GTBS on John's Gospel

Note: In the fourth column are the rankings of the questions. The easiest ones are marked with one *, fairly easy ones with ** and somewhat difficult ones with ***.

1. १. वचन नै परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना १ः१–१८) ***
2. २. हामीले मसीहलाई भेट्टयायौं (यूहन्ना १ः४३–५१) **
3. ३. पानी दाखमद्यमा परिणत हुन्छ (यूहन्ना २ः१–११) **
4. ४. येशू कोर्राको साथ (यूहन्ना २ः१३–२२) ***
5. ५. फरिसी तथा पित्तलको सर्प (यूहन्ना ३ः१–१६) **
6. ६. जीवित पानी (४ः५–१९) *
7. ७ . चिन्हहरू, अच्चमका कामहरू तथा विश्वास (यूहन्ना ४ः४६–५४) **
8. ८. सबैले त्यागेका (यूहन्ना ५ः१–१८) *
9. ९. जीवनको रोटी (यूहन्ना ६ः१–१५) **
10. १०. लुकेको मसीह (यूहन्ना ७ः४०–५२) ***
11. ११. येशू एक मार्गनिर्देशक (यूहन्ना ८ः१–११) *
12. १२. संसारको ज्योति (यूहन्ना ९ः१–७, १८–२३ र ३५–४१) **
13. १३. असल गोठालो (यूहन्ना १०ः१–१६) ***
14. १४. पुनरुत्थान र जीवन (यूहन्ना ११ः१–५ र ३२–४६) **
15. १५. मरेको गहुँको दाना (यूहन्ना १२ः२०–३३) ***
16. १६. मालिक एक नोकरको रूपमा (यूहन्ना १३ः१–१७) **
17. १७. बाटो, सत्य र जीवन (यूहन्ना १४ः१–११) ***
18. १८. साँचो दाखको बोट (यूहन्ना १५ः१–११) ***
19. १९. दुःखचाहिँ खुशीमा परिणत हुनेछ (यूहन्ना १६ः२०–२४, ३२–३३) ***
20. २०. येशूले उहाँका आफ्ना मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७ः१३–२१) ***
21. २१. येशूलाई पक्रियो (यूहन्ना १८ः१–१४) **
22. २२. यो समाप्त भयो (यूहन्ना १९ः२५–३०) **
23. २३. रित्तो चिहानभन्दा बाहिर (यूहन्ना २०ः११–१८) **
24. २४. नदेखेसम्म विश्वास नगर्ने (यूहन्ना २०ः१९–२९) **
25. २५. के तिमी मलाई प्रेम गर्छौं ? (यूहन्ना २१ः१५–१९) **

Print all lessons

© 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com


१. वचन नै परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना १ः१–१८)

पृष्टभूमिः (क) खुशीको सन्देश बाइबल अध्ययन समूहमा यदि बाइबलसम्बन्धी थोरै मात्र पनि ज्ञान नभएको मानिसहरू पनि छन् भने, यो खण्डद्वारा बाइबल अध्ययन थालनी नगर्नुहोस् भनी हामी सुझाव दिन्छौं । सुरुवात गर्नेहरूका लागि यो खण्ड अति नै कठिन हुन्छ । (ख) यदि अघिल्लो प्रश्नको जवाफ कसैले दिएको छैन भने मात्र कोष्ठमा भएका प्रश्नहरू सोध्नुहोस् ।

१. वचन (पद १–३, १४)

  • यी चार पदहरूको अर्थलाई तपाईंले आफ्नै शब्दहरूमा वर्णन गर्नुहोस् ।
  • तपाईंको विचारमा दुई मानिसहरूबीचको सङ्गतिमा “वचन” को महत्व के हुन्छ होला ?
  • किन इसाई विश्वासमा अनुभवभन्दा पनि बढी परमेश्वरको “वचन” को महत्व हुन्छ ?
  • यदि हामीसँग परमेश्वरको वचन थिएन भने, कसरी हामीले परमेश्वरलाई चिन्ने थियौं होला ?
  • किन येशूलाई परमेश्वरको वचन भनेर भनियो ?

    १. ज्योति (पद ४–१०)
  • पद ४–५ को अर्थ के होला ?
  • ज्योतिको येशूसँग कुन कुरा साझेदार रहेको छ ?
  • अन्धकारले ज्योतिमाथि विजय पाएको छैन भनेर के भनिएको हो ? (पद ५ तथा उचित पादटिप्पणी) ।
  • अन्धकारमा ज्योतिस्वरूप “चम्किरहने” येशूलाई किन संसारले चिनेन (पद १०) ?

    १. बप्तिस्मा दिने यूहन्ना (पद ६–८)

  • यो खण्डअनुसार, बप्तिस्मा दिने यूहन्नाको भूमिका के थियो ?
  • बप्तिस्मा दिने यूहन्ना आपैm नै त्यो ज्योति थिएनन् भनेर के भनिएको हो ? (पद ८)
  • कुन कुराले बप्तिस्मा दिने यूहन्नालाई यति नम्र बनायो कि उनले आपैm “उक्त ज्योति” बन्ने चेष्टा गरेनन् ?
  • परमेश्वरको राज्यमा तपाईंको आफ्नो भूमिकालाई बिप्तस्मा दिने यूहन्नाको भूमिकासँग तुलना गर्नुहोस् ।
    १. संसार तथा परमेश्वरको राज्य (पद ९–१३)

  • यो खण्डअनुसार यस “संसार” कस्तो किसिमको ठाउँ हो ?
  • यो खण्डअनुसार कसरी एउटा व्यक्ति परमेश्वरको सन्तान बन्दछ ? (स्वभाविक जन्मद्वारा किन कुनै व्यक्ति परमेश्वरको सन्तान बन्न सक्दैन ?)
  • के तपाईं परमेश्वरको सन्तान बनिसक्नुभएको छ ? यदि बन्नभएको छ भने, कसरी ? (मनमनै जवाफ दिन सक्नुहुन्छ ।)

    १. यूहन्नाको गवाही (पद १५–१८)

  • येशूबारे बप्तिस्मा दिने यूहन्नाले कस्तो गवाही दिए ? आफ्नै शब्दहरूमा लेख्नुहोस् ।
  • पद १६ तपाईंको जीवनमा सत्य साबित भएको छ भनी के तपाईंले गवाही दिन सक्नुहुन्छ ?
  • यूहन्नाका अनुसार परमेश्वरलाई चिन्न सक्ने एउटै मात्र माध्यम के हो ?
  • यो खण्डको प्रकाशअनुसार, तपाईंको विचारमा किन यहूदीहरू, इस्लामहरू तथा इसाईंहरू सबैले उही परमेश्वरको बारेमा दाबी गर्छन् ?

    खुशीको सन्देशः येशू तथा वचन भनेको उही नै हुन् । यदि बाइबलका वचनलाई तपाईंले आफ्नो जीवनमा स्वीकार गर्नुहुन्छ भने, तपाईंले येशूलाई स्वीकार गर्नुहुन्छ । यदि तपार्इंले बाइबललाई इन्कार गर्नुहुन्छ भने, तपाईंले येशूलाई इन्कार गर्नुहुन्छ । येशूको वचनचाहिँ त्यो ज्योति हो जुन तपाईंको अन्धकारमय जीवनमा पनि चम्किरहन्छ । यही वचनद्वारा मात्र तपाईंले “एकपछि अर्को” अनुग्रहलाई पाउनुहुन्छ ।









    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २. हामीले मसीहलाई भेट्टयायौं (यूहन्ना १ः४३–५१)



    पृष्टभूमिः बेथानी (१ः२८), बेथसेदा (१ः४४) र नासरत (१ः४६) कहाँ पर्दछन् भन्ने थाहा पाउनको लागि बाइबलीय नक्शामा हेर्नुहोस् । पुरानो नियममा “हाँगा” भन्ने शब्द, हिब्रू भाषाको “नासरेनी” शब्दसँग मिल्दोजुल्दो रहेको छ र त्योभन्दा बाहेक पुरानो नियमको कुनै पनि मसीहसम्बन्धी अगमवाणीहरूले नासरतसँग सरोकार राखेको पाउँदैनौं (यशैया ११ः१, ५३ः२, यर्मिया २३ः५, ३३ः१५) । अगुवाले याकूबको भ¥याङ्गबारेको कथा (उत्पत्ति २८ः१०–२२) लाई अग्रीम पढेर तयारीका साथ आउनुपर्दछ किनकि अन्तिम प्रश्नले त्यसलाई सङ्केत गरेको छ ।

    १. किन फिलिपले भर्खरै मात्र भेटेको येशूका बारेमा आफ्नो साथीलाई बताउन चाहन्थे (पद ४३–४५) ?
  • आपूmले पहिलो पटक येशूका बारेमा सुनेको त्यो क्षणलाई स्मरण गर्नुहोस् । के तपाईंले पाउनुभएको येशूबारे तपाईंले अरूलाई बताउन चाहनुभयो ? यदि चाहनुभयो भने किन चाहनुभयो होला ? बताउनुहोस् ।
    १. किन नथानेलले फिलिपको कुरालाई शंका गरे ?
  • जेपनि होस्, नथानेलले येशूलाई देख्न चाहे । किन ?

    १. येशूले जुन शब्दहरूद्वारा नथानेलाई अभिवादन गर्नुभयो, ती शब्दहरूद्वारा उहाँले के बुझाउन चाहनुभएको थियो (पद ४७) ?
  • येशूको अभिवादनलाई सुनेर नथानेलले कस्तो महसुस गरे होलान ?
  • यदि येशूले “यहाँ एकजना साँचो इसाई छन्, जसमा म कुनै खोट पाउँदिनँ,” भनी आज तपाईंलाई भन्नुहुन्थ्यो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्थ्यो होला ?

    १. अञ्जीरको रूखमुनि साँच्चिनै के भएको थियो भन्ने कुरा सुन्दा नथानेल खुशी थिए । नथानेलले त्यहाँ बसेर के सोचिरहेका वा प्रार्थना गरिरहेका थिए होेलान ?

    २. हालसालै तपाईं एक्लै हुँदा, तपाईंले के सोच्नुभयो होला, कल्पना गर्नुहोस् । तपाईंको साथसाथ येशू पनि हुनुहुन्थ्यो र उहाँले तपाईंको विचारलाई एउटा खुल्ला किताबको रूपमा पढिरहनुभएको थियो भन्ने कुरा महसुस गर्दा तपाईंलाई कस्तो हुन्छ होला ?
  • कसैले तपाईंको मनमा सोचिरहनुभएको कुरालाई बुझ्न सक्नुहुन्छ भनेर भन्दा मानिसहरूले के बुझ्लान् ?

    १. पद ४७ मा भएको येशूको शब्दहरू भजन ३२ः१–२बाट लिइएको अप्रत्यक्ष उद्दरण हो (अगुवाले यो खण्ड पढिदिन सक्छन्) । यो खण्डअनुसार, के कुनै मान्छे आफ्नो हृदयमा एउटै पनि छलकपट नहुने गरी धर्मी बन्न सक्छ होला ?

    २. कसरी नथानेलले अचानक येशूलाई परमेश्वरको पुत्र तथा इस्राएलको राजा भनी भन्न सके (पद ४९) ?

    ३. अगुवाले यहाँ उत्पत्ति २८ः१०–२२ लाई साराँशित पार्न सक्छन् । येशूले पद ५१–५२ बाट के बताउन खोज्नुभएको छ ? विभिन्न सम्भाव्यताहरूबारे सोच्नुहोस् ।
  • याकूबले सपनामा देखेका भ¥याङ्ग र येशूको त्रूmसबीच के समानता छन् ?





















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३. पानी दाखमद्यमा परिणत हुन्छ (यूहन्ना २ः१–११)



    पृष्टभूमिः येशूको समयमा विवाह भनेको एउटा ठूलो उत्सवस्वरूप हुने गर्दथ्यो । सामान्यतया, त्यो धेरै दिनसम्म चलिरहन्थ्यो । कागहरू उडेर जान सक्ने दूरीभैंm नासरत र कानाबीचको दूरी झण्डै १२ किलोमिटर थियो । येशूको आमाले आफ्नो छोराको पहिलो अच्चमको काम देख्न अभैm नै बाँकी भए तापनि, तिनी आपैmले कन्याबाट जन्माउने अच्चमको कामलाई अनुभव गरेकी थिइन् ।

    १. यो विवाहभोजमा दाखमद्य छिट्टै नै सिद्धिएको थियो र त्यसको अर्थ के हुन सक्छ ? विभिन्न सम्भाव्यताबारे सोच्नुहोस् ।
  • तपाईंको विचारमा त्यो परिस्थितिमा ती जवान दाम्पत्ति र निम्ताकारलाई कुन कुराले चिन्तित पारेको थियो होला ?
    १. के मरियमले यो विवाहभोजमा त्यो अच्चमको कामलाई अपेक्षा गरेकी थिइन् ? आफ्ना कारणहरू दिनुहोस् ।
  • पद ३ मा, मरियमले येशूसँग गरेको प्रार्थना हामी पाउँछौं । तपाईंले आफ्नै प्रार्थनासँग त्यसलाई दाँज्नुहोस् र के कस्ता फरक कुराहरू छन् तुलना गर्नुहोस् ।

    १. तिनका सुझावलाई येशूले इन्कार गरेको देख्दा पनि किन मरियम निरास भइनन् (पद ४) ?
  • यतिबेला, आफ्नो पुत्रबारे मरियमले कुन कुरा विश्वास गरेकी थिइन् ?
  • येशूले सायद उक्त अच्चमको काम गर्ने कुनै सुरुवाती अभिप्रेरणा राख्नुभएको थिएन । तरैपनि, किन उहाँले अच्चमको काम प्रदर्शन गर्नुभयो ?

    १. कुन अवस्थामा हामीलाई मरियमको भैंm विश्वासको आवश्यकता पर्दछ ?

    २. व्यस्त विवाहभोजमा नजीकैको गाउँमा रहेको इनारबाट सयौं लिटर पानी बोक्दा नोकरहरूले कस्तो महसुस गरे होलान ?
  • किन नोकरहरूले येशूले भन्नुभएको भैंm काम गरे ?

    १. स्वादिलो दाखमद्य बनाउनको लागि सामान्यतौरमा कति वर्ष लाग्छ ?
  • हिजोआज त्यति मात्रामा त्यतिको मीठो र स्वादिलो दाखमद्यलाई कति पर्नेथियो होला ? (पद ६)



    १. पानी दाखमद्यमा परिणत हुँदा ती नोकहरूले कस्तो महसुस गरे ?
  • तपाईंको विचारमा के त्यतिबेलादेखि यी नोकरहरूले येशूलाई विश्वास गर्न थालेका थिए होलान ? आफ्ना कारणहरू प्रस्तुत गर्नुहोस् ।

    १. बाइबलमा भएको “महिमा” भन्ने शब्दले हाम्रा नाङ्गो आँखा अघि परमेश्वरको दृश्य उपस्थिति बन्ने बुझिन्छ । परमेश्वरको महिमा सर्वप्रथम उहाँको पवित्रवासस्थान तथा मन्दिरमा प्रकट भएको थियो । यो अच्चमको कामद्वारा येशूले आफ्नो महिमा यी चेलाहरूका माझमा देखाउनुभएको थियो भन्नाले के बुझिन्छ (पद ११) ?
  • किन यूहन्नाले आफ्नो सुसमाचारमा येशूले गर्नुभएको अच्चमका कार्यहरूलाई “अच्चमको कामहरू” नभनी “चिन्हहरू” भन्नुभयो ?
  • येशूको सतावटमा पनि परमेश्वरको महिमा प्रकट भएको थियो भनी यूहन्नाले हामीलाई पछिबाट बताउँछन् । उनले त्यसबाट के भन्न खोजेका थिए ?

    १. येशूले गर्नुभएको यस चिन्हबारे चेलाहरूले के विश्वास गरे ?
    किन चेलाहरूको विश्वास त्यतिबेलासम्म तयार भएको थिएन ?

    खुशीको सन्देशः पुरानो नियममा दाखमद्यलाई यहूदाबाट आउने शासकसँग सम्बन्धित पारिएको छ । “ यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्। त्यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ालाई चाहिँ उत्तम जातको हाँगामा बाँध्नेछ। त्यसले आफ्ना लुगाहरू दाखमद्यमा, आफ्ना पोशाक अङ्गूरको रसमा धुनेछन् (उत्पत्ति ४९ः१०–११) । नयाँ नियममा दाखमद्यले येशूको रगतलाई सङ्केत गर्दछ र त्यो हाम्रो पापको लागि बगाइएको छ ।








    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ४. येशू कोर्राको साथ (यूहन्ना २ः१३–२२)



    पृष्टभूमिः मन्दिर भनेको यहूदीहरूका लागि यो पृथ्वीमा भएको उनीहरूका घरभन्दा पनि अति नै महत्वपूर्ण स्थान हुने गर्दथे । राजा सुलेमानले पहिलो मन्दिरलाई निर्माण गरेका थिए भने, एज्राले दोस्रो । येशूका दिनमा देखिएको भव्य तथा विशाल मन्दिरलाई राजा हेरोद महान्ले बनाएका थिए । येशूको त्रूmसिकरणपछि, त्यो केवल तीसदेखि चालीस वर्षसम्मको लागि मात्र खड़ा रहिरहेको थियो ।

    १. पद १४–१६ लाई पढ्नुहोस् । येशूको कुनचाहिँ बानीले तपाईंलाई अति नै चकित बनाउँछ ?
  • धागोहरू गाँसेर कोर्रा बनाउनको लागि केही समय लाग्छ । उहाँले त्यो बनाउँदै गर्दा उहाँ कस्तो देखिनुहुन्थ्यो (पद १५) ?
  • पद १५ मा भएको क्षणलाई वर्णन गर्दा, तपाईंको विचारमा कस्तो किसिमको आवाजलाई मन्दिरमा सुनिएको थियो होला ?

    १. उहाँले मन्दिरबाट व्यापारीहरूलाई धपाउने बेलामा टेबिलहरू पल्टाइदिने तथा कोर्रा हान्ने काम गर्नुभयो । त्यतिबेला, किन कसैले उहाँलाई रोकेनन् होला ?
  • कुन कुराको लागि येशू त्यति रुष्ट हुनुभयो ?
  • के तपाईंको विचारमा, हिजोआज पनि परमेश्वरको मन्दिर÷मण्डली त्यस्तै किसिमको व्यापारिक थलो बन्ने गरेको छ ? आफ्नो विचारहरू व्यक्त गर्नुहोस् ।
  • आफ्ना पापहरूबाट क्षमा पाइयोस् भनेर मन्दिरमा मानिसहरूले बलिदानहरू चढाउने गर्दथे । परमेश्वरको सुरुवाती उद्देश्यसँग त्यसले कति पनि सरोकार नराख्ने गरी कसरी यो प्रणालीले सबै कुरालाई नष्ट गर्ने थियो होला ?

    १. देखावटीको लागि मात्र प्रदर्शन गर्ने यस्ता उत्सवहरूलाई बाइबलको परमेश्वरले किन घृणा गर्नुहुन्छ ?
  • तपाईंका आफ्नै आराधना, प्रार्थना तथा सेवा इत्यादिलाई ध्यान दिने हो भने, तीमध्ये कति कुराहरूलाई केवल तपाईंले देखावटीको लागि मात्र गर्नुहुन्छ ?
  • तपाईंको हृदयको मन्दिरका के कस्ता कुराहरू आज येशूद्वारा धोइनुपर्दछ ? (तपाईंले मनमनै उत्तर दिनुहोस्) ।





    १. येशू तथा हाम्रो रीसबीच के कस्ता भिन्नताहरू रहेका छन् (पद १६–१७) ?
    २. यो खण्डमा येशूले मन्दिर तथा आफ्नो देहबीच रहेको समानन्तरतालाई देखाउनुहुन्छ (पद १९–२१) । किन येशूले आपूmबाहेक अर्को एउटा मन्दिरलाई पनि यस पृथ्वीमा स्थापना गर्नुप¥यो ? (त्रूmसमा झुण्डिएर येशूले आफ्नो शरीरमा मन्दिरको कुन कार्यलाई पूरा गर्नुभयो ?)
    ३. येशूको त्रूmसिकरण भएको तीस वा चालीस वर्षपश्चात्, रोमीहरूद्वारा हेरोदको मन्दिरलाई ध्वस्त गर्ने अनुमति दिनुभयो । किन होला ? सम्भाव्य कारणहरूबारे सोच्नुहोस् । (किन यरूशलेमको मन्दिरको अब उसो आवश्यक परेको थिएन ?)
    ४. येशूको देहलाई मन्दिरको चित्रण गर्दा त्यसले उहाँको बलिदानलाई मात्र होइन, तर यस पृथ्वीमा अहिले पनि भएको उहाँको मन्दिर अर्थात् इसाई मण्डलीलाई सङ्केत गर्दछ (१कोरिन्थी १२ः२७) । येशूले यरूशलेममा मन्दिर निर्माण गर्नुभएभैंm किसिमको सुधार आजको हाम्रा दिनहरूमा के तपाईंको विचारमा आजको हाम्रा दिनहरूमा भएका मण्डलीमा पनि येशूले यरूशलेममा स्थापना गर्नुभएको मन्दिरभैंm किसिमको सुधार आवश्यक पर्दछ ? आफ्ना कारणहरू दिनुहोस् ।
  • कस्तो परिस्थितिमा मण्डलीको अगुवाले पनि येशूलेभैंm कोर्राहरू बनाउन आवश्यक हुन्छ ?

    खुशीको सन्देशः तपाईंका पापहरू प्रायश्चित गर्ने ठाउँस्वरूप येशूस्वयम् नै तपाईंको मन्दिर बन्नुभएको छ । अनि मन्दिर मात्र होइन तर बलिदान नै बन्नुभएको छ किनकि संसारको पापलाई उठाइलैजाने परमेश्वरको थुमा उहाँ हुनुहुन्छ ।














    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ५. फरिसी तथा पित्तलको सर्प (यूहन्ना ३ः१–१६)



    पृष्टभूमिः धार्मिक कुराहरूमा निकोदेमस भनेका एक प्रख्यात पेशीय व्यक्ति भए तापनि, उनले नदेखिने परमेश्वरको राज्यमा प्रवेश गरेका थिएनन् । आपूmभन्दा सानो उमेरको, आपूm जतिकै शिक्षित नभएको तथा आफ्नो जस्तै ओहदा नभएको व्यक्ति येशूकहाँ निकोदेमस धार्मिक कुराहरूमा छलफल गर्न आउनु भनेको अच्चमको कुरो हो । निकोदेमस इस्राएलको सभाघरको एक सदस्य थिए र उनी एक किसिमको सांसदजस्तै थिए ।

    १. यो खण्डलाई केलाउँदा, निकोदेमसका सबल तथा कमजोर पक्षहरू के के भएको देखिन्छ ? (उनी येशूलाई भेट्न दिनमा आउनुको सट्टामा रातमा आए । त्यसले निकोदेमसबारे के झल्काउँछ ?)
  • निकोदेमसले येशूसँग के कुराको चर्चा गर्न आएका थिए ?

    १. आफ्नो जीवनभरि नै परमेश्वरमा विश्वास राखे तापनि, किन निकोदेशमसँग मुक्तिको निश्चयता थिएन ?
  • कसरी हामीले पनि त्यो निश्चयताको कमी हुन सक्छ ?

    १. “नयाँ गरी जन्मिनु” भन्ने अभिव्यक्तिलाई यहाँ प्रयोग गरिएको हामी देख्छौं । कुनै व्यक्ति नयाँ गरी जन्मिँदा कुन कुरा परिवर्तन हुनेछ (पद ३–८) ?
  • “पानी र आत्मा” द्वारा जन्मिनुपर्दछ भन्नाले के बुझिन्छ (पद ५) ?

    १. निकोदेमसले येशूसँग सोध्छन्, “कसरी कुनै व्यक्ति नयाँ गरी जन्मिन सक्छ ?” (पद ९) । प्रतिउत्तरमा येशूले के भन्नुहुन्छ, आफ्नै शब्दहरूमा वर्णन गर्नुहोस् (पद १०–१६) ।

    २. नयाँ जन्मबारे वर्णन गर्ने क्रममा, येशूले इस्राएलीहरूको मरुभूमिको यात्रालाई उदाहरणस्वरूप प्रयोग गर्नुभयो । मानिसहरूका पापको दण्डस्वरूपले परमेश्वरले एकदमै डरलाग्दो विषालु सर्पहरूलाई त्यहाँ पठाउनुभएको थियो । तरैपनि, पछि उहाँले उक्त विषबाट बँच्ने उपाय पनि दिनुभयोः मोशाले उभ्याएका पित्तलको सर्पलाई हेरेर मानिसहरू सर्पको टोकाइबाट बँच्न सक्दथे (गन्ती २१ः४–९) । उक्त घटना त्रूmसमा भएको येशूको मृत्युसँग कसरी समान रहेको छ ? जतिसक्दो धेरै समानताहरूबारे अनुमान गर्नुहोस् (पद १३–१६) ।




    ३. पित्तलको सर्पलाई हेर्ने निर्णय गरेका मानिसहरूले के कुरामा विश्वास गरेका थिए ?
  • त्यसदिन धेरै मानिसहरू मरेको कुरा बाइबलले हामीलाई बताउँछ । परमेश्वरद्वारा प्रदान गर्नुभएको टोकाइबाट बँच्ने उपायलाई किन धेरै मानिसहरूले विश्वास गरेनन् ?
  • पुरानो नियमको यो घटनाले कसरी नयाँ गरी जन्मिने कुरासँग सरोकार राख्दछ ?

    १. बाइबलमा झण्डै नै सर्पलाई जहिले पनि परमेश्वरको शत्रु वा शैतानको सङ्केत दिइएको छ । तर तपाईंको विचारमा यो घटनामा किन येशूले सर्प र आपैmबीच समानन्तर चिन्हलाई कोर्नुभयो ?
    २. नयाँ गरी जन्मिने सन्दर्भमा, पद १६ ले के सिकाउँछ ?
    ३. यदि समय भएमाः नयाँ जन्मको सम्बन्धमा कस्ता किसिमका गलत बुझाएहरू तपाईंका थिए ? यो पाठको प्रकाशमा ती छलफल गर्नुहोस् ।

    सुशीको सन्देशः परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभएको कि उहाँले आफ्नो एक मात्र पुत्रलाई यस संसारमा पठाउनुभयो र उहाँमाथि विश्वास राख्ने कोही नष्ट हुँदैन भने, उसले अनन्त जीवन पाउनेछ ।


















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ६. जीवित पानी (४ः५–१९)



    पृष्टभूमिः सामरीहरू भनेका ठिमाहाहरू थिए र त्यसैले गर्दा उनीहरू यहूदीहरूद्वारा घृणित प्रकारले हेरिएका थिए । यदि यो स्त्री यतिबेला झण्डै तीस वर्षकी पुगेकी थिइन् भने, तिनले झण्डै नै एक वर्षको अन्तरालमा एउटा पतिलाई फेर्ने गरेकी थिइन् भन्ने अनुमान लाग्छ ।

    १. सुखार भन्ने ठाउँमा अन्य स्त्रीहरू घाम अस्ताइसकेपछि इनारतिर गएर पानी लिन जाने चलन थियो भने, किन यो स्त्रीचाहिँ मध्यान्नमा पानी लिन गएकी थिइन् होला ? (प्रत्येक दिन त्यसरी एक्लै पानी लिन जाँदा तिनलाई कस्तो महसुस भएको थियो होला ?)
  • यो स्त्रीले कोसँग मित्रता गाँस्न सक्दथिइन् ?
  • भविष्यबारे तिनले कस्तो किसिमको आशा तथा डरलाई बोकेर हिँडिरहेकी थिइन् ?

    १. कुनचाहिँ कठिन छः प्रत्येक प्रेमीलाई एकपछि अर्को गर्दै छोडेर जान वा सबैलाई एकैचोटी छोड्न ? आफ्नो तर्क दिनुहोस् ।
  • अनि यसरी छैठौं पटक नयाँ सम्बन्ध स्थापित गर्दा र यसपटकचाहिँ विवाहित मान्छेसँग सम्बन्ध स्थापित गर्दा, तपाईंको विचारमा तिनलाई कस्तो भयो होला ?
  • गाउँमा भएका कुनै परिवारको बच्चाहरूका बाबालाई त्यसरी आफ्नो शिकार बनाउँदा तिनले कसरी आफ्नो स्पष्टीकरण दिन सक्थिन होला ?

    १. तपाईंको विचारमा उक्त स्त्रीको स्वःचित्रण÷मानिसहरूसम्बन्धी सामान्य चित्रण÷प्रेमसम्बन्धी चित्रण कस्तो थियो होला ?
    २. यहूदी पुरुषहरूले स्त्रीहरूसँग सार्वजनिक थलोमा कहिल्यै पनि कुराकानी गर्दैनन् थिए र त्यो पनि एकल परिवेशमा त कदापि पनि होइन । किन येशू आलोचना तथा कुरा काट्ने जस्ता कुराहरूबारे चिन्तित हुनुभएन ?
  • किन येशूले स्त्रीसँग पानीको अनुरोध गर्दै वार्तालाप सुरु गर्नुभयो (पद ७) ?

    १. पद १० मा भएको येशूको वचनलाई कसरी स्त्रीले गलत प्रकारले बुझिन् ?
  • यो स्त्री कुन कुराको लागि तिर्खाएकी थिइन् ?
  • तपाईंको आफ्नै जीवनमा कुन कुराको लागि तपाईं अति नै तिर्खाउनुहुन्छ ? (मनमनै तपाईंले उत्तर दिन सक्नुहुन्छ ।)

    १. पद १४ मा भएको येशूका शब्दहरूलाई उहाँले व्यक्तिगततौरमा तपाईंलाई भनिरहनुभएको छ भन्ने अनुमानसाथ पढ्नुहोस् । तपाईंको वर्तमान परिस्थितिमा ती शब्दहरूले तपाईंलाई के बुझाउलान् ?
  • उसको उनको हृदयमा जीवित पानी बग्ने इनार भएको एउटा व्यक्ति कस्तो देखिन्छ होला ?

    १. स्त्रीको अनुरोधलाई प्रतिउत्तरदिँदै किन येशूले “जाओ गएर तिम्रो पतिलाई पनि बोलाएर ल्याऊ,” भनी भन्नुभयो (पद १५–१६) ?
  • पद १६ र १७ मा भएको शब्दहरूलाई फेरबदल नै नगरी यदि पद १८ को वचन स्त्रीलाई येशूले सिधैँ घोषणा गरिदिनुभएको भए, के हुन्थ्यो होला ?
  • जीवित पानी दिनुभन्दा अघि किन येशूले हाम्रा पापहरू हामीलाई देखाउन चाहनुहुन्छ ?

    १. येशूलाई आफ्नो सम्पूर्ण कथा थाहा पाएको सुन्दा, त्यस स्त्रीले कस्तो महसुस गरिँ ?
  • येशूले त्यस स्त्रीलाई निन्दा नगरी वास्ता गर्नुभएको थियो भन्ने कुरा कसरी त्यस स्त्रीले बुझ्न सकिँ ?

    १. यसरी कुराकानी बढ्दै जाँदा उहाँले अन्य धेरै मानिसहरूबाट लुकाएर राख्नुभएको यथार्थ अर्थात् आपूm मसीह भएको कुरा किन उहाँले स्त्रीको सामु प्रकट गर्नुभयो (पद २५–२६) ?

    २. पद २८ देखि ३० सम्म हेर्नुहोस् । तिनले येशूबाट जीवित पानी पाएको कुराको व्यवहारिक परिणामहरू के रहेका छन् ? (आफ्ना पापहरूप्रतिको तिनको स्वाभाव कसरी परिवर्तन भयो ? गाउँलेहरूसँगको तिनको सम्बन्धको बारेमा नी ?)

    खुशीको सन्देशः त्रूmस येशूले यसरी चिच्याउनुभयोः “मलाई तिर्खालाग्यो !” (यूहन्ना १९ः२८) । जीवित पानीको इनारको मालिक आपैm नै आफ्नो शरीर र प्राणले अत्याधिक पानी मागेको महसुस गर्नुभयो । अनि आज पनि हामीलाई दिइरहनुभएको जीवित पानीको मूल्य उहाँले त्यसरी नै चुकाउनुभयो ।








    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ७ . चिन्हहरू, अच्चमका कामहरू तथा विश्वास (यूहन्ना ४ः४६–५४)



    पृष्टभूमिः यो खण्डमा येशूको खोजी गर्ने अधिकारीले हेरोद एन्टिपासको निम्ति काम गर्दथ्यो । उनी तिनै व्यक्ति थिए जसले बप्तिस्मा दिने यूहन्नालाई पक्रेर र मारेका थिए । (बेलेहममा शिशुहरूको हत्या गर्ने हेरोद यिनको हजुरबाबा थिए । हेरोद पनि आधा मात्र यहूदी भएको हुनाले उनीहरू यहूदीहरूका माझ अत्याधिक अप्रख्यात थिए । कर्फनहुम र कानाबिचको दूरी ३८ किलोमिटर रहेका छ ।

    १. आफ्नो छोरा बिमारी हुनुभन्दा पहिले यो शाही अधिकारीको जीवनको राम्रा र नराम्रा पक्षहरू के थिए होलान ?
    २. किन यो अधिकारीले आफ्नो एउटा नोकरलाई पठाउनुको सट्टामा आपैm नै जाने बिचार गरे ?
  • तपाईं आपूm जुन ठाउँमा उभिरहनुभएको छ, त्यहाँबाट चालीस किलोमिटर टाढा रहेको स्थानबारे सोच्नुहोस् । कानासम्म हिँडेर जाने क्रममा, यस बाबाले के सोचिरहेका थिए होलान ?
    १. किन यो मान्छेलाई येशूको कृपा माग्नमा अति नै कठिन हुने थियो ?
  • येशूसमक्ष पुग्नमा अति नै कठिन लागेको कुनै समय थियो भने, त्यसबारेमा सोच्नुहोस् । किन तपाईंलाई त्यसो भएको थियो ?

    १. पद ४८ मा भएको येशूको वचनहरूको बाँकी कथासँग के सम्बन्ध रहेको छ ?
  • विश्वास गर्न सकियोस् भनेर चिन्हहरू र अच्चमका कामहरूको खोजी गर्नुमा के गलत हुन्छ र ?
  • तपाईंको विचारमा, पद ४८ मा भएको येशूको वचन यस मान्छेमा लागू गर्न सम्भव होला ? आफ्नो तर्कहरू प्रस्तुत गर्नुहोस् ।

    १. किन येशू यस व्यक्तिसँग कर्पmनहुममा जानुभएन, जबकि यस व्यक्तिले उहाँसँग त्यो अनुरोध गरेको थियो (पद ४७, ५०) ?
  • येशूसँगको भेटद्वारा कसरी यो व्यक्तिको विश्वास परिवर्तन भयो (पद ५०) ?

    १. उहाँको मद्दतलाई अनुभव गर्नुभन्दा पहिले नै परमेश्वरको वचनमा सरल प्रकारले विश्वास गर्न किन कठिन हुन्छ ?
  • परमेश्वरले गर्नुभएको कुन प्रतिज्ञालाई यतिबेला तपाईंले दाबी गर्नु आवश्यक छ ?
  • उक्त ठीटो निको भएको समय किन हाम्रो लागि बाइबलमा उल्लेख गरिएको छ (पद ५२) ?
  • यदि येशूले भन्नुभएको समयमा नै उक्त ठीटो निको नभएको भए, त्यसले उसको पितालाई कस्तो प्रभाव पार्दथ्यो होला ?
  • यो खण्डअनुसार, “विश्वास” को अर्थ के हुन्छ ?
  • तपाईंको आफ्नै विश्वासलाई यस पितासँग तुलना गर्नुहोसे ?

    १. यो घटनाले हामीलाई येशूको वचनबारे के सिकाउँछ ?
  • परमेश्वरको वचनबिना नै सङ्कष्टमा पर्नु तथा सङ्कष्टमा परेको बेलामा उहाँका प्रतिज्ञाहरूमा अडान लिनुबीच के भिन्नता रहेको छ ?
    १. येशू आपैm नै मृत्युको नजीक पुग्दा किन येशूले आफ्नो शक्तिशाली वचनलाई प्रयोग गर्नुभएन ?

    खुशीको सन्देशः परमेश्वरको वचन यति शक्तिशाली छ कि उहाँले त्यसको मूल्य चुकाउनुभयोः एउटा अधिकारीको छोराचाहिँ बाँच्न सक्यो जबकि परमेश्वरको पुत्रचाहिँ उसको ठाउँमा मर्नुप¥यो ।





















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ८. सबैले त्यागेका (यूहन्ना ५ः१–१८)



    पृष्टभूमिः यो खण्डले येशू तथा यहूदीहरूबीच रहेको पहिलो द्वन्द्वसँग सरोकार राख्दछ । विश्राम दिन भनेको यहूदीहरूका छुट्टिको दिन हुन्थ्यो । उनीहरूका विश्वासअनुसार, सम्पूर्ण राष्ट्रले एउटै मात्र विश्राम दिनलाई पालन नगरेसम्म मसीह आउनुहुने थिएन । यरूशलेममा भएको पूरातत्विक खोजले बेथस्दाको पोखरी वरिपरि दलानहरू रहेको देखाएको छ ।

    १. करिब ३८ वर्षसम्म त्यसरी ती दलानहरूका आड़मा उक्त व्यक्तिले लाचार जीवन जिउनुपर्दा उसलाई कस्तो भएको थियो होला, कल्पना गर्नुहोस् ।
  • पद ५ मा भएको ग्रीक शब्द एस्थेनियाले बिमारी भन्ने अर्थ दिए तापनि, त्यसले प्रायः “कमजोरी” भन्ने अर्थलाई बोकेको हुन्छ । आउनुहोस्, यसका विभिन्न विकल्पहरूलाई सोचौं । यो मान्छे कुन रोगद्वारा पीडित थियो ? आपूm बिमारी भएको पहिलो १० वर्षको समयावधि पछिल्लो १० वर्षको भन्दा कसरी फरक थियो ?

    १. किन त्यस व्यक्तिको आफन्तहरूले उसको वास्ता गरेनन् (पद ७) ? (उसको आफ्नै गल्ती के थियो वा परिवारमा भएका अरूका गल्ती के थिए ?)
  • यो मान्छेको चरित्रसम्बन्धी कस्तो प्रभाव तपाईंले पाउनुहुन्छ ? पद ७ मा भएको उसका शब्दहरूलाई ध्यान दिनुहोस् ।

    १. आफ्नो बिमारीबाट निको हुने चाहनासाथ प्रतिक्षा गर्दै रहने व्यक्तिसँग उनीहरूका आफन्तको सम्बन्ध कस्तो थियो ?
  • उक्त पोखरीको छेऊमा अन्य मानिसहरूभन्दा यस गरिब मान्छे लामो समयदेखि बस्दै आएको भए तापनि, किन उसलाई पहिले नै पोखरीमा जाने प्राथमिकता दिइएन ?
    १. यो मान्छेको विश्वासको आधार के थियो ? (उसले कहाँबाट मद्दत पाउने अपेक्षा गरेको थियो ?)
  • हिजोआज बिमारी मानिसहरूले के कस्ता किसिमको “उपचारहरू” लाई खोज्ने गर्छन् ?
  • यो मान्छेको पाप के थियो जुन येशूले पद १४ मा सङ्केत गर्नुभएको छ ?
    १. किन येशू अन्य बिमारीहरूका सट्टामा यही निश्चित मान्छेकोमा जाने निधो गर्नुभयो ?
  • किन येशूले स्वःस्पष्ट प्रश्न सोध्नुभयो (पद ६) ?
  • येशूले सोध्नुभएको प्रश्नको जवाफ किन यो व्यक्तिले स्पष्टसँग दिएन (पद ७) ?
  • यदि तपाईंको सा¥है नै ठूलो समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ कि भनी येशूले सोध्नुभयो भने, तपाईंले कसरी उत्तर दिनुहुनेछ होला ?

    १. ३८ वर्षसम्म रहने बिमारीभन्दा पनि सङ्कष्टमय कुरो के हुन्छ भनी येशूले भन्नुभयो (पद १४) ?
  • तपाईंको वर्तमान सङ्कष्टभन्दा डरलाग्दो कुरो के हुनेछ भनी येशूले भन्नुभयो ?
    १. आपूm निको भइसकेपछि पनि कुन उद्देश्यको निम्ति उक्त मान्छे मन्दिरमा गयो (पद १४) ?
  • कहिले यो मान्छेले येशूमा विश्वास गर्न थाल्यो (यदि उसले विश्वास गरेको भए) ?
    १. निको भइसकेपछि उक्त व्यक्तिले पद १५ मा भनेभैंm कुरा किन ग¥यो ? विभिन्न किसिमका सम्भाव्यताहरू उल्लेख गर्नुहोस् ।
  • यो घटना कसरी समाप्त हुनेथियो भनी येशूले अग्रीम नै थाहा पाउनुभयो । त्यसो भए किन उहाँले त्यस व्यक्तिलाई निको पार्नुभयो ?

    खुशीको सन्देशः अन्त्यमा, येशूले पनि त्यही दुदर्शालाई सहनुप¥यो जुन यस व्यक्तिले सहनुपरेको थियोः उहाँलाई सबैले त्यागिदिए । येशूले ३८ वर्षको बिमारीभन्दा पनि डरलाग्दो कुरालाई अनुभव गर्नुप¥योः आफ्नो स्वर्गीय पिताद्वारा छोडिएको महसुस उहाँले गर्नुप¥यो । त्यसैकारणले उहाँले छोडिएका कुनै पनि व्यक्तिलाई यसरी भन्न सक्नुहुन्छः “तिमीसँग त तिमीहरूलाई वास्ता गर्ने म छु ।”




















    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ९. जीवनको रोटी (यूहन्ना ६ः१–१५)



    पृष्टभूमिः पद १४ मा, मानिसहरूले सङ्केत गरिरहेका अगमवक्ता भनेको मोशाले यस संसारमा आउनेछन् भनी अगमवाणी गरेका जन नै हुन् । यो अगमवक्ताचाहिँ मोशाभैंm हुने थिए (व्यवस्था १८ः१५ र १८) । किनकि मानिसहरूले मोशाको समयमा मरुभूमिमा मनन् खाएका थिए । अनि यो नयाँ अगमवक्ताले पनि त्यस्तै किसिमको अच्चमका काम निश्चय नै गर्न सक्नुहुने थियो । त्यतिबेला, पाँच रोटीहरू तथा दुईओटा माछाले एक छाकको भोजनलाई सङ्केत गर्दथ्यो ।

    १. येशूको ख्यातिको राज के थियो (पद) ?
  • किन येशूको ख्याति लामो समयसम्म रहेन ?
  • त्यस्ता ख्याति पाएका मानिसहरूका लोकप्रियता हराउन थालेपछि उनीहरूले के गर्छन् होला ?

    १. किन येशूले आफ्ना चेलाहरूका विश्वासीको घरीघरी जाँच गरिरहनुभयो (पद ५–६) ?
  • तपाईंको विचारमा के यी चेलाहरू यस्ता किसिमको जाँचहरूले गर्दा आफ्ना विश्वासमा परिपक्व भएका थिए होलान ?
  • आर्थिक कठिनाइद्वारा कसरी परमेश्वरले तपाईंको विश्वासको जाँच गर्नुभयो ? (तपाईंले मनमनै जवाफ दिन सक्नुहुन्छ ।)
    १. येशूको समयको २०० दिनारी पैसा भनेको करिब आठ महिनाको ज्याला जतिकै नै हो । यदि आठ महिनाको तलबले आजको हाम्रा दिनमा, आपूm बसेको देशका मानिसहरूलाई भोजन किनिदिने हो भने, त्यसले कतिजनालाई खुवाउन सकिन्छ होला ? (पद ७) ।
    २. आफ्नो भोजन कुनै एउटा चेलालाई दिन इच्छुक हुँदा त्यस ठीटाले कस्तो महसुस ग¥यो होला (पद ९) ?
  • उक्त ठीटोको बारेमा अन्द्रियासले येशूलाई वृत्तान्त सुनाउँदा, के उनले अच्चमको काम अपेक्षा गरेका थिए ? आफ्नो तर्क दिनुहोस् ।

    १. आपूmसँग भएका धेरैथोरै खानाहरू आफ्ना छिमेकीहरूसँग बाँड़चूँड़ गरेको हुनाले नै भोजन ५००० ले भन्दा बढीले खान सके भनी कतिपय ईश्वरशास्त्रीहरूले बहस गर्छन् । यो व्याख्या गलत हो भन्ने कुरा खण्डको कुन कुराले देखाउँछ ?
  • किन यो अच्चमको कामलाई त्यति महत्वपूर्ण ठानियो कि चारैओटा सुसमाचारका पुस्तकहरूमा ती लेखिएका छन् ?


    १. इतिहासभरि नै हेर्दा, कस्ता शासनकर्ताहरूलाई मानिसहरूले रुचाएको देखिन्छ (पद १५) ?
  • आपूm दाऊदको वंशबाट आएको हुनाले उहाँले आपूm यहूदीहरूका राजा भएको दाबी गर्न सक्ने भए तापनि, किन यतिबेला मानिसहरूले चाहे तापनि उहाँ राजा बन्न रुचाउनुभएन ?
    १. आज पनि मानिसहरूले येशूबाट के कुरा पाएको अपेक्षा राख्छन् ?
  • कसरी तपाईंले येशूबाट सबैभन्दा बहुमूल्यको कुरा पाउने अपेक्षा गर्नुहुन्छ ?
  • येशूले अच्चम प्रकारले मानिसहरूलाई भोजन खुवाउनुभएको घटनाले व्यक्तिगततौरमा तपाईंसँग के बोल्दछ ?
    १. यो निश्चित अच्चमको कामलाई उनीहरूले महसुस गर्ने मौका पाइसके तापनि, किन मानिसहरूले अभैm पनि उहाँबाट अच्चमका चिन्हहरूलाई खोजिनै रहे (पद ३०) ?
    २. यो अच्चमका कामपछि उहाँले आपैmलाई जीवनको रोटी हुँ भनेर भन्नुको के अर्थ थियो (पद ३५) ?

    खुशीको सन्देशः पद ४८ देखि ५१ सम्म पढ्नुहोस् । ५००० लाई खुवाएको घटनाले येशू आफ्नै बारेमा बताउँछ । जस्तै कि कसरी उहाँ जीवनको रोटी बन्नुभयो भनी । उहाँले दिनुहुने रोटी खाएर कहिल्यै नमरौं भनी येशूले आफ्नो जीवन बलिदान दिनुभयो । जीवनको रोटी ले प्रभुभोजको रोटीलाई पनि सङ्केत गर्दछ ।
















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १०. लुकेको मसीह (यूहन्ना ७ः४०–५२)



    पृष्टभूमिः पद ४०मा भएको अगमवक्ताले पुनः नयाँ मोशालाई सङ्केत गर्दछ र विगत एक हजार वर्षदेखि उहाँ प्रकट हुने अपेक्षामा यहूदीहरू रहिरहेका थिए (व्यवस्था १८ः१५, १८) ।

    १. यो खण्डमा के कस्ता मानिसका समूहलाई देखिन्छ ?
  • यी मानिसहरूले येशूका निम्ति के कस्ता कदमहरू चाल्ने थिए होलान् ?
    १. उहाँ नै मसीह हुनुहुन्थ्यो भनी येशूका समकक्षीहरूले के आधारमा तय गर्न सक्दथे ?
  • किन येशूले हरेक व्यक्तिको अघि आपूm नासरतमा हुर्केको, तर दाऊदको वंशबाट आएको बेथलेहममा जन्मिएको हुँ भनी भन्नुभएन (पद ४१–४२) ?
    १. उहाँ यस पृथ्वीमा रहनुहुँदा उहाँलाई मसीह भनेर विश्वास गर्न जति गाह्रो थियो, त्यति नै सजिलो अहिले छ भनी के तपाईंले विश्वास गर्नुहुन्छ ? आफ्ना तर्कहरू दिनुहोस् ।

    २. येशू नै मसीह हुनुहुन्थ्यो भन्ने कुरालाई किन उहाँले लुकाउनुप¥यो ? (यदि सुरुदेखि नै येशू नै मसीह हुनुहुन्थ्यो भन्ने यथार्थलाई स्पष्ट बनाइदिनुभएको भए, त्यसले कस्तो प्रभाव पार्ने थियो होला ?)

    ३. किन कुनै व्यक्तिलाई समूहको शक्तिको विरुद्ध खडा हुन कठिन हुन्छ (पद ४५–४८) ?
    ४. पद ४९ ले फरिसीको चिन्तनबारे हामीलाई के कुरा प्रकट गर्छ ?
    ५. पद ४५ देखि ५२ सम्म भएको कुराले परिषद्को भेलामा फरिसीहरूले सायद के गर्ने योजना बनाएका थिए होलान् ?
  • येशूले गर्नुभएको अच्चमका कामहरूको सट्टामा, किन येशूको वचनले मन्दिरका पहरेदारहरूलाई प्रभावित पा¥यो होला (पद ४६) ?
    १. यदि निकोदेमस शान्त भएर नबसेको भए के हुने थियो होला (पद ५०–५१) ?
  • सुरुदेखि नै निकोदेमस राती मात्र आउने गर्दथे किनकि उनी अन्य फरिसीहरूसँग डराउँथे । आफ्नो विचारमा भएको कुरा बताउने सहास उनमा कहाँबाट जुट्यो होला ?
  • यदि सबै जना तपाईंसँग असहमत भएमा, के तपाईंले आफ्नो निश्चयतालाई अभिव्यक्त गर्न सहास जुट्न सक्छ होला र ?

    १. तपाईंको विचारमा, के निकोदेमसका प्रश्नहरूको अपेक्षित जवाफ मिलेको थियो ? यदि थियो भने, ती के थिए ?
  • अरूका कठोर आलोचनासाथ उनको कुरा समाप्त भयो । के तपाईंको विचारमा निकोदेमसले बताएका कुराप्रति पछि उनले पछुतो माने (पद ५२) ? आफ्नो तर्क उल्लेख गर्नुहोस् ।

    १. (यदि तपाईंसँग समय भएमा) यदि बहुसङ्ख्यीय मानिसहरूले गलत निर्णय लिने लागीरहेको बेलामा, तपाईं एउटा व्यक्तिको जिम्मेवारी के हुन्छ ?
  • आपूm नै मसीह भएको कुरालाई किन येशूले सार्वजनिक रूपमा प्रकट गर्नुभएन, अर्थात् परमेश्वरले प्रकट गराउनुभएन ?





























    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ११. येशू एक मार्गनिर्देशक (यूहन्ना ८ः१–११)



    पृष्टभूमिः मोशाको व्यवस्थाअनुसार, व्यभिचारमा पक्रिएका पुरुष तथा स्त्रीलाई ढुङ्गाले हानेर मार्नुपर्ने हुन्थ्यो (लेवी २०ः१०) । तर, इस्राएल पनि रोमी साम्राज्यभित्र पर्ने हुनाले, उक्त मुद्दा आफ्नो नियन्त्रणमा भएको रोमीहरूले ठान्दथे ।

    १. कुन कुराले एउटा व्यक्तिलाई व्यभिचार गर्ने बनाउँछ ? विभिन्न कारणहरूबारे सोच्नुहोस् ।
  • आफ्नो नयाँ प्रेमिकालाई पाइसकेपछि, यो स्त्रीको जीवन कस्तो भएको थियो होला, कल्पना गर्नुहोस् । यो सम्बन्धले तिनको जीवनमा कस्तो किसिमको खुशी÷पीडा ल्याएको थियो ?
    १. तपाईंको विचारमा, व्यभिचार गर्दा गर्दै पक्रियो भने, कस्तो दुर्दशा हुन्थ्यो होला ?
  • आपूmलाई त्यसरी एक्लै छोडेर भाग्ने व्यक्तिको बारेमा यस स्त्रीले कस्तो सोचिन् होला ?
  • अनि यस्तो अवस्थामा, उक्त पुरुष (जो सायद विवाहित थियो) ले पनि सामना गर्नुपरेको सबैभन्दा कठिन कुरो के थियो होला ?
    १. यो घटनामा धेरै मानिसहरू सङ्लग्न थिए । व्यभिचार तथा त्यसले ल्याएको दण्डबारे निम्नलिखित मानिसहरूले कस्तो महसुस गरे होलान्, सोच्नुहोस् ।
  • एउटा पत्नीको पति, तिनका बालबच्चाहरू, अभिभावकहरू (यदि उनीहरू जीवित थिए भने) आदिले ? तिनको प्रेमिकाको पत्नी तथा उसका बच्चाहरूले ?
  • त्यसमा सङ्लग्न बच्चाहरूका भविष्यलाई उक्त घटनाले कस्तो प्रकारले असर गर्न सक्दथ्यो होला ?
    १. उक्त स्त्रीलाई घिसारेर येशूसमक्ष ल्याइँदा, तिनले कस्तो महसुस गरिनँ (पद ३–५) ?
  • त्यतिबेला, उक्त स्त्रीले आपूmले गरेको व्यभिचारबारे कस्तो महसुस गरिनँ ?

    १. किन यहूदीहरूले त्यस स्त्रीलाई येशूको अघि घिसारेर पु¥याए, जबकि मृत्युदण्डजस्तो कुराको पैmसला रोमीहरूका हातमा मात्र रहेको कुरा उनीहरूलाई थाहा थियो ?
  • किन येशूले पद ७ मा भएको कुरा भन्नुको सट्टामा, यसो भनेर जवाफ दिनुभएनः “तिमीहरूमध्ये कसैलाई पनि यो स्त्रीलाई ढुङ्गाले हान्ने अधिकार छैन ।”
    १. ती अभियोगीहरू पद ९ मा उल्लेख गरिएको क्रमानुसार त्यहाँबाट गए । किन होला ?
  • आपूmले बताएको कुराको असरलाई मानिसहरूमा खोज्नुको सट्टामा, किन येशूले निहुँरिएर केवल लेख्ने मात्र काम गरिरहनुभयो ?
    १. यस स्त्रीलाई मृत्युदण्डको दोषी ठहराउने अधिकार किन केवल येशूमा मात्र रहेको थियो ?
  • किन येशूले यहाँ मोशाको व्यवस्थाअनुसार कदम चाल्नुभएन ?

  • त्यसरी धेरै मानिसहरूका खुशीलाई नष्ट गरेकी यस स्त्रीले पाउनुपर्ने दण्डलाई के भयो ?

    १. येशूले त्यसरी भूईंमा लेखिरहनुहुँदा, त्यस ठाउँबाट भाग्ने प्रशस्त समय त्यस स्त्रीको हातमा भए तापनि, किन त्यो त्यहाँबाट भागिन् (पद ८–९) ?
  • आफ्ना पापहरू क्षमा दिइएको कुरा तिनले कहिले विश्वास गर्न थालेकी थिइन् ?

    १. पद ११ मा भएको वचनहरू किन येशूलाई भन्न मन लाग्यो होला ?
  • पद ११ को शब्द येशूले तपाईंलाई पनि भनिरहनुभएको छ । तपाईंको वर्तमान परिस्थितिमा, ती शब्दहरूले के कस्ता अर्थ दिन्छन् ?

    खुशीको सन्देशः भूईंमा येशूले के लेख्नुभयो भनी हामीलाई बताइएको छैन । सायद उहाँले एउटा न्यायधीशको भूमिका निभाउँदै व्यभिचारको निम्ति कानुनले दिने दण्डलाई लेखिरहनुभएको थियो होला । अनि दोस्रो पटक पनि निहुँरिएर सायद उहाँले यी शब्दहरूः “तिनको स्थानमा रहेर तिनको पापलाई म बोक्नेछु ।”
















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १२. संसारको ज्योति (यूहन्ना ९ः१–७, १८–२३ र ३५–४१)



    पृष्टभूमिः येशूले गर्नुभएको अच्चमका कामहरूमा अन्धोको आँखाहरू खोल्ने क्रममा, जतिधेरै प्रख्यात हुनुभयो, त्यतिधेरै अन्य कुनै पनि कामहरूमा हुनुभएन (यूहन्ना ९ः३२, १०ः२१, ११ः३७) । यदि कुनै व्यक्ति अन्धो भएर जन्मिन्छ भने, उसका आँखाहरू राम्रोसँग विकास भएका हुँदैनन् । त्यसको सट्टामा उसका सुन्ने शक्तिचाहिँ अति नै मजबुत हुन्छ ।

    १. पद १–७

  • यस्ता कमजोरीका साथ जन्मिने बच्चाको अभिभावकहरूका जीवन कस्तो हुन्छ होला ?
  • त्यस्ता अभिभावकहरूले उनीहरूका परिस्थितिहरूसँग कसरी जुधेका थिए होलान भन्ने अनुमान तपाईंले लगाउनुहुन्छ र त्यसले तपाईंलाई कस्तो प्रभाव पार्छ ?
  • यो अन्धो भिखारीको दैनिकी कस्तो प्रकारले गुज्रिरहेको थियो भनी तपाईंले कल्पना गर्नुहुन्छ ।
  • परमेश्वरप्रतिको प्रेमबारे यो व्यक्तिले के ठान्दथ्यो होला ?
  • आफ्नो त्यस्तो असक्तपनाप्रति बाटोमा हिँड्ने मानिसहरूले समेत टीकाटिप्पणी गरेको उसले सुनेको थियो । के कसैलाई त्यस्तो किसिमको टीकाटिप्पणी सुन्ने बानी परेको हुन्छ जुन पद २ मा चेलाहरूले गरेको प्रश्नमा पाइन्छ ?
  • आफ्ना वरिपरि भएका सङ्कष्टको दोष किन हामी सधैँ अरूमा मात्र थुपार्ने गर्छौं ?
  • तपाईंको आफ्नो वा परिवारमा भएको कसैको दुःखको कारण अरूको गल्तीले गर्दा हो भन्ने सोच कस्तो परिस्थितिले गर्दा तपार्इं उत्पन्न गरायो ?
  • चेलाहरूका प्रश्न (पद ३–५) मा, येशूको उत्तरलाई सुनेर उक्त भिखारीले कस्तो महसुस ग¥यो होला ?
  • तपाईंको विचारमा, परमेश्वरको कामलाई तपाईंको आफ्नै जीवनमा कसरी तपाईंले उत्तम प्रकारले प्रकट गर्न सक्नुहुन्छ होला (पद ३) ?
  • कुनै अन्जान मान्छे आएर आफ्नो आँखामा माटो दल्दा पनि किन उक्त व्यक्तिले विरोध गरेन (पद ६) ?
  • किन येशूले उक्त व्यक्तिलाई तत्कालै त्यही नै निको पार्नुभएन ? बरु, त्यसको सट्टामा उसलाई बाटो पहिल्याउँदै सिलोआमको पोखरीतिर जाने सल्लाह दिनुभयो ।

    १. पद १८–२३ । अभिभावकहरूका प्रतिक्रिया । सभाघरबाट बाहिर राखिनु भनेको व्यापक समुदाय (सन्दर्भ विवाह तथा दाहसंस्कारजस्ता कुराहरूबाट अलग राख्नु पनि भनिएको हो) बाट बाहिर राखिनु भनेको पनि हो ।
  • पद २ मा भएजस्तो टिप्पणीप्रति कसरी अभिभावकहरूले प्रतिउत्तर दिने थिए होलान ?
  • किन अभिभावकहरू आफ्नो छोराको चङ्गाईमा त्यति खुशी भएजस्तो देखिँदैनन् ?
  • आफ्ना अभिभावकहरूका विपरीत किन चङ्गाई पाएको व्यक्ति सभाघरबाट बाहिर राखिने कुरादेखि त्यति डराउँदैनन् (पद २२) ?
  • यदि तपाईंले आपैmलाई उनीहरूका अभिभावकहरूका स्थानमा राख्ने हो भने, कसरी तपाईंले प्रतिउत्तर दिनुहुने थियो होला ?

    १. पद ३५–४३ः येशू तथा चङ्गाई पाएको व्यक्तिबीच दोस्रो जम्काभेट ।
  • तपाईंको विचारमा किन येशूले यो व्यक्तिसँग पुनः एकपटक कुराकानी गर्न चाहनुभयो होला ?
  • किन येशूले “के तिमीले मान्छेको पुत्रमाथि विश्वास गर्छाैं भनेर सोध्नुको सट्टामा, तिमीले ममा विश्वास गर्छौं भनेर सोध्नुभएन (पद ३५) ?”
  • येशूले आज पनि त्यही नै प्रश्न तपाईंलाई सोधिरहनुभएको छ । तपाईंले उहाँलाई कसरी उत्तर दिनुहुन्छ ?
  • येशू नै संसारको ज्योति हुनुहुन्छ भनेर के भन्न खोजिएको हो (पद ५) ?
  • पद ३९ ले के भन्न खोजेको छ ?
  • आपैm नै संसारको ज्योति भए तापनि, किन येशूले नरकको अन्धकारलाई अनुभव गर्नुप¥यो ?

    खुशीको सन्देशः परमेश्वरको काम तपाईं तथा तपाईंको आफन्तको जीवनमा प्रकट भएको होस् भनेर तपाईं तथा तपाईंको आफन्तहरू सतावटमा परेका हुन सक्छन् । आज तपाईंलाई येशूले व्यक्तिगततौरमा दिनुभएको वचनस्वरूप ३ पदलाई आफ्नो जीवनमा अप्नाउनुहोस् ।










    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १३. असल गोठालो (यूहन्ना १०ः१–१६)



    १. पद १–६ । यतिबेलासम्म येशूले आफ्नैबारेमा चर्चा गरिरहनुभएको थियो भनेर उहाँले प्रकट गरिसक्नुभएको छैन । तसर्थ, तपाईंले आफ्नो बाइबल अध्ययनमा शाब्दिक अर्थलाई अप्नाउँदै गोठालो तथा उसका भेड़ाहरूका बारेमा छलफल गर्नु असल हुनेछ ।
  • यी ६ ओटा पदहरूअनुसार एउटा भेडाको के कस्ता स्वभावहरू हुन्छन् ?
  • यी पदहरूअनुसार, एउटा गोठालोमा कुन कुराहरू विशिष्ट हुन्छन् ?
  • किन एउटा गोठालाहरूलाई सजिलै परिवर्तन गर्न सकिँदैन ?
  • गोठालो र चोरमा के कस्ता भिन्नताहरू छन् ?
  • एउटा भेडाको जीवनमा, गोठालोको के भूमिका हुन्छ ?

    १. पद ७–१० । चोरहरू, डाकुहरू तथा ढोकाहरू ।
  • येशू नै ढोका हुनुहुन्छ भन्नाले के बुझिन्छ ? (उहाँ कहाँ जाने ढोका हुनुहुन्छ ?)
  • पद आठमा उहाँले कसलाई सङ्ेकत गरिरहनुभएको छ ?
  • किन कुनै मान्छे इसाई सङ्गतिमा ढोकाबाट नआइकन “पर्खाल नाँघेर” आउन चाहन्छन् होला (सन्दर्भ, पद १ लाई पनि हेर्नुहोला) ?
  • इसाई सङ्गतिभित्र पनि मानिसहरूलाई “चोर्ने, मार्ने र नष्ट” व्यक्तिहरू हुन्छन् भनी येशूले के भन्न खोज्नुभएको हो ?
  • के यी शब्दहरू तपाईंको आफ्नै जीवनमा पनि प्रसङ्गिक छन्ः “म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ (पद १०) ।”

    १. पद ११–१३ः यतिबेला मात्र येशूले यहाँ आपैmलाई एउटा असल गोठालोका रूपमा चर्चा गर्नुभएको छ र पुरानो नियमको धेरैजसो अगमवक्ताहरूले उहाँको त्यो भूमिकाबारे लेखेका छन् (इजकिएल ३४ र भजन २३) ।
  • साँचो तथा ज्यालादारी गोठालोबीच के कस्ता भिन्नताहरू छन् ? (किन यस्ता ज्यालादारीहरूले उक्त कामलाई पहिलो चरणमा नै स्वीकार गरे होलान ?)
  • “ज्यालादारी” भनेर येशूले के भन्न खोज्नुभएको छ ?
  • येशू तथा एउटा असल गोठालोबीच रहेका जतिसक्दो धेरै सम्भाव्य समानताहरूलाई पत्तो लगाउनुहोस् ।
  • आफ्नो कुकुरको लागि आफ्नो जीवनलाई बलिदान दिने एउटा बच्चाबारे तपाईंले के सोच्नुहुन्छ होला ?
  • पशुहरूका लागि मान्छे मर्ने वा मानिसहरूका लागि परमेश्वरको पुत्रले आपैmलाई बलिदान दिने दुई कुराहरूमा कुनचाहिँले बढी अर्थ दिन्छ होला ?
  • तपाईंको निम्ति किन येशू मर्न तयार हुनुभयो होला ?
  • इसाईहरूका माझ व्वाँसोहरूलाई पाइने एउटा उदाहरण दिनुहोस् ।
  • इसाई सङ्गतिमा पाइने “व्वाँसाहरू” सँग कसरी आजका गोठालाहरूले लडाईं गर्न सक्छन् ?

    १. पद १४–१६ः एउटा असल गोठालाको बारेमा जान्नु ।
  • कसरी भेडा र गोठालोले एक–अर्कालाई चिन्न सक्छ ? (कसरी येशूले हामीलाई र हामीले उहाँलाई चिन्न सक्छौं ?)
  • येशूको वचनबारे यो खण्डले हामीलाई कसरी सिकाउँछ (३, ४, ५, ८, १६) ?
  • कसरी हामीले येशूको आवाजलाई अरूका आवाजहरूबाट छुट्टयाउन सक्छौं ?
  • संसारभरिका इसाईहरूमाझ रहेको सामान्य समस्या भनेको के हो (पद १६) ?
  • कसरी हामीले उहाँको मृत्युबारे चर्चा नगरी उहाँ एक असल गोठालो हुनुहुन्छ भनी भन्न सक्छौं ?

    खुशीको सन्देशः अगुवाले इजकिएल १२ः७, १३ पढिदिनुहोला । यो पाठले भेडालाई ढोकाको तस्विरसँग जोडेर हेर्छ र कसरी येशू आपैm नै ढोका र मूल ढोका बन्नुभयो भन्ने कुरा सिकाउँछ ।











    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १४. पुनरुत्थान र जीवन (यूहन्ना ११ः१–५ र ३२–४६)



    पृष्टभूमिः जब येशूले लाजरस बिमारी भएको कुरा सुन्नुभयो, तब उहाँ बेथानीबाट एकदिने यात्राको दूरीमा हुनुहुन्थ्यो ।

    पद १–५

    १. येशूले तिनीहरूलाई प्रेम गर्नुभयो भन्ने कुरा कसरी यी तीन सन्तानहरूले जानेका थिए (पद ३ र ५) ?
  • येशूले तपार्इं र तपाईंको परिवारलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा कसरी तपार्इंले थाहा पाउनुहुन्छ ?
    १. किन येशूले लाजरसलाई निको पार्न तत्कालै जानुभएन ?
  • पद ४ मा भएको शब्दहरूद्वारा येशूले के भन्न चाहनुभयो ?
  • के तपाईंको आफ्नै सङ्कष्टबारे पनि येशूले पद ४ मा भएको शब्दहरू नै बोलिदिनुभयो भने, तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्छ होला ?

    पद २५–२६
    १. यी पदहरूले के बुझाउँछन् ?
  • किन येशूमा विश्वास गर्नेहरू मृत्युसँग डराउनुपर्दैन ?

    पद ३२–४६
    १. पद ३२ मा भएको येशूको शब्दहरूलाई सुन्ने क्रममा, मरियमलाई कस्तो भयो होला ? विभिन्न सम्भाव्यताहरूको चर्चा गर्नुहोस् ।
    २. किन येशू “आत्मामा ज्यादै व्याकुल हुनुभयो ?”
    ३. येशू तिनीसँगै रुनुभयो भन्ने भन्नाले मरियमले कसरी बुझिन होला (पद ३५) ?
  • येशू जसलाई तपाईंले चिन्नुभएको छैन रपनि उहाँ तपाईंसँगै तपाईंको आफ्नो प्रियजन मरेको कारणले वा तपाईंको जीवनमा आएका दुःखको कारणले रुनुभयो भन्नाले के बुझ्नुहुन्छ होला ?

    १. चिहानको ढोकालाई खोल्ने क्रममा, मार्थाले के सोचिन होला (पद ३८–३९) ?
  • के आफ्नो मरेको भाइलाई जीवित पार्नुहुने थियो भनी मार्थाले विश्वास गरेकी थिइन् ? तपाईंले आफ्नो कारण दिनुहोस् ।
  • पद ४० मा भएका शब्दहरूद्वारा येशूले के भन्न चाहनुभयो ?
    १. पद ४१–४२ मा भएको प्रार्थनामा येशूले के कुरा माग्नुभयो ?
  • लाजरस चिहानबाट बाहिर आउने क्रममा, त्यहाँ उपस्थित भएका मानिसहरूले के ठाने होलान (पद ४३–४४) ?
    १. लाजरसको चिहानमा भएको घटनाहरूद्वारा कसरी मार्था र मरियमको विश्वासमा परिवर्तन भयो ?
  • त्यहाँ उपस्थिति यहूदीहरूलाई कसरी यस अच्चमको कामलले प्रभाव पा¥यो (पद ४५–४६) ?
  • यस्तो किसिमको अच्चमको कामको साक्षीलाई सुने तापनि किन कतिपय मानिसहरू उनीहरूका आफ्नै अविश्वासमा अडिक भइरहन्छन् ?
    १. यसरी मृत्युबाट पुनःजीवित भएकोमा लाजरसले कस्तो ठाने होलान ?
  • यसरी मृत्तकबाट जीवित पार्नुभएकोमा उहाँले पुनः एकदिन त्यसको मुल्य चुकाउनुहुने थियो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि किन येशूले तिनलाई मृत्युबाट जीवित पार्नुभयो (पद ५३) ?

    खुशीको सन्देशः येशूले मरेको मान्छेलाई जीवित पार्नुभयो किनकि उहाँले पापको ज्याला मृत्युलाई आपैmले स्वयम् तिर्नुभएको थियो । त्यसैले यो घटनाको ठीक के समयपश्चात् नै येशूले आफ्नै मृत्युद्वारा लाजरसको पापको प्रायश्चित गर्नुभयो । त्यसैकारणले येशू आज तपाईंको निम्ति, मेरो निम्ति तथा हाम्रा प्रियजनहरूका निम्ति पुनरुत्थान हुन सक्नुभएको छ ।

    ***

    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १५. मरेको गहुँको दाना (यूहन्ना १२ः२०–३३)



    १. किन ग्रीकहरूले आफ्ना अनुरोधलाई प्रत्यक्षसँग येशूमा राखेनन् (पद २०–२१) ?
  • किन फिलिपले येशूसमक्ष आफ्नो अनुरोधलाई प्रत्यक्ष राखेनन् (२२) ?

    १. “आफ्नो जीवनलाई प्रेम गर्नु” भन्नाले के बुझिन्छ (२५) ?
  • यस संसारमा “आफ्नो जीवनलाई घृणा गर्नु” भन्नाले के बुझिन्छ ?
  • यदि मानिसजातिहरूले उनीहरूका जीवनमा ती कुराहरूलाई प्रमुख लक्ष्यको रूपमा राख्दा किन उनीहरू खुशी हुन सक्दैनन् ?
  • चेलाहरूका अनुभवमा पद २६ को अर्थ के हुन्छ ?
  • कसरी तपाईंले पद २६ लाई आफ्नो जीवनमा अप्नाउन सक्नुहुन्छ ?

    १. यतिबेला येशूको मनमा कस्तो किसिमको द्वविधा थियो होला (पद २७–२८) ?
  • (येशूले कस्तो किसिमको विकल्पबाट छनोट गर्नुपरेको थियो ?)
  • येशू यो संसारमा आउनुभन्दा धेरै पहिले नै मानिसका पापहरूका लागि मर्ने निधो गरिसक्नुभएको थियो । तर, किन उहाँ यो परिस्थितिमा त्यति व्याकुल हुनुभयो त ?
  • किन येशूले गहुँको दानाभैंm भूर्इंमा गाडिन रुचाउनुभयो ?

    १. आपैmलाई मात्र लाभ हुने खुशीयाली जीवन तथा अरूलाई समेत आशिषित् बनाउन सकिने कष्टले भरिएको जीवनबीच छनोट गर्न लगाइयो भने, कुनचाहिँ तपाईंले छान्नुहुनेछ होला ? तपाईंले आफ्नो कारणहरू दिनुहोस् ।
    २. तपाईंको आफ्नै सङ्कष्टबारे के येशूले यसरी भन्नुभएको कुरा भन्न सक्नुहुन्छः “यसै कारणले नै म यस घटीसम्म आइपुग्न सकेको छु” (पद २७) ? आफ्नो तर्क दिनुहोस् ।
    ३. येशूले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण लक्ष्य के राख्नुभयो (पद २८–२९) ?
  • आफ्नो पुत्रको मृत्युमा कसरी परमेश्वर पिताको नाउँ अति नै महिमित हुन सक्दथ्यो ?

    १. पद ३१ र ३२ ले कस्तो अर्थ दिन्छ ?
    २. फिलिप र अन्द्रियासको अनुरोधप्रति येशूले कसरी उत्तर दिनुभयो (२३–३३) ?

    खुशीको सन्देशः हाम्रो निम्ति उहाँले राख्नुभएको प्रेमको कारण येशूले आफ्नो जीवन दिनुभयो । त्यसो भए के हामीले पनि उहाँलाई प्रेम गरेको कारण आफ्नो जीवनलाई बलिदान दिनुपर्ने होइन र ?


















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १६. मालिक एक नोकरको रूपमा (यूहन्ना १३ः१–१७)



    पृष्टभूमिः येशूले एउटा कोठा भाडामा लिनुभयो र त्यहाँ आफ्नो चेलाहरूसँग अन्तिम भोज खान चाहनुभयो । त्यहाँ पानी, बाटा तथा तौलिया थियो तर खाना खानुभन्दा अघि सबैको खुट्टा धोइदिने कार्यको लागि कुनै नोकरहरू त्यहाँ थिएनन् । मानिसहरू अलि ढल्केर खाना खान बस्ने भएको हुनाले, यदि कसैको खुट्टा धोइएको हुँदैन थियो भने, त्यसलाई देखेर भोक हराउन सक्ने थियो ।

    १. भोलिपल्ट आपूm मर्नुहुने थियो भन्ने कुरा येशूलाई थाहा थियो । यदि तपाईं भोलि मर्नुहुुने थियो भनी जानेको भए तपाईंले आज के गर्नुहुने थियो होला ?
  • पद ३ को बाँकी कथासँग कस्तो सम्बन्ध छ ?
    १. किन कुनै पनि चेलाहरूले नोकरको भूमिका निभाउन चाहेनन् ? (चेलाहरूमा भएका सबैभन्दा कान्छोले समेत किन त्यो कार्य गर्न रुचाएन ?)
  • किन हामी मानिसजातिलाई ओहदा प्रणाली त्यति महत्वपूर्ण भएको छ होला ?

    १. खुट्टा नै नधोइकन निस्तार चाडलाई सुरु गर्ने सम्बन्धमा, चेलाहरूले कस्तो विचार गरे होलान ?
  • उनीहरूले खान थालिसकेपछि मात्र येशूले उनीहरू खुट्टाहरू धुन थाल्नुभयो । किन होला (पद ४) ?
    १. यो कार्यद्वारा येशूले आफ्नो बारेमा के कुरा प्रकट गर्न चाहनुहुन्थ्यो ?
    २. यदि तपाईंले अघिबाट नै इन्कार गरिसक्नुभएको कुरालाई येशूले गर्न थाल्नुभयो भने, तपाईंले कस्तो महसुस गर्नुहुन्छ होला ?
    ३. किन पत्रुसले आफ्नो खुट्टा येशूलाई धुन दिन चाहेनन् (पद ६–८) ?
  • पद ८क मा भएको शब्दहरूले पत्रुसबारे के कुरा प्रकट गर्छ ?
  • यदि कुनै व्यक्ति येशूद्वारा धोइन चाहँदैन भने, त्यो व्यक्ति येशूको अंश हुन सक्दैन । किन ? (पद ८)
    १. किन पत्रुसले एक्कासी आफ्ना खुट्टाहरूका साथसाथ आफ्ना हातहरू तथा टाउको पनि धोइयोस् भन्ने इच्छा गरे (पद ९) ?
  • पद १० मा, पत्रुसलाई दिइएको प्रतिउत्तरद्वारा येशूले के बुझाउन खोज्नुभएको छ ? (“नुहाएकाहरू” तथा “खुट्टा धोइएकाहरू” भनेर के भन्न खोजिएको छ ?)
  • येशूले तपाईंका पापहरू धोइदिनुभएको छ भनेर के तपाईंले भन्न सक्नुहुन्छ ? यदि सक्नुहुन्छ भने, कहाँ र कहिले त्यो भएको थियो होला त ?


    १. किन येशूले यहूदाको पनि खुट्टा धुन चाहनुभयो (पद २,११) ?
  • आफ्नो अघि येशूले निहुँरिएर खुट्टा धुन लाग्दा यहूदाले कस्तो महसुस गरे ?
  • के यहूदाले येशूलाई विश्वास गरे (पद १०) ?
  • यहूदाको ठूलो गल्ती के थियो ?

    १. येशूले हाम्रो अघि यहाँ देखाइदिनुभएको उदाहरणलाई कसरी आजका इसाईहरूले पछ्याउन सक्छन् होला (१२–१७) ?
  • यदि एउटा व्यक्तिको खुट्टा येशूद्वारा धोइएको छैन भने, उसले अरू इसाई साथीहरूको खुट्टा धुन सक्दैन । किन ?
    १. किन येशूको यो निश्चित कार्यले “उहाँको प्रेमको गहनता” लाई झल्काउँछ (१) ?

    खुशीको सन्देशः येशूले आफ्नो दासरूपी कामलाई आफ्नो कू्रसको मृत्युसँग जोड्दै यसरी भन्नुभयो, ‘ तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ। अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ। किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”


















    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १७. बाटो, सत्य र जीवन (यूहन्ना १४ः१–११)



    पृष्टभूमिः यदि हामी भोलि नै मारिने वा सताइने कुरा हामीले थाहा पाउने हो भने, हामीमध्ये कतिले अरूका हृदयका वेदनाबारे सोच्ने थियौं होला ?

    १. के तपाईंको विचारमा, दुखित हृदय र विचलित आत्माले विश्वासको कमीलाई देखाउँछ होला ? तपार्इंंले आफ्नो राय दिनुहोस् (पद १) ।
  • कुन कुराले आज तपाईंलाई विचलित बनाएको छ ? (तपाईंले मनमनै उत्तर दिनुहोस्) ।
    १. १ पदले कुन अर्थ दिन्छ ?
  • एउटा चिन्तित व्यक्तिले परमेश्वर तथा येशूबारे के कस्ता सत्यताहरूमा विश्वास गर्नुपर्छ ?

    १. पद ११ मा येशूले विश्वासबारे के बताउनुहुन्छ ? यो सारवस्तुलाई अन्य कुन कुन ठाउँमा समावेश गरिएको छ ? हेर्नुहोस् ।
    २. पद २ र ३ बाट हामीले स्वर्गबारे के सिक्छौं ?
  • पहिलो पद कसरी २ र ३ र सँग सम्बन्धित छ ?
    १. कस्तो परिस्थितिमा तपाईंलाई स्वर्ग महत्वपूर्ण लाग्यो ?
    २. “म नै बाटो हुँ,” भनेर येशूले के भन्न खोज्नुभएको छ (पद ६) ?
  • कसैले “बाटो यहाँ छ,” भनेर भन्नु तथा “म नै बाटो हुँ” भनेर भन्नुमा के भिन्नता रहेको छ ?
  • किन कोही येशूबाहेक स्वर्ग जान सक्दैनन् ?

    १. येशूले “जीवन र सत्य म नै हुँ” भनी भन्नुभयो । त्यसको अर्थ के होला (पद ६) ?
    २. येशू र परमेश्वरबीचको सम्बन्धबारे पद ७–११ हामीलाई के सिकाउँछ ?
    १. चेलाहरूका कस्तो अवस्थामा येशूले यी उत्साहका शब्दहरू बोल्नुभएको थियो (सन्दर्भ, यूहन्ना १३ः३७–३८, १४ः५, ८, ९) ?
  • चेलाहरूले येशूसँग एकसाथ तीन वर्षको समयावधिलाई बिताएका भए तापनि, किन उनीहरूले आफ्नै तथा येशूका बारेमा त्यति थोरै मात्र जान्न सके ?

    १. येशूले चेलाहरूलाई चिन्तित नहोओ भनी भन्नुभयो रपनि त्यही रात उहाँ आपैm नै कष्टले व्याकुल हुनुभयो । ( अगुवाले मत्ती २६ः३७–३८ पढिदिनुहोस्) । विशेष गरी यस विषयलाई ध्यान दिँदा किन येशूको वचन र बोलीमा उहाँ फरक हुनुभयो ?
  • कुन कुरासँग येशू गेत्समनीमा डराउनुभयो ?

    खुशीको सन्देशः परमेश्वरको क्रोध तथा पापको ज्याला मृत्युबाहेक अन्य कुनै पनि कुराहरूसँग येशू डराउनुभएन । हाम्रो सट्टामा उहाँले नै यी सबै कुराहरूलाई आपैmमा लिनुभएको हुनाले, यहाँले यसरी हामीलाई भन्न सक्नुहुन्छः “तिमीहरू विचलित नहोओ । परमेश्वरमा भरोसा राख र मलाई विश्वास गर ।” यी शब्दहरू आज तपाईंको निम्ति येशूबाट दिइएको विशेष वचनहरू हुन सकोस् ।



























    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १८. साँचो दाखको बोट (यूहन्ना १५ः१–११)



    पृष्टभूमिः इस्राएल पहिला परमेश्वरको दाखको बोट भएको थियो । तर, कुनै पनि फल नफलाएको कारण उहाँ त्यसप्रति दुखित हुनुभएको थियो (यशैया ५ः१–७) । येशूले आपैmलाई साँचो बोट हुनुभएको र परमेश्वर उहाँमा पूर्ण रूपले सन्तुष्ट हुन सक्ने कुरा बताउनुभयो । हरेक वर्ष बोटबाट काम नलाग्ने हाँगाबिँगाहरूलाई काटेर फ्याँकिन्छ । अनि जतिधेरै त्यसरी छिवल्ने काम गरिन्छ, त्यति नै धेरै त्यो बलियो हुने गर्दछ ।

    १. येशू र दाखको बोटबीच के कस्ता कुराहरू समान छन् ? सम्भावित धेरैभन्दा धेरै त्यस्ता कुराहरूबारे विचार गर्नुहोस् ।
  • इसाईहरू तथा दाखको बोटको हाँगाहरूबीच के कस्ता कुराहरू समान छन् ?

    १. कस्ता इसाईहरूले प्रशस्त मात्रामा फल फलाउन सक्छन् होला ? आफ्नो राय दिनुहोस् ।
  • पहिलो चार पदहरूका प्रकाशमा, फल फलाउने प्रक्रियालाई ध्यान दिनुहोस् । यो प्रक्रियामा हाँगाहरू (हामी), बोट (येशू) र माली (परमेश्वर) बीच के कस्ता जिम्मेवारीहरू छन् ?
    १. पातहरू भनेका बोटका अति नै सुन्दर तथा आकर्षक भाग हुन् रपनि ती काटेर छाँटकाँट गर्नुपर्छ । तपाईंले आफ्नो जीवनमा “हुर्काउन” चाहनुभएका तर परमेश्वरले चाहिँ छिवल्नुभएका कतिपय कुराहरू के होलान ? (तपाईंले मनमनै उत्तर दिन सक्नुहुन्छ) ।

    २. किन पातहरू हाँगाहरूबाट झर्छन् होला, सोच्नुहोस् । (उदाहरणको लागि, जराबाट रसलाई हाँगाहरूसम्म जानलाई केसले रोक्छ ?)
  • के कस्ता कारणले गर्दा, इसाईहरू येशूबाट टाढा हुन्छन् ?
  • विशेष गरी के कस्ता कुराले तपाईंलाई पतनको जोखिममा पार्ने खतरा हुन्छ ? (तपाईंले आफ्नो मनमनै उत्तर दिन सक्नुहुन्छ) ।

    १. आफ्नो विश्वासलाई त्याग्ने मानिसहरूलाई के हुन्छ ? यससम्बन्धमा पद ६ ले के बुझाउँछ ?
    २. यो खण्डबाट तपाईंले फल फलाउन आवश्यक सम्भावित धेरैभन्दा धेरै परिस्थितिहरू पत्तो लगाउनुहोस् ।
  • यो खण्डमा “रहनु” भन्ने क्रियापद कतिपटक देखा परेको छ ?
  • फल फलाउनको लागि, एउटा चेला कहाँ “रहनु” पर्छ ?
  • कसरी येशूको वचन हामीमा रहन सक्छ (पद ७) ? (हामीमा येशूको वचन रहनुको विपरीत के हुन सक्छ ?)

    १. यदि एउटा अङ्गले अर्कोको अनुरोध नसुनेको खण्डमा, सम्बन्ध कस्तो हुन जान्छ भनी यसले देखाउँछ (पद १०) ?
  • यदि एउटा इसाईले ख्रीष्टको आज्ञालाई सुन्दैन भने उसलाई के हुन सक्छ भनी यसले देखाउँछ ?
  • यदि तपाईंले येशूको आज्ञालाई मानिरहनुभएको छैन भन्ने महसुस भयो भने, तपाईंले के गर्नुपर्छ होला ?
    १. कसरी हामी अरूको प्रेममा रहन सक्छौं (पद ९) ?
  • कसरी हामी येशूको प्रेममा रहन सक्छौं (पद ९) ?

    १. यस बाइबल अध्ययनबाट घरमा लिएर जानुपर्ने पद भनेको ९ पद हो । आफ्नो पिताले येशूलाई जतिधेरै प्रेम गर्नुभयो, त्यति नै धेरै येशूले तपाईंलाई प्रेम गर्नुभयो भन्नाले तपाईंले के बुझ्नुहुन्छ ?

    खुशीको सन्देशः हामीले जतिधेरै फल फलाउनुपर्ने हो, त्यति फलाएका छैनौं । हामीले फल नफलाएको कारण हाम्रो स्थानमा येशूले दण्ड भोग्नुभयो अनि उहाँले जतिको फल कसैले पनि फलाउन नसके तापनि, उहाँलाई “आगोमा फ्याँकियो र जलाइयो” (पद ६) ।















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    १९. दुःखचाहिँ खुशीमा परिणत हुनेछ (यूहन्ना १६ः२०–२४, ३२–३३)



    टिपोटः भोलिपल्ट आफ्नो मृत्यु हुने र त्यसले चेलाहरूमा कस्तो असर पार्ने थियो त भनी येशूले यहाँ चर्चा गर्छन् ।

    १. येशूको मृत्युमा किन संसारले आनन्द मनाउने थियो होला त (पद २०) ?

    २. प्रसव वेदनामा परिरहेकी स्त्रीको तस्विरद्वारा येशूले के बताउन चाहनुहुन्छ (पद २१) ?
  • कुनै नयाँ कुरा जन्मिँदा किन सधैँ नै पीड़ा हुने गर्छ ?
  • तपाईंले अनुभव गर्नुभएको पीडाद्वारा तपाईंको आफ्नै जीवनमा वा परिवारमा भएको कुनै प्रियजनको जीवनमा के कस्तो नयाँ कुराको जन्म भएको छ ?
  • पद २१ मा, सायद येशूले आफ्नै मृत्युको बारेमा बताइरहनुभएको छ । जन्मको मुस्कानद्वारा उहाँले त्यसबारे के बताउन चाहनुहुन्छ ?

    १. कसरी दुःख र आनन्द एकसाथ हुन सक्छन् (पद २२) ?
  • के कस्ता कुराहरूले हामीबाट आनन्द खोसेर लैजान सक्छ ?
    १. येशूका अनुसार, कस्तो शर्तमा प्रार्थनाको जवाफ दिइन्छ (पद २३,२४) ?
    येशूको नाउँ लिएर परमेश्वरसमक्ष चढाइने प्रार्थना र सामान्य प्रार्थनामा के अन्तर छ ?
    १. उहाँसँग हामीले जेसुकै मागे तापनि, परमेश्वर पिताले दिनुहुन्छ भनी येशूले भन्नुभयो (पद २३,२४) । उहाँले यहाँ के भन्न खोज्नुभएको छ ?
  • पद २३ र २४ मा भएको प्रतिज्ञाहरू तपाईंमा पनि लागू हुन्छ भनी के तपाईंले विश्वास गर्न सक्नुहुन्छ ? तपाईंले आफ्नो राय दिनुहोस् ।
  • इसाईको रूपमा, तपाईंको जीवनमा कुनचाहिँ प्रार्थनाको उत्तर एकदमै सुन्दर भएको महसुस गर्नुभएको छ ?
    १. पद ३३ अनुसार, यस संसारमा रहुँञ्जेलसम्म तपाईंले (इसाईले) समस्यालाई सामना गर्नुपर्छ भनी येशूले भन्नुभएको छ । “समस्या” भनेर येशूले के कस्ता कुरालाई सङ्केत गरिरहनुभएको छ ?
    १. हाम्रो सङ्कष्टको माझमा पनि येशूमा हामीले शान्ति पाउन सक्छौं भनी के भन्न खोजिएको होला ?
  • यदि एउटा इसाईले उसको जीवनमा आएको सङ्कष्टमा पनि परमेश्वरको नियन्त्रण छ भन्ने कुरा विश्वास गर्न सक्दैन भने, के सङ्कष्टको समयमा ऊ शान्तिमा रहन सक्ला र ? आफ्नो राय उल्लेख गर्नुहोस् ।


    १. येशूले यस संसारलाई जित्नुभएको छ भनेको के हो (पद ३३) ?
  • येशूले आज पद ३३ को वचन व्यक्तिगततौरमा तपाईंलाई भन्नुहुन्छ । तपाईंको वर्तमान परिस्थितिमा, उहाँको वचनले तपाईंलाई कस्तो अर्थ दिन्छ होला ?




























    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २०. येशूले उहाँका आफ्ना मानिसहरूका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७ः१३–२१)



    पृष्टभूमिः आफ्ना चेलाहरूका साथमा गरिएको येशूको यो प्रार्थना अन्तिम प्रार्थना हो । केही समयपश्चात् उनीहरूले तुरुन्तै आपूmलाई छोडेर जाने कुरा येशूलाई थाहा थियो । यो खण्डमा त्यो शब्द रहेको छ जुन यूहन्नाको सुसमाचारमा एकदमै सामान्य प्रकारले घरीघरी देखिन्छ । जस्तैः “संसार ।” यो सुसमाचारमा त्यो शब्द ५० पटक देखा परेको छ । अगुवाले यी खण्डहरू पढिदिन सक्छन् । जस्तैः यूहन्ना १ः९–११; ९ः५; १५–१८ र १६ः३३

    १. यदि तपाईं छिट्टै मर्नुहुनेछ भनेर थाहा पाउनुभयो, आफ्नो प्रियजनको निम्ति केको लागि प्रार्थना गरिदिनुहुनेछ होला ?
  • पृथ्वीमा आफ्नो अन्तिम साँझ बिताइरहनुहुँदा, येशूले चेलाहरूका लागि के कुरा मागिदिनुभयो ?
    १. सुरक्षा (पद ११, १२, १५)
  • तपाईं र तपाईंको प्रियजनलाई कुन कुराको निम्ति परमेश्वरले सुरक्षा प्रदान गरिदिनुभएको होओस् भनी चाहनुहुन्छ होला ?
  • आफ्ना जनहरूलाई कुन कुराको सुरक्षा दिने येशूले प्रतिज्ञा गर्नुभयो ? (किन येशूले आफ्ना चेलाहरूलाई सङ्कष्टबाट सुरक्षा दिनुहोओस् भनी येशूले प्रार्थना गर्नुभएन ?)
  • येशूले कुन माध्यमद्वारा हामीलाई सुरक्षा प्रदान गर्नुहुनेछ ?

    १. संसार (पद १३–१८)
  • उहाँको यस अन्तिम प्रार्थनामा येशूले संसारबारे के भन्नुहुन्छ ?
  • येशूका चेलाहरू र यस संसारबीच रहेको ठूलो भिन्नता भनेको के हो ?
  • किन संसारले इसाईहरूलाई घृणा गर्छन् (पद १४) ?
  • इसाईहरूको यस संसारसँगको सम्बन्धमा रहेका दुईओटा खतराहरू के होलान ? (किन येशूले आफ्ना मानिसहरूलाई संसारबाट एक्लो पार्न चाहनुहुन्न ? उदाहरणको लागि उनीहरूलाई मठ मन्दिरमा मात्र सीमित राख्न चाहनुहुन्न पद १८ ?
  • संसारसँगको तपाईंको आफ्नो सम्बन्धबारे सोच्नुहोस्ः के त्यो येशूले चाहनुभएअनुसार नै छ ?
  • यस सम्बन्धमा तपाईंले इसाई सङ्गतिलाई कसरी मूल्याङ्कन गर्नुहुनेछ होला ? के त्यससँगको सम्बन्ध, येशूले गर्नुभएको अन्तिम प्रार्थनामा भनेभैंm हुनेछ होला ?


    १. आनन्द (पद १३)
  • एउटा इसाईको पूर्ण मापन आनन्द कहाँबाट आउँछ होला ?
  • कसरी येशूले आफ्ना चेलाहरूलाई आनन्दि होओ भनी भन्नु सक्नुहुन्छ जबकि संसारले उनीहरूको घृणा गरिरहेको छ र सतावट दिइरहको छ ?
  • “आनन्द” भन्ने शब्दलाई परिभाषित गर्नुहोस् ।
  • यदि तपाईंको जीवनमा कुनै आनन्द छैन भने, त्यसको कारण के हुन सक्छ होला त?

    १. परमेश्वरको वचन (पद १४, १७, १९)
  • परमेश्वरको वचन बाइबल सत्य छ भनी भन्न सजिलो छ वा गा¥हो (पद १७) ? आफ्नो राय दिनुहोस् ।
  • वर्तमान समयमा मान्यजन छैन भनी यदि एउटा इसाईले बाइबलको कुनै खण्डलाई इन्कार गर्छ भने, के हुनेछ होला ?
  • सत्यले तिमीलाई शुद्ध पार्नेछ भनी येशूले भन्नुभयो (पद १७) । त्यसले के बुझाउँछ ?

    १. साराँश
  • “आत्मिक युद्ध” भन्ने जस्तो कुराबारे येशूको प्रार्थनाले के सिकाउँछ ? (यदि तपाईंले यो शब्दार्थलाई बुझ्नुहुन्न भने, यसलाई छोड्न सक्नुहुन्छ ।)
  • यो प्रार्थनामा भएको कुन कुराले तपाईंलाई अति नै स्पर्श गर्छ ?
  • खुशीको सन्देशः “हेर परमेश्वरको थुमा, जसले संसारको पाप उठाइ लैजानुहुन्छ ।” (यूहन्ना १ः२९) ।
  • “किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो” (यूहन्ना ३ः१६) ।







    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २१. येशूलाई पक्रियो (यूहन्ना १८ः१–१४)



    पृष्टभूमिः किद्रोन उपत्यका तथा गेतसमनी बगैँचालाई यरूशलेमको नक्शामा खोज्नुहोस् । अनि यहूदाको बारेमा यूहन्ना १२ः६ मा हेर्नुहोला । यो घटनाको केही दिनपश्चात्, यहूदाले आत्महत्या गरे । पक्रेर लानेहरूमा यहूदी मन्दिरका पहेरेदारहरू थिए भन्ने कुरालाई ध्यान दिनुहोला (पद ३) ।

    १. अघिल्लो तीन वर्षसम्म येशूको साथमा रहँदा यहूदालाई कस्तो भएको थियो होला, एकैछिन्, कल्पना गर्नुहोस् । उनले कस्तो किसिमको राम्रा राम्रा अनुभव बटुल्ने मौका पाएका थिए होलान ? उनका दुःखहरू के कस्ता थिए होलान ? उत्तरचाहिँ योभन्दा बाहिरको खण्डबाट आउँछ ।
  • के तपाईंलाई येशूले आफ्ना अन्य चेलाहरूलाई जतिको माया गर्नुहुन्थ्यो, त्यति नै यहूदालाई पनि गर्नुहुन्थ्यो भन्ने लाग्छ ? आफ्ना राय दिनुहोस् ।
  • के यहूदाले येशूको प्रेममा विश्वास गरे ? किन र किन गरेनन् ?
    १. किन येशूले यहूदालाई कोषाध्यक्ष बनाउनुभयो (यूहन्ना १२ः६) ?
  • किन पैसाको मोहको शक्ति मानिसमाथि प्रचूर मात्रामा रहेको छ ?
  • कस्तो परिस्थितिमा सायद तपाईंले येशू र आफ्नो इसाई विश्वासलाई इन्कार गर्नुहुने थियो होला ?

    १. किन येशूलाई दिनमा नपक्रेर रातमा पक्रियो ?
  • थुप्रै जैतुनका रुखहरूका माझमा, गेतसमनी बगैँचाको दृश्यलाई एकैछिन् कल्पना गर्नुहोस्ः अन्धकारामा खुट्टाहरूका आवाज र त्यसपछि आगोका मुस्लाहरू होहल्लाहरू भइरहेको समयमा, कसलाई डराएको देख्नुहुन्छ र कोचाहिँ सहासिक भएको (पद ३–६) ?

    १. अनि उहाँलाई पक्रिन चाहेका यी मानिसहरूका माझमा किन येशू आपैm नै प्रकट हुनुभयो (पद ४) ? “म उही हुँ,” भन्ने घोषणाद्वारा येशूले परमेश्वरको नाउँ घोषणा गर्नुभयो (“यहोवा” = म जो म हुँ) । अनि उहाँको त्यो कुरालाई सुनेर किन उहाँलाई पक्रिन आएका मानिसहरू भूईंमा लोटे (पद ६) ?
    १. आपूm पक्राउ पर्दा, येशूको सबैभन्दा ठूलो चिन्ता के थियो ?
  • पद ८–९ ले “महिमित साटफेर”ः येशूले पापीको स्थानलाई लिनुभयो र परमेश्वरको क्रोधबाट उनीहरूलाई उम्किने मौका दिनुभयो । येशू प्रभुले तपाईं तथा तपाईंको आफ्नो प्रियजनहरूलाई हेर्दै पद ८ को वचन शैतानलाई बताउँदै गरेको एकैछिन् कल्पना गर्नुहोस् । त्यसरी पढिँदा, ती वचनहरूको अर्थ तपाईंले के पाउनुहुन्छ ?


    १. पत्रुसले आफ्नो तरवारले हिर्काए (पद १०) । किन ?
  • येशूले खाल्खसको काटिएको कानलाई जस्ताको त्यस्तै बनाइदिनुभयो र उहाँको त्यो अन्तिम अच्चमको काम थियो भनी सुसमाचारका अन्य पुस्तकहरूले बताउँछन् । उहाँले किन त्यो निको पार्नुभयो ?
  • उक्त रातको घटनाबारे माल्खसले आफ्नो परिवारलाई के बताए होलान ?

    १. केही समय अघि मात्र सङ्कष्टको कचौरा हटाइदिनुहोस् भनी तीनपटकसम्म आफ्नो पितासँग अनुरोध गर्नुभएको थियो । किन अहिले उहाँले त्यसलाई स्वतन्त्र र सहज प्रकारले स्वीकार गर्नुहुन्छ ?
  • येशूमाथि यो सङ्कष्ट कोद्वारा आयो (पद ११) ?
  • येशूले पद ११ मा भन्नुभएभैm गरी के तपाईंले पनि आफ्नो सङ्कष्टबारे भन्न सक्नुहुन्छ होला ?
  • शैतानबाट, खराब मानिसहरूबाट वा स्वर्गीय पिताबाट आएको सङ्कष्टबारे के भिन्नता रहेको छ ?

    खुशीको सन्देशः पद ११ मा भएको कचौरामा, यस संसारको सबै पापहरू तथा नराम्रा कुराहरू (हिजोआज पत्रिका देखिने सम्पूर्ण त्रूmरताहरू) (सन्दर्भ, प्रकाश १७ः४) । यस कचौरालाई पिउने क्रममा, येशूले सम्पूर्ण नराम्रा कुराहरू आपैmमा खन्याउनुभएभैंm देखिन्थ्यो । तसर्थ, उहाँ आपैm नै त्यसको एउटा अंश भएभैंm देखिन्थ्यो । त्यसैकारणले, तपाईं लगायत यस पृथ्वीका सबै पापीहरूका सट्टामा येशू मर्नुभयो ।













    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २२. यो समाप्त भयो (यूहन्ना १९ः२५–३०)



    पृष्टभूमिः त्रूmसिकरण भनेको मानिसलाई सतावट दिने सायद पत्तो लगाइएको सबैभन्दा त्रूmर तरीका थियो । त्रूmसमा चढाइएको व्यक्तिले बोल्न खोज्दा, कुन कुराले गर्दा उसलाई अति नै पीडा हुने गर्छ ? के सास लिँदा काँटी ठोकिएको खुट्टामा बढी भार पार्न जाने हुनाले हो ? त्रूmसमा चढ्नुहुँदा येशू वास्तवमा नरकमा भएसरह हुनुभयो किनकि उहाँको पिताले उहाँलाई त्यागिदिनुभएको थियो । अनि येशूले प्रेम गर्नुभएको चेला वास्तवमा अरू कोही नभएर, यूहन्ना नै थि (पद २६) ।

    १. पद २५–२७
  • किन येशू त्रूmसमा चढ्नुहुँदा उहाँका अघि उभिएका अधिकाँश साथीहरू केवल महिलाहरू मात्र थिए ? (के सङ्कष्टको दृश्यलाई प्रत्यक्षसँग हेर्ने क्रममा, पुरुष र स्त्रीबीच भिन्नता हुने हुनाले हो ?)
  • येशूको आमा मरियम किन आफ्नो छोरालाई त्रूmसमा टाँगिरहेको दृश्य हेर्नबाट हट्न सकिनन् ?
  • त्यो परिस्थितिमा, मरियमको लागि सबैभन्दा कठिन कुरो के भएको थियो होला ?
  • त्यो परिस्थितिमा, मरिमयले अच्चमको कामको अपेक्षा गरेकी थिइन् कि आफ्नो छोरा छिटोभन्दा छिटो मरोस् भन्ने ? आफ्नो राय दिनुहोस् ।
  • येशूले त्यस्तो सङ्कष्टलाई भोगिरहनुभएको देख्दा, के मरियमले अभैm पनि उहाँ परमेश्वरको पुत्र नै हुनुहुन्थ्यो भन्ने ठानिरहेकी थिइन् होला र ? आफ्नो राय दिनुहोस् ।
  • आफ्नो पुत्रको मुखबाट निस्किएको अन्तिम शब्दलाई मरियमले कसरी बुझिन् ? आफ्नो आमालाई केही पनि नबताइकनै येशू मर्नुभएको परिस्थितिलाई एकैछिन् कल्पना गर्नुहोस् ।
  • किन येशूले आफ्नो आमाको हेरविचार गर्ने जिम्मा यूहन्नालाई मात्र दिनुभयो ? (यदि येशूको मरणपछि आफ्ना बाँकी रहेका चारजना छोराहरूतिर मरियम फर्केकी भए, के हुने थियो होला ? वास्तवमा, उनीहरू विश्वासी थिएनन्) ।
  • आफ्नो अभिभावकहरूसँगको तपाईंको सम्बन्धबारे यो कथाद्वारा येशूले के देखाउन चाहनुहुन्छ ?

    १. पद २८–२९
  • त्रूmसमा चढाइएको व्यक्तिहरू अति नै तिर्खाउने विभिन्न कारणहरू के होलान ? सोच्नुहोस् ।
  • त्रूmसमा चढाइनुहुँदा, पानीबाहेक अरू कुन कुराको लागि येशू तिर्खाउनुभयो ?
  • भीडको अघि येशूले एकपटक यसरी भन्नुभयो, “यदि कोही तिर्खाउँछ भने, मकहाँ आओस् र जीवनको पानी पिओस् (यूहन्ना ७ः३७) ।” किन येशू आपूm जीवित पानीको मुहान हुनुभए तापनि, अहिले तिर्खाउनुभयो ?


    १. पद ३०
  • अगुवाले मत्ती ३ः१५ पढिदिनुहोस्— बप्तिस्मा लिने बित्तिकै येशूले बोल्नुभएको वचन । अनि त्यसलाई पद ३० सँग तुलना गर्नुहोस् ।
  • के येशूले तपाईंको लागि सबै धार्मिकताहरू (परमेश्वरको सबै आज्ञाहरू) पूरा गरिदिनुभएको छ भनी के तपाईंले विश्वास गर्नुहुन्छ ?
  • “येशू मर्नुभयो” र “उहाँले आफ्नो प्राण त्यागिदिनुभयो” भन्ने दुई अभिव्यक्तिमा के भिन्नता रहेको छ ?
  • येशूको मृत्युशैया र तपाईंले देखिरहनुभएको कुनै व्यक्तिको मृत्युशैयाबीच तुलना गर्नुहोस् । (किन येशू अरूका तुलनामा विशेष हुनुहुन्थ्यो ?)





















    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २३. रित्तो चिहानभन्दा बाहिर (यूहन्ना २०ः११–१८)



    पृष्टभूमिः अगुवाले लूका ८ः१–३ पढिदिनुहोस्, जसमा मरियम मग्दलिनीको विगतबारे लेखिएको छ । चेलाहरूका विपरीत मरियम, येशूको त्रूmसको छेऊमा उभिएकी थिइन् भने, येशूलाई चिहानमा राख्ने क्रममा पनि थिइन् (मत्ती २७ः६१) । “गुरुज्यू” (पद १६) भन्ने शब्द सुसमचारहरूमा केवल दुई पटक मात्र देखा परेका छन् । यसको अर्थ “शिक्षक” भन्दा पनि गहन रहेको छ ।

    १. सातओटा दुष्टात्माहरूद्वारा ग्रसित हुँदा मरियमको जीवन कस्तो भएको थियो होला ? (प्रत्येक दिन कसरी बित्दथ्यो होला ? अरूसँगको सम्बन्ध कस्तो भएको थियो होला ? अनि दुष्टात्माले मुर्छा पार्दा कस्तो हुन्थ्यो होला ?)
  • अनि येशूसँग रहेर विभिन्न ठाउँभरि यात्रा गर्ने ती दिनहरूमा उनको जीवन कस्तो भएको थियो होला ?
  • येशूलाई मरिमयले कस्तो प्रकारले प्रेम गर्थिन् होला ? उहाँलाई सम्बोधन गर्न तिनले प्रयोग गरेका शब्दार्थहरूलाई हेर्नुहोस् (पद १३, १६, १८) ।

    १. येशूलाई त्रूmसमा चढाइएको त्यो कहालिलाग्दो अन्त्य तथा चिहानमा राखिएको दृश्यलाई समेत प्रत्यक्ष प्रकारले मरियमले देखेकी थिइन् । त्यसले हामीलाई के बुझाउँछ ?
  • येशू मरिसक्नुभएपछि, उक्त दुई रात र एकदिन मरिमयले कसरी बिताइन् होला ?

    १. रित्तो भए तापनि, किन मरियमले त्यो चिहानलाई छोडेर जान चाहिँनन् (पद ११) ?
  • येशूको मृत्त शरीरलाई देख्न तथा स्पर्श गर्न नपाउँदा किन मरियम अत्तालिन पुगिन् ?

    १. चिहानमा दुई स्वर्गदूतहरूलाई देख्दा किन मरियम चकित भइनन् ? विभिन्न कारणहरूबारे सोच्नुहोस् (पद १२–१३) ।

    २. येशूलाई पुनः देख्दा र उहाँसँग कुरा गर्दा किन मरिमयले उहाँलाई चिनिनन् ? विभिन्न कारणहरूबारे सोच्नुहोस् (पद १४) ।
  • तपाईंको वेदनामा येशू तपाईंको नजीकै हुनु भए तापनि, के तपाईंले उहाँलाई चिन्न नसकेको कुनै घटना तपाईंको जीवनमा घटेको छ ? यदि छ भने, कस्तो परिस्थितिमा त्यो भएको थियो ?



    १. स्वर्गदूत र येशूले मरियम रोइरहेको कारण थाहा पाए तापनि, किन तिनलाई सोधे ?
  • तपाईं रुनुभएको कारण उहाँलाई अघिबाटै थाहा भइसके तापनि, किन तपाईंले त्यो बताओस् भन्ने येशूले चाहनुहुन्छ ?
  • मरियमको आँसु व्यर्थमा गएको थियो होला र ? आफ्नो राय दिनुहोस् ।
  • हाम्रा आँसुहरू व्यर्थमा छन् कि छैनन् भनी कसरी हामीले जान्न सक्छौं ?

    १. अन्तिममा, कुन कुराले गर्दा मरियमले येशूलाई चिनिन् (पद १५–१६) ?
    २. किन येशूले त्यसरी मरियमलाई भावनामा पार्नबाट रोक्न चाहनुभएन (पद १७) ?
  • येशू एउटा मान्छेको रूपमा, उहाँले त्यस परिस्थितिमा देखाउनुभएको उहाँको व्यवहारबाट हामीले के सिक्छौं ?
    १. ती दिनहरूमा, महिलाहरूलाई कानूनी साक्षीका रुपमा स्वीकार गरिँदैनथ्यो । तर, येशूले पुनरुत्थानपछि आपूmलाई पहिलो पटक स्त्रीको अघि प्रकट गर्नुभयो । किन होला ?
  • समाजको अनावश्यक नीतिनियमद्वारा येशू कहिल्यै पनि बाँधिनुभएन । जस्तैः अन्धो राष्ट्रभक्त तथा विश्राम दिनसम्बन्धी कठोर नियमहरू आदि । तरपनि, उहाँले यहूदापछि मरियमलाई बाह्रौं चेलाको रुपमा चुन्नुभएन । किन होला ?

    १. पुनरुत्थानले कसरी मरियमको बाँकी जीवनलाई अच्चम प्रकारले परिवर्तन गरिदियो ?
  • तपाईंको जीवनभरि नै येशूको पुनरुत्थानले कस्तो आशा ल्याउँदछ ?












    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २४. नदेखेसम्म विश्वास नगर्ने (यूहन्ना २०ः१९–२९)



    पृष्टभूमिः थोमाको वचनलाई नयाँ नियममा केवल तीनपटकसम्म मात्र अभिलेखमा राखिएको छ । अगुवाले यूहन्ना ११ः७–८, १६ र १४ः५–६ पढिदिनुहोस् ।

    १. थोमाको जीवनमा देख्न सकिने राम्रा गुणहरू के के थिए ? खराब के के थिए ?
  • किन येशूले यस्तो व्यक्तिलाई उहाँको आफ्नो एउटा चेलाको रुपमा छान्नुभयो होला ?
  • ईष्टर सण्डेको उक्त साँझ किन अन्य चेलाहरूका साथमा थोमा त्यहाँ थिएनन् ? विभिन्न कारणहरूबारे सोच्नुहोस् ।

    १. कतिपय चेलाहरूले रित्तो चिहान देखेका थिए र त्यहाँ भएका कात्रो तथा मरियम मग्दलिनीको गवाहीलाई पनि सुनेका थिए । के ती कुराहरूलाई देख्दा उनीहरूले येशू पुनरुत्थान हुनुभयो भन्ने कुरा विश्वास गरेका थिए भन्न खोजिएको हो ?

    २. तीनओटा कुराहरूले उहाँको पुनरुत्थान भएको प्रमाण दिए तापनि, किन थोमाले विश्वास गरेनन् ? जस्तैः पुरानो नियमको अगमवाणीहरू, येशू स्वयम्ले गर्नुभएको पूर्ववाणी तथा आफ्ना घनिष्ट १० साथीहरूका गवाही (पद २५) ।
  • कुनचाहिँ कुरा तपाईंले सजिलै बुभ्mनुहुन्छः सबै प्रमाणहरूका कारण थोमाले पुनरुत्थानमा विश्वास गर्ने थिए भनेर वा अभैm पनि गर्न सक्ने थिएनन् भनेर ?

    १. तपाईंको लागि पनि कुन कुरा नदेखिकन विश्वास गर्न कठिन हुन्छ ? (मनमनै जवाफ दिन सक्नुहुन्छ) ।
    २. पुनरुत्थान र त्यसपछिको एक हप्ताभरि नै थोमाबाहेक अन्य सबै चेलाहरू आनन्दले खुशी थिए । तपाईंको विचारमा, त्यो हप्ताभरि नै उनले कस्तो प्रकारले सोचे होलान ?
  • किन थोमाले आफ्नै विचारअनुसार हिँड्नुको सट्टामा, आफ्ना साथीहरूको सङ्गतमा नै रहिरहन मन पराए होलान ?
  • यदि थोमाले त्यतिबेला आफ्ना साथीहरूको सङ्गतलाई छोडेर अन्यत्र लागेका भए, के हुने थियो होला ?
  • इसाई विश्वासको सत्यताप्रति शंका उत्पन्न हुँदा, यदि हामीले पनि इसाई सङ्गतिलाई छोडेर गयौं भने, के हुनेछ होला ?

    १. अनि एक हप्तापछि आफ्नै शब्दहरूलाई पुनरुत्थान हुनुभएको येशूको मुखबाट सुन्दा, तिनले कस्तो महसुस गरे होलान (पद २७) ?
  • येशूको हातमा भएको खतहरूमा के थोमाले साँच्चिनै आफ्नो हातले स्पर्श गरेका थिए होलान ? आफ्नो राय दिनुहोस् ।
  • त्यो घटनाद्वारा, थोमाले येशूको त्रूmसबारे कस्ता नयाँ कुरा सिके होलान ?

    १. येशू परमेश्वरको पुत्र मात्र नभई, स्वयम् परमेश्वर नै हुनुहुन्छ भनी घोषणा गर्ने नयाँ नियमको पहिलो व्यक्ति भनेका थोमा थिए (पद २८) । येशू नै परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नु किन त्यतिको महत्वपूर्ण छ होला त ?
  • के थोमाले भैंm तपाईंले पनि त्यसरी नै स्वीकार गर्न सक्नुहुन्छ ?

    १. पद २९ ले आज तपाईंलाई व्यक्तिगततौरमा के बताउँछ ?
  • किन हामीले देख्नुभन्दा र महसुस गर्नुभन्दा पहिले नै येशूको कृपा र दयामा विश्वास गर्नुपर्दछ ?

    १. उहाँमा विश्वास गर्न चाहने तथा र नसकिरहेको कुनै व्यक्तिलाई येशूले कस्तो व्यवहार गर्नुहुन्छ भनी यो पदले बताउँछ ?
  • शंकाहरूसँग सङ्घर्ष गरिरहेको विश्वास र कहिल्यै पनि त्यस्ता कुराहरूसँग सङ्घर्ष गर्न नपरेको विश्वासबीच के भिन्नता रहेको छ ?

    खुशीको सन्देशः येशू त्रूmसमा चढ्नुहुँदा, उहाँले नदेखिकनै विश्वास गर्नुभयो । त्यतिबेला उहाँले केवल परमेश्वरको क्रोधलाई मात्र अनुभव गर्न सक्नुभएको थियो, रपनि उहाँले परमेश्वरलाई आफ्नो परमेश्वर भनी भन्नुभयो (मत्ती २७ः४६) । थोमाजस्ता शंकास्पद व्यक्तिहरू सबैका निम्ति त्यसरी नै येशूले कष्ट भोग्नुभयो र त्यसरी आज पनि त्यस्ता व्यक्तिहरूलाई उहाँले मद्दत गर्न सक्नुहुन्छ ।







    ***


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २५. के तिमी मलाई प्रेम गर्छौं ? (यूहन्ना २१ः१५–१९)



    पृष्टभूमिः पत्रुसले अहिले येशूलाई प्रेम गरेको कुरा जतिपटक स्वीकार गर्छन्, त्यति नै पटक उनले येशूलाई इन्कार पनि गरेका थिए (मत्ती २६ः३३) ।

    १. तपाईंले आफ्नो साथीलाई छल गरेको कुरा कल्पना गर्नुहोस् । जब तपाईंले फेरि उसलाई भेट्नुभयो, उसले अचानक तपाईंलाई यसरी सोध्छन्, “के तिमी मलाई अरूले भन्दा बढी माया गर्छौं ?” कस्तो विचारले उसले तपाईंसँग यो प्रश्न सोध्यो होला ?
  • किन येशूले आपूmलाई पत्रुसले अरूलाई भन्दा धेरै माया गरेका छन् कि छैनन् भनी सोध्नुभयो (पद १५) ?
    १. सुरुको ग्रीकमा, येशूले प्रश्न सोध्दाखेरि प्रयोग गर्नुभएको क्रियापदभन्दा पत्रुसले जवाफ दिने क्रममा, फरक क्रियापद प्रयोग गरेका थिए । (येशूः के तिमीले साँच्चिनै मलाई प्रेम गर्छौं ? पत्रुसः गर्छु, प्रभु म तपाईंको मित्र हुँ ।) किन पत्रुसले क्रियापदलाई परिवर्तन गरे (पद १५–१६) ?
  • अनि तेस्रो पटक प्रश्न गर्ने क्रममा, पत्रुसले प्रयोग गरेका क्रियापदलाई नै येशूले प्रयोग गर्नुभयो । (के तिमी मेरो साथी हौं ?) किन उहाँले त्यसरी सोध्नुभयो (पद १७) ?
    १. यसरी तेस्रो पटकसम्म सोध्दा, पत्रुस दुखित हुन्छन् । किन ? सम्भाव्य कारणहरू उल्लेख गर्नुहोस् ।
  • यसरी येशूलाई तीनपटकसम्म इन्कार गर्नुभन्दा पहिले, आपूmले येशूलाई प्रेम गर्ने कुरामा पत्रुस १०० प्रतिशत निश्चित थिए । के त्यतिबेला पत्रुसको प्रेम साँचो थियो होला ? आफ्नो राय दिनुहोस् ।
  • अब येशूलाई पत्रुसले प्रेम गर्न सक्ने कारण के थियो ?
    १. येशूले तपाईंलाई पनि आज त्यसरी नै सोध्नुहुन्छः “के तिमी मलाई प्रेम गर्छौं ?” यो प्रश्नको जवाफ दिन तपाईंलाई सजिलो पर्छ कि कठिन ? किन ?
    २. अन्य चेलाहरूसमेत भएको बेलामा, सार्वजनिक रुपले किन येशूले यो प्रश्न सोध्नुभयो ?
  • किन येशूले पत्रुसलाई तीनपटकसम्म प्रश्न सोध्नुभयो ?
  • यदि पत्रुससँग कुराकानी नभएको भए, पत्रुसको भविष्य सायद कस्तो प्रकारले उघ्रिने थियो होला ?

    १. भेडाहरूको हेरचाह गर्दै तिनीहरूलाई खुवाउने काम इसाई मण्डलीको हो । त्यसले व्यवहारिकतौरमा के बुझाउँछ ।
  • त्यतिबेलादेखि, उक्त घटनाले पत्रुसको प्रचारमा कस्तो प्रभाव पा¥यो होला ?
  • वास्तवमा येशूलाई प्रेम नगर्ने इसाई सङ्गतिको एउटा “गोठालो” लाई सम्झिनुहोस् । कसरी उसले आफ्नो सेवकाइलाई निरन्तरता दिन सक्छ होला ?
  • यो खण्डअनुसार, कस्ता मानिसहरूलाई येशूले उहाँको काम सुम्पिदिनुहुन्छ होला ?
    १. मारिने डरले एक महिना अघि मात्र पत्रुसले येशूलाई इन्कार गरेका थिए । पद १८ र १९ मा पत्रुसलाई शहीद बनाइने कुरा येशूले अगमवाणी गर्नुहुन्छ । त्यो कुरा प्रकट गरिँदा पत्रुसलाई कस्तो भयो होला र त्यसले उसको बाँकी रहेको जीवनलाई कस्तो प्रभाव पा¥यो होला ?
  • किन पत्रुस अब मृत्युदेखि डराएका थिएनन् ?
  • तपार्इंले परमेश्वरको महिमा जीवनद्वारा मात्र नभई, मरणद्वारा पनि गर्नुहुनेछ भनेर थाहा पाउनुभयो भने, त्यसलाई तपाईंले कसरी लिनुहुनेछ होला (पद १९) ?

    १. पत्रुसले भैंm सायद तपाईंले पनि येशूलाई इन्कार गर्नुभयो होला । यदि त्यसो गर्नुभएको छ भने, आज तपाईंलाई पनि पत्रुसलाई भैंm येशूले यसरी भन्नुहुन्छ “मलाई पछ्याऊ !” कसरी तपाईंले उहाँलाई जवाफ दिनुहुनेछ होला ?


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com