप दिइन्थ्यो । यसकारण यी दुई अपराधीहरूलाई व्यवसायिक अपराधीका रुपमा सम्बोधन गर्न
सक्तछौँ । जसले शायद पैसाका निम्ति मानिसहरूको हत्या गरेका थिए । मसीह (अथवा ख्रीष्ट) जसलाई यहूदीहरूले पुरानो करारको समयदेखि नै राजाका रुपमा प्रतिक्षा गरिरहेका थिए ।
१. आफ्नो जिब्रो र मुक्काले अरूलाई प्रहार गरेर पनि के कोही व्यक्ति खुशी रहन सक्छ ?
किन आजभोली धेरै जवान भाईबैनीहरूअरुलाई उत्तेजित पार्दै हिँसाको सहारा लिन मनपराउँछन् ?
२. यी दुई मानिसहरूले आफ्नो युवावस्थामा हिँसाको सहारा लिए होलान ? यसका विविध
सम्भावनाहरूको बारेमा सोच्नुहोस ।
कुनै सहायता लिनुभन्दा पहिल्यै यी दुईजनालाई यस्तो गलत कार्यबाट शायद कसले
रोक्थ्यो होला ?
जब तपाईँले आफू स्वयम् र आफ्नो आचरणलाई के तपाईँले परिवर्तन गर्न सक्नुहुनेछ ?
३. यी दुई अपराधीहरूले बाहेक अरु कसैले यति नजिकबाट येशूको आचरणलाई बुझ्न सक्थे होला ? उहाँको कुन शब्द र व्यवहारले उनीहरूलाई अचम्मित पान्यो होला ? (पद ३४–३८)
किन, येशुले उनीहरूलाई स्वर्गीय परमेश्वरको सामु आफूलाई यातना दिनु अगाडि बचाउन चाहनुहुन्थ्यो? (पद ३४)
“परमेश्वर, उसलाई क्षमा गर्नुहोस । ऊ आफैलाई थाहा छैन कि उसले मलाई कति नराम्रो प्रकारले व्यवहार गरिरहेको छ ।” भनि आफ्नो सबैभन्दा खराब नोकरको निम्ति प्रार्थना गर्न सक्नुहुन्छ ? (पद ३४)
४. के कारणले भीडहरूले, शासकहरूले, रोमी शासनकर्ताहरूले वा सेनाहरूले वा ती अपराधीहरूले येशूलाई कराइरहेका थिए ? कृपया शास्त्र खण्डबाट पत्तो लगाउनुहोस् (३४ख–३९) ?
यी मानिसहरूले येशूलाई के को निम्ति गिल्ला गरिरहेका थिए ? (३५–३९) ?
किन येशूको कुनै पनि साथीहरू उहाँको प्रतिरक्षाको निम्ति आएनन् ?
यदि तपाईं त्रूmसको फेदीमा उभिरहनुभएको थियो भने, के गर्नुहुने थियो होला ?
५. एउटा अपराधीले येशू नै राजा हुनुभएको र उहाँको आफ्नै राज्य भएको भनी कसरी घोषणा गर्न
सक्यो (३७–३८, ४२) ?
त्रूmसमा हुनुभएको येशूले यस संसारका अन्य राजाहरूसँग तुलना गर्नुहोस् । उनीहरूबीच
सबैभन्दा प्रष्टै देखिने भिन्नता के रहेको थियो ?
येशू राजा मात्र हुनुहुन्न थियो तर उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो भन्ने निष्कर्ष त्यस अपराधीले कसरी निकाल्न सक्यो ? (४०–४१) ?
६. अधिकाँश अपराधीहरूले आफूले कुनै पनि गल्ती नगरेको कुरा स्वीकार गर्छन् ? आफ्नो अपराधको निम्ति मृत्युदण्ड भनेको उचित दण्ड थियो भनी एउटा अपराधीले किन स्वीकार गन्यो (४१) ?
त्यो अवस्थामा छँदा पनि अर्को व्यक्तिले किन आफ्नो अपराधलाई स्वीकार गरेन ?
यी दुई अपराधीहरूमध्ये आफ्नो अपराधलाई स्वीकार गर्ने वा नगर्ने कसलाई तपाईंले
राम्रोसँग बुझ्न सक्नुहुन्छ ?
७. पद ४२ मा एकदमै छोटो प्रार्थना रहेको छ: “मलाई सम्झनुहोला !” हामी कष्टमा हुँदा किन हामीलाई प्रेम गर्ने कुनै व्यक्तिले हामीलाई सम्झियोस् भन्ने हामी चाहन्छौं ?
किन यो अपराधीले आफूलाई सिधँै येशूको राज्यमा पस्न दिइयोस् भनी अनुरोध गरेन ?
८. येशूले दिनुभएको उत्तरलाई सुन्दा यो अपराधीले के सोच्यो होला ? (४३) ?
यस्तो हत्यारालाई किन येशूले स्वर्गमा हुनेछौं भनी भन्नुभयो होला ?
तपाईंको विचारमा यो अपराधीले कहिले येशूमा विश्वास गर्न थाल्यो ? पद पनि समावेश गर्नुहोस् ।
९. जीवनको अन्तिम सासमा येशूमाथि विश्वास गर्ने उक्त अपराधीलाई कल्पना गर्नुहोस् । यी
समयमा ऊ खुशी थियो वा दु:खी ?
सायद उक्त अपराधीको पत्नी, बच्चा वा आमा ऊ झुण्डिएको त्रूmसको नजिकै उभिइरहेका थिए होलान् । यो मान्छेले आफ्नो परिवारको निम्ति कस्तो किसिमको सम्झना छोडेर गयो ?
त्यस व्यक्तिको बारेमा बाइबलबाट पढ्ने क्रममा, आउँदो पुस्ताको निम्ति उक्त व्यक्तिले कस्तो गवाही/साक्षी छोडेर गयो ?
१०. सुसमाचारको प्रश्नावाली: एउटा अपराधीको अघि स्वर्गद्वारा खोलियो, तर उसको सट्टामा येशू आफै नै नरकको ढोका भएर जानु परेको थियो । के यो अपराधीले गरेको जस्तै प्रार्थना तपाईं आफै पनि गर्न चाहनुहुन्छ ? जस्तै: “येशू, मलाई सम्झनुहोला !” यदि तपाईंले गर्नुहुन्छ भने उहाँले तपाईंलाई पनि त्यही उत्तर दिनुहुनेछ: “एक दिन तिमी मसँग स्वर्गमा हुनेछौं ।” ( तपाईंले आफ्नो हृदयमा उत्तर दिन सक्नुहुन्छ) ।
सबैले उत्तर दिनुपर्ने: यो बाइबल अध्ययनमा तपाईंले सिक्नुभएको महत्वपूर्ण कुरा के हो ? ९. येशूले
Downloads
Contact us
Webmaster