GTBS for Teenagers

Note: In the fourth column are the rankings of the questions. The easiest ones are marked with one *, fairly easy ones with ** and somewhat difficult ones with ***.

1. १. येशूले एक निराश बिरामीलाई भेट्नुहुन्छ । मर्कूस २:१–१२
2. २. येशूले कर कार्यालयका अधिकृतलाई भेट्नुहुन्छ लूका १९:१–१०
3. ३. येशूले एक वेश्यालाई भेट्नुहुन्छ । लूका ७:३६–५०
4. ४. येशूले एक सम्पन्न राजनीतिज्ञलाई भेट्नुहुन्छ । मर्कुस १०:१७–२७
5. ५. येशूको शिक्षा : उडन्ता पुत्र लूका १५: ११–२४
6. ६ येशूको वृहत शिक्षा: अर्को उडन्ता पुत्र लूका १५:२५–३२
7. ७. येशुको शिक्षा : मेरो छिमेकी को हो ? लूका १०:२५–३७
8. ८. येशूले दुई अपराधीहरूलाई भेट्नुहुन्छ । लूका २३: ३३–४३
9. शंका गर्ने चेलालाई भेट गर्नुहुन्छ । यूहन्ना २०:१९–२९

Print all lessons

© 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com


१. येशूले एक निराश बिरामीलाई भेट्नुहुन्छ । मर्कूस २:१–१२




पृष्ठभूमी जानकारी : येशूको समयमा घरका छतहरू चुन ढुङ्गाको या टायल्सको हुने गर्दथ्यो र त्यो
समतल हुने गर्दथ्यो । घर बाहिर छतमा उक्लने भन्याङ्ग थियो । साधारण तवरले उक्त अधवैँशे व्यक्तिलाई मानसिक रक्तश्रावका कारण पक्षघात भएको थियो । उक्त पक्षघाती व्यक्ति हिँड्डुल गर्न
र बोल्न पनि सक्तैनथ्यो । येशूले आफैलाई मानिसको पुत्र भन्ने नाउँ दिनुभयो ।
१. यदि कोही मानिस हिँड्डुल गर्न, बोल्न समेत सक्तैन र ओछ््यानमा मात्र लडिरहन्छ भने के ऊ खुशी हुन सक्छ ?
  • यस व्यक्तिलाई दैनिक जीवनमा कस्तो प्रकारको हेरचाहको आवश्यकता पर्दछ होला ?
  • यस व्यक्तिलाई दैनिक रूपमा हेरचाह गर्ने व्यक्तिको जीवन कस्तो होला? कल्पना गर्नुहोस् ।
    २. त्यस समयमा यहूदीहरू सबैले परमेश्वरमा विश्वास गर्दथे । पक्षघातपछि, परमेश्वरप्रतिको उसको विश्वास र सोचमा कस्तो भयो होला ?
    ३. यस व्यक्तिको चेतनामा नै पाप भएको कुरा हामीले पद ५ मा देख्छौं । यदि कुनै एउटा व्यक्ति हिँड्डुल गर्न या बोल्न पनि सक्तैन भने उसले कस्तो किसिमको पापमा सहभागी हुन सक्छ होला र ?

  • तपाईँको राय के छ ? के कुनै पनि कष्ट या बिरामीले हामीलाई अझ असल मानव हुने मौका प्रदान गर्छ वा झन खराब ?
    ४. एउटा पक्षघाती बिमारीलाई ओढ्नेमा राखेर सहरबाट लैजान किन कठिन हुन्छ ?
  • किन अन्य मानिसहरूले उक्त पक्षघाती मानिसलाई येशूकहाँ पुन्याउन सहायता गरेनन् ?
  • किन चारजना मित्रहरूले भीड देखेर अब भित्र जान सकिन्न भन्ने अनुमान लगाई घर फर्केनन् ?
    ५. यी चार जना मित्रहरूसँग पक्षघाती व्यक्तिको के साईनो पथ्र्यो होला ? विभिन्न सम्भावनाहरूको बारेमा सोच्नुहोस् र (पद ३)
  • पक्षघाती व्यक्तिलाई छतमा लैजाँदा के–के होशियारीहरू अपनाउनुपर्दथ्यो होला ? (घरको बारेमा पृष्ठभूमी जानकारी हेर्नुहोस्)
  • घरको छत भत्काउनको निम्ति के–के औजारहरूको आवश्यकता पर्दथ्यो ? ती चार जना मानिसहरूले ती औजारहरू कहाँबाट ल्याए ?

  • ६. चारजना व्यक्तिहरूले आफ्नो साथीलाई निको हुन्छ होला भन्ने ठानेर येशूकहाँ ल्याएका थिए । तर येशूले भने उक्त व्यक्तिलाई क्षमा गर्नुभयो, किन ?
  • येशूले यसप्रकार किन काम गर्नुभयो ? पहिला पापको क्षमा त्यसपश्चात् रोगबाट चङ्गाई ।
  • पक्षघात लागेको व्यक्तिलाई उसले विगतमा गरेका सबै गलत कार्यहरूका निम्ति क्षमा दिनुको के अर्थ लाग्छ ?
    ७. कल्पना गर्नुहोस कि तपाईँ येशूकहाँ गएर आफ्नो सबैभन्दा ठूलो समस्याको समाधान माग्दै हुनुहुन्छ । यदि उहाँले तपाईँलाई यस्तो प्रतिक्रिया दिनुभयो भने “मेरो छोरा/छोरी तिम्रो पापहरू क्षमा गरिएका छन्” तपाईँले खुशी या दुखी कस्तो अनुभव गर्नुहुनेछ ।
  • यदि तपाईँले छान्न पाउनुभयो भने, असल विवेक, वुद्धि, समझशक्ति या आफ्नो
    समस्याको समाधानमध्ये कुन रोज्नुहुन्थ्यो ?
  • अन्तमा, जब आफू स्वर्ग जान पाउने कुरा थाहा पायो तब पक्षघाती व्यक्तिको आफ्नो
    रोगप्रतिको धारणा कस्तो भयो होला ?
    ८. ५ पदमा येशूले पक्षघाती मानिसको विश्वासको बारेमा कुरा गर्नुभएको छैन , तर उसका
    साथीहरूको बारेमा कुरा गर्नुभएको छ । साँच्चै नै ती मानिसहरूले येशूलाई भेट्नुअघि उनीहरूमा कत्ति पनि विश्वास थिएन । त्यस व्यक्तिले कहिलेदेखि येशूलाई विश्वास गर्न थाल्यो ? बाइबलको पद व्याख्या गर्नुहोस् ।
  • किन व्यवस्थाका शिक्षकहरूले, येशूले मानिसहरूका पापहरूक्षमा गर्न सक्नुहुनेछ भन्ने विश्वास गरेका थिएनन् ? (पद ७–८)
    ९. येशूले पद ९ मा सोच्नुभएको प्रश्नहरूको उत्तर लेख्नुहोस ।
  • उक्त व्यक्तिलाई निको पार्न येशूले के गर्नुपन्यो ? उसको पाप क्षमा गर्नका निमित्त येशुलाई के गर्नुपन्यो ?
  • यदि तपाईँ पद १०–१२ सम्म व्याख्या गरिए अनुसारको घटनाको प्रत्यक्षदर्शी हुनुभएको भए येशूको बारेमा तपाईँको सोच कस्तो हुन्थ्यो होला ?
    १०. असल समाचारका प्रश्नावलीहरू: यदि तपाईँको हृदयले तपाईँले गरेका गलत कार्यका खातिर आफैलाई दोषी ठहन्याईरहेको छ भने येशूले यसो भन्दै हुनुहुन्छ सुन्नुहोस : “मेरो छोरा/छोरी, तिम्रो पापहरू क्षमा भएका छन ।” आफूले गरेका प्रतिज्ञाका कारण येशूलाई त्रूmसमा मर्नुपन्यो । आज तपाईँको निम्ति उहाँको प्रतिज्ञाको अर्थ के हुन सक्छ ? (तपाईँले आफ्नै मनमा उत्तर दिन सक्नुहुनेछ ।)
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा, तपाईँले कुनचाहिँ महत्वपूर्ण कुरा सिक्नुभयो ?


  • © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    २. येशूले कर कार्यालयका अधिकृतलाई भेट्नुहुन्छ लूका १९:१–१०


    (यी प्रश्नहरूलाई कुनै पनि स्थानीय भाषा बोल्ने मानिसले ध्यान दिएका छैनन् ।)


    पृष्ठभूमि जानकारी : येशूको समयमा महशुल उठाउने व्यक्तिहरूलाई भ्रष्ट व्यक्तिहरूका रूपमा चिनिन्थ्यो । सर्वप्रथम त उनीहरू बहालवाला रोमी आधिकारीहरूको चाकरी गर्दथे भने, दोस्रोचाहिँ उनीहरूले देशवासीहरूबाट उठाएका करहरू आ–आफ्ना खल्तिमा भर्दथे जसका कारण उनीहरू धेरै धनी गर्दथे । जकै आफ्नै सहरमा यिनै कुराहरूले गर्दा कतिको अलोकप्रिय भएका थिए भन्ने कुरा हामी पद ७ मा हेर्न पाउँछौं । हाम्रो जानकारीअनुसार, येशू केवल यरीहोमा यतिबेला मात्र आउनुभएको थियो र यो घटना उहाँको मृत्यु हुनुभन्दा एक हप्ता अघि मात्र घटेको थियो । त्यतिबेलासम्म उहाँले आफ्नो सार्वजनिक सेवकाइ गरेको करिब तीन वर्ष भइसकेको थियो र उहाँले एक कर उठाउनेलाई पनि आफ्नो चेला बनाउनुभएको थियो भन्ने कुरा सबैले जानिसकेका थिए ।
    १. यदि एउटा व्यक्तिलाई चोर वा ठगाहको रूपमा हेरिन्छ भने, के त्यस व्यक्ति आफैमा ऊ कहिल्यै खुशी हुन सक्छ ?
  • सधैं नै अन्य मानिसहरूभन्दा आफूचाहिँ होचो भएको कारण, जकैलाई कस्तो मानसिक असर पर्न सक्दथ्यो होला ?
  • जवानी अवस्थाको कुनै पनि घेराऊबाट हामी कसरी बँच्न सक्छौं ?
    २. तपाईंको विचारमा, किन जकै कर उठाउने अधिकारी बने होलान ? विभिन्न सम्भावित कारणहरूबारे सोच्नुहोस् ।
  • एउटा गरीब परिवारबाट करस्वरूप उनीहरूसँग रहेका एउटै मात्र भेडा वा सिक्का पनि लिने करअधिकारीहरूले कसरी उनीहरूका आफ्ना आचरणलाई स्पष्टीकरण दिन सक्छन् होला ?
  • त्यस्ता परिस्थितिहरूमा एउटा ठूलो सहरमा भएको कर कार्यालयको प्रमुख अधिकारीको
    रूपमा आउने व्यक्तिबाट के कुराको माग गरिन्थ्यो होला ? (एउटा दयालु हृदय भएको व्यक्ति सजिलै त्यति ठूलो ओहदामा आउन सक्दथ्यो होला र ? आफ्ना राय दिनुहोस्) ।
    ३. आफूलाई यरीहोका सबै मानिसहरूले तिरस्कार गरेको देख्दा, जकैलाई कस्तो लाग्यो होला ? (पद ७)
  • सामान्यतया, एक अधिकृत बन्नका लागि केही समय लाग्दछ । यदि जकैको उमेर ५० ( लगभग) भएको थियो भने, उनका हुर्किसकेका सन्तानहरू थिए होलान । तिनीहरूले आफ्ना बाबाको कामप्रति कस्तो विचार राख्दथे थिए होलान ?
  • सामान्यतया मानिसहरू जब ५० वर्षको पुग्छन्, तब उनीहरूले आफ्ना जीवनको लक्ष्य तथा मान्यताहरूबारे पुन: चिन्तन गर्छन् । तपाईंको विचारमा, यतिबेला जकैले आफ्नो बाँकी रहेको जीवनबाट के चाहन्थे होलान ?

  • ४. सामान्यतया, कर उठाउनेहरूले धर्मकर्म गर्ने मानिसहरूसँग कुनै पनि सरोकार राख्दैनन् थिए । तर जकैले किन येशूलाई देख्ने उत्कट इच्छा राखे ? (४) ?
  • मध्य पूर्वीय सँस्कृतिमा, एउटा प्रतिष्ठित व्यक्ति कहिल्यै पनि दगुरेर हिँड्ने गर्दैन थियो । जकैले केवल येशूलाई देखेर सम्बोधन मात्र गरेनन्, तर उहाँलाई देख्नको निम्ति उनले आफ्नो सँस्कृतिको विपरीत अति नै असामान्य तरिकाले दगुर्ने तथा रूखमा चढ्ने जस्तो कार्य गरे । ती सबै क्रियाकलापहरूले जकैबारे के देखाउँछ ? (पद ४)
  • अञ्जीरको रूख, फलाँटको रूखझैं अग्लो भएर वृद्धि हुन सक्छ । यरीहोको कर प्रमुखले यसरी आफैलाई अग्लो रूखमा चढाएर सबै मानिसका नजरलाई बेवास्ता गर्न खोजी
    रहेका थिए वा आफैलाई रूखको पातहरूमा लुकाउन खोजी रहेका थिए ? तपाईंलाई कस्तो लाग्छ, आफ्नो राय व्यक्त गर्नुहोस् ।
    ५. येशू पहिलो पटक यरीहो घुम्दै हुनुहुन्थ्यो । जब जकैले पहिलो पटक येशूको मुखबाट आफ्नो नाउँ उच्चारण भएको सुन्दा, उसले के सोच्यो होला ? (पद ५)
  • ती दिनमा, उक्त सँस्कृतिमा एकसाथ बसेर खाना खानु भनेको मित्रताको सङ्केत हुन्थ्यो । येशूले जकैको घरमा जाने निधो कहिले गर्नुभयो ? विभिन्न विकल्पहरूका बारेमा
    सोच्नुहोस् । (पद ५)
    ६. यदि येशूले रूखको फेदबाट जकैलाई “पहिला तिमी असल मानिस बन्यो भने म तिम्रो असल मित्र हुनेछु” भन्नुभएको भए जकैको प्रतिक्रिया कस्तो हुनेथियो होला ?
  • यदि कसैले तपाईँलाई “पहिला तिमीले गलत बाटो हिँडन छाड्यौ भने म तिम्रो मित्र हुनेछु” भन्यो भने, तपाईँको प्रतिक्रिया कस्तो हुनेछ ?
  • किन मानिसहरूलाई ‘परिवर्तन होओ’ भनेर भन्नाले मात्र उनीहरू परिर्वतन हुँदैनन् ?
    ७. येशू किन हतारमा देखिनुहुन्थ्यो ? (पद ५)
  • सारा यरीहोवासीका अगाडि ठूलो रूखमा चढ्नका निम्ति कर प्रमुखलाई अप्ठ्यारो लागेन ?
    (पद ७)
    ८. जकैले सधैं पैसालाई माया गर्दथ्यो । तर उसको हृदय यसरी एक्कसी कसरी परिवर्तन भयो होला ? (पद ८)
  • उनले आफ्नो निम्ति लगभग कति प्रतिशत सम्पत्ति राखेका थिए होलान ?
  • झण्डै सम्पूर्ण सहरले नै मन नपराउने मान्छेको घरमा येशू जानुभएको कारण तिनीहरूले उहाँलाई आलोचना गरेका थिए । उदाहरणको लागि यदि जकैले आफ्नो सारा
    सम्पत्तिको आधा हिस्साले एउटा स्कूल निर्माण गरेर बाँकी रहेको पैसालाई घर–घरमा गएर मानिसहरूलाई चार गुणा फर्काइदिएको भए, उनीहरूले कस्तो प्रतिक्रिया दिन्थे होलान ?

    ९. अब्राहाम यहूदीहरूका पहिलो वंशज थिए र इसाईहरूका निम्ति विश्वासका पिता हुन् । येशूले जकैलाई “अब्राहामका पुत्र” भनी सम्बोधन गर्नुको अर्थ के हुन सक्छ ? (पद ९)
  • येशूले पद १० मा बोल्नुभएको वचनअनुसार, के भन्न खोज्नु भएको होला ?
    १०. तपाईंको विचारमा, जकै कतिबेला येशूमा विश्वासी भएका थिए होलान् ? पद पनि उल्लेख गर्नुहोस् ।
  • जकैले गरेका सबै गलत कार्यहरूको परिणामहरू के भए होलान ?
  • एक हप्तापछि, जब येशू मर्नुभएको कुरा जकैले सुने, तब उनको प्रतिक्रिया कस्तो भयो होला ?
    असल समाचारका प्रश्नावलीहरू: यरूशलेम जाने क्रममा, येशू यरीहोतिर पनि जानुभयो । त्यस
    सहरकोे सबैभन्दा खराब मान्छे भनेर चिनिने जकैलाई उहाँले भेट्नुभयो र तिनको मित्र बन्नुभयो । उहाँ तिनको मित्र बन्ने क्रममा, उहाँ तिनको पनि पापको मूल्य चुकाउन आउनुभएको थियो भन्ने कुरा उहाँलाई थाहा थियो । तिनको आफ्नो पापको ज्याला तिनले तिर्नु परेन र त्यसरी नै हामीले पनि तिर्नुपर्दैन । तर येशूले चाहिँ हाम्रो पापको निम्ति आफ्नो ज्यानै बलिदान दिनु पन्यो । आज येशूले तपाईंको निम्ति पद १० मा भएको वचनलाई दिनुहुन्छ । प्रतिउत्तरमा, तपाईंले उहाँलाई कसरी जवाफ दिनुहुन्छ होला ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ३. येशूले एक वेश्यालाई भेट्नुहुन्छ । लूका ७:३६–५०


    पृष्ठभूमि जानकारी : येशूको समयमा एउटा सम्मानित व्यक्तिलाई पहुनास्वरूप कसरी कसैको घरमा
    स्वागत गरिन्थ्यो भन्ने कुरा पद ४४–४६ मा वर्णन गरिएको छ । मानिसहरू सजिलैसँग भूईंमा बसेर अढेस लाग्दै खाने गर्दथे । त्यसैले यदि कसैको खुट्टामा फोहोर मैला देखियो भने, उनीहरूका भोक हराउँथ्यो र उनीहरूले खाना खान सक्दैन थिए । याद राख्नुहोस, यहूदी सँस्कारमा एक महिलाले कहिल्यै पनि अपरिचित पुरुषको अगाडि आफ्नो कपाल खुला छाड्दैनन् थिए । फरिसीको अर्थ परमेश्वरमा श्रद्धा राख्ने विश्वासीहरू भन्ने हुन्छ । सिमोन येशूका अन्य चेलाहरूजस्ता थिएनन् ।
    १. तपाईँको विचारमा के एउटा वेश्याले खुशीयालीपूर्ण जीवन जिउन सक्छे होला र ? । आफ्नो राय दिनुहोस ।
  • सारा शहरमा मानिसहरूलाई थाहा छ कि यो आईमाईले आफ्नै शरीरको विक्री गर्दछे । के कारणले गर्दा उक्त महिला वेश्या भई ? अन्य सम्भाव्यताहरूको बारेमा सोच्नुहोस् ।
    २. फरिसी, सिमोनको लागि जीवनका महत्वपूर्ण कुरा के थिए ?
  • सिमोनले आफ्ने नोकरहरूमध्ये एउटालाई येशूको पाउ धुन लगाएन, वास्तवमा उसैले येशूलाई पाहुना हुन निम्तो दिएको थियो । (पद ३६, ४४–४६)

  • ३. उक्त महिला कसरी लुकिछिपी सिमोनको घरमा पसी र खाना खाने कोठासम्म पुग्न सकी होला ? विभिन्न सम्भावनाका बारेमा सोच्नुहोस ।
  • अत्तरले भरिएको सिँगमरमरको सिसीको भाँडो साह्रैनै महँगो थियो । उक्त अत्तरले भरिएको सिसी त्यो आईमाईले कसरी प्राप्त गरी होला र के उद्देश्यका लागी किनेकी थिई होली ? विभिन्न विकल्पहरूका बारेमा सोच्नुहोस ।
    ४. ती आईमाईले येशूलाई व्यग्रताका साथ भेट्न चाहिन् । ताकी कडा रुपमा आफ्नो निन्दा हुने थाहा पाउँदा–पाउँदै पनि फरिसीका घरमा छिर्ने आँट गरिन ।
  • उक्त समयमा धर्मी मानिसहरूकथित पापीहरूसँग कुनैपनि प्रकारको सम्पर्क राख्तैनथे । के कुराले उक्त महिलालाई विश्वास र साहस जुटाईदियो कि येशू अन्यभन्दा फरक हुनुहुन्छ ?
  • उक्त स्त्री किन येशुको पाउ छुन चाहन्थिइन ? (पद ३८)
  • मुसा, सर्प वा हामीले धेरै नै घृणा गरेको व्यक्तिले हामीलाई छोयो भने के हुन्छ होला ?
  • उक्त स्त्रीले येशूलाई छुन खोज्दा येशूले पाउ पछी नहटाउँदा उसले के बुझिहोली ?
    ६. अनुमान गर्नुहोस कि, या भन्दा पहिले उक्त स्त्री कहिले अन्तिम पटक रोएकी थिई होली ?
  • तपाईँको अनुमानमा यदि कसैले कोही व्यक्तिको पाउ धुन चाहन्छ भने कति थोपा आँशुको आवश्यकता पर्दछ होला ?
  • उक्त स्त्रीलाई के कुराले रुवायो होला ताकी उसको आँशुले येशुको पाउ भिजेको थियो ?
  • उक्त स्त्रीले येशूको सुख्खा पाउ आफ्नो रुमाल वा कपडाले नपुछेर कपालले किन पुछेकी होली ?
  • रात्रीभोजका समय उक्त स्त्री एक शब्द पनि बोलिन तर उसको गतिविधी र आचरणले के भन्न खोजिरहेकी थिई होली ?
    ७. ४१ र ४२ पदमा येशुले एक साहु र ऋणीहरूको बारेमा सानो उखान भन्नुभएको छ, त्यहाँ साहु भनेर परमेश्वरलाई सम्बोधन गरिएको छ भने ऋणीहरूका रुपमा येशुले कसलाई सम्बोधन गर्न खोज्नुभएको होला ?
  • येशूले पापलाई ऋणसँग दाँज्नुभएको छ । ५०० सिक्का बराबरको ऋण भनेको एक साधारण व्यक्तिको डेढ वर्षको कमाई बराबर हुन्थ्यो र ५० सिक्काको ऋण भनेको डेढ महिनाको कमाई बराबर हुन्थ्यो । हाम्रो देशको मुद्रासँग सटही गर्ने हो भने यो कति हुन्छ होला ?
  • मानौँ, यदि तपाईँले गरेका सबै पापहरूलाई १० युरो बराबरका दरले हिसाब गर्ने हो भने आजसम्म तपाईँले परमेश्वरलाई तिर्नुपर्ने ऋण कति हुन्छ होला ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ । )

  • ८. किन, सिमोनदले येशू र स्त्री दुवैजनालाई वेवास्ता गरे ? (पद ३९)
  • हाम्रो आफ्नै जीवनमा भएको पापहरूको नजरअन्दाज गर्दै अरुको जीवनको पाप औँल्याउनु कति सहज हुन्छ ।
    ९. यी दुईमध्ये कुनचाहीँ घटना पहिले घट्यो होला ? के उक्त महिलाले आफ्नो पाप क्षमा भएको विश्वास गरी होला कि आफ्ना सबै पापहरूबाट क्षमा पाउनका निम्ति येशूलाई प्रेम गरी होली ? पद ४२–४३–४७ का आधारमा उत्तर दिनुहोस् ।
  • उक्त स्त्रीले परमेश्वरलाई तिर्नुपर्ने ऋण कसले चुकायो ?
  • सिमोनले परमेश्वरलाई तिर्नुपर्ने ऋण कसले तिन्यो ?
  • सबै मानिसहरूको ऋण येशूले कुन मुद्रामा तिर्नुभयो होला ?
    १०. असल समाचारका प्रश्नावलीहरू: तपाईँका सबै पापहरूका बारेमा येशूलाई थाहा छ, तर यसका बाबजुद पनि उहाँ तपाईँलाई यसो भन्नुहुन्छ, “तिम्रा सबै पापहरूक्षमा भएका छन् । तिम्रो विश्वासले तिमीलाई बचाएको छ । शान्तिसँग जाऊ ।” (पद ४८ र ५०) उहाँसँग मात्र यी शब्दहरू उच्चाहरण गर्ने अधिकार छ, किनभने उहाँको आफ्नै रगतद्धारा तपाईँको पापको मुल्य तिर्नुभएको छ । तपाईँ उहाँलाई के उत्तर दिनुहुन्छ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन
    सक्नुहुन्छ । )
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ४. येशूले एक सम्पन्न राजनीतिज्ञलाई भेट्नुहुन्छ । मर्कुस १०:१७–२७




    पृष्ठभूमि जानकारी : येशुका अन्य जीवनी (जीवन चरित्र) हरूबाट स्पष्ट हुन्छ कि यो खण्डमा चित्रित व्यक्तित्व अझै जवान देखिन्थ्यो । यद्यपी ऊ कथित राज्यसभाको सदस्य थियो । (कथित उच्च परिषद) (मत्ति १९:२२ र लूका १८:१८) उक्त व्यक्तिले बाइबलबाट यो कुरा थाहा पायो कि मृत्युपर्यन्त ऊ कि त अनन्त स्वर्गमा बास गर्नेछ या त अनन्त मृत्युलोकको भागीदार ठहरिनेछ । याद राख्नुहोस कि त्यो सँस्कृतीको व्यक्ति जो अन्य व्यक्तिका अगाडि न त दगुर्दछन् न त घुँडा नै टेक्दछन् ।
    १. तपाईँलाई के लाग्दछ : कि कोही मान्छे आफ्नो मृत्यु पर्यन्त उसको जीवनमा के हुन्छ भन्ने थाहा नपाईकनै पनि खुशी रहन सक्छ ?
  • के कुराले राज्यसभाको उक्त जवान युवकलाई येशुको अगाडि दगुर्दै आएर पाउ पर्ने असामान्य गतिविधी देखाउने बनायो ? (पद १७)

  • के उक्त व्यक्तिले येशूलाई साँच्चै परमेश्वर वा असामान्य वौद्धिक व्यक्तिको रुपमा लियो होला ? (पद १७ दोस्रो खण्ड –१८)
  • आफ्नो जीवनभर परमेश्वरको आज्ञालाई शिरोधार्य गर्दा पनि उक्त व्यक्ति आफ्नो मुक्तिबारे निश्चिन्त थिएन, किन ?
  • किन हामी मृत्युपर्यन्त स्वर्ग जाने कुरामा सँधै निश्चिन्त रहन सक्तैनौँ ?
  • के तपाईँलाई लाग्दछ, कि कोही व्यक्ति आफ्नो मृत्युपर्यन्त स्वर्ग जाने कुरामा रहन
    सक्तछ ? आफ्नो राय दिनुहोस ।
    ३. येशुले यहाँ व्याख्या गरेअनुसार पालना गर्नका निम्ति सबैभन्दा गाह्रो आज्ञा कुन–कुन छन् ?
  • धेरै राजनीतिज्ञहरू पैसा र यौनका विषयमा भ्रष्ट र पतित (परीक्षित ) भएका हुन्छन् । तर उक्त, व्यक्ति यी सबै परीक्षाहरूबाट कसरी बँच्न सफल भएको होला ? (पद २०)
  • याद राख्नुहोस, येशूले आज्ञा गरेअनुुसार यी सबै आज्ञाहरूकार्यमा मात्र होईन कि विचार र शब्दहरूमा पनि पूर्णरुपमा पालना गर्नुपर्दछ । के तपाईँलाई लाग्दछ कि, उक्त व्यक्तिले यी
    सबै कुराहरूपलना गर्नुमा विजयी पाएको छ ? (पद १९–२०)
  • उक्त व्यक्तिले २० पदमा भनेझैँ के तपाईँ पनि इमान्दारीपूर्वक त्यही पद भन्न सक्नुहुनेछ ?
    ४. उक्त व्यक्तिको जीवनमा केही कुराको मात्रै अभाव देखिन्छ । पद २१ लाई स्मरण गर्नुहोस र
    साराँशमा भन्नुहोस, उक्त जीवनमा साँच्चै के कुराको अभाव थियो ?
    ५. येशूले पद २१ म स्वर्गको धनको बारेमा व्याख्या गर्नु हुन्छ । स्वर्गीय धन कसरी आर्जन गर्न
    सकिन्छ ?
  • वर्तमान युवापुस्ताहरूले प्राय: के कुरालाई अत्यन्त महत्वपूर्ण सम्पत्तीका रुपमा लिने गर्दछन् ?
  • तपाईँका निम्ति अत्यन्तै महत्वपूर्ण सम्पत्तीको वा के हुन सक्तछ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ ।)
    ६. शायद उक्त जवान युवकको पनि परिवार साथै बुढेसकालमा पुगेका स्याहार गर्नुपर्ने अभिभावकहरू थिए होलान । यदि उसले पनि येशूले पद २१ म भनेझैँ गरी येशूलाई पछ्याएको भए उनीहरूको के हालत हुन्थ्यो होला ?
  • कल्पना गर्नुहोस कि तपाईँ स्वयँ उक्त जवान युवा राजनीतिज्ञको अवश्थामा हुनुहुन्छ । के तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ कि तपाईँले आफ्ना घर सम्पत्तीहरूबेचेर येशूको पछि लाग्दा उहाँले तपाईँ र तपाईँका परिवारहरूको हेरचाह गर्नुहुनेछ ?
  • के तपाईँले यसो गर्दा स्वर्गमा जान पाउनुभयो भने यस पृथ्वीको आफ्नो सारा सम्पत्ती त्याग्न तयार हुनुहुनेछ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ । )

  • ७. पद २१ अनुसार येशुले युवा राजनीतिज्ञलाई मन पराउनुभयो । किन उहाँले त्यति कडा वचनहरूभन्नुभयो ताकि उ उहाँबाट टाढा भयो ?
    ८. येशूले चाहेअनुुसार आफूले गर्न नसक्ने थाहा पाएपछि उहाँबाट टाढा हुनुबाहेक उसले अरु के नै गर्न सक्थ्यो? (पद २२)
  • शायद, उसको ठाउँमा येशु भएको भए र उसले “मलाई माफ गर्नुहोस म तपाईँलाई भन्दा बढी मेरो धन सम्पत्तीलाई गर्छु ।” भनेको भए उहाँको कस्तो उत्तर दिनुहुन्थ्यो होला ?
    ९. अनुमान गर्नुहोस कि यो अवस्थादेखी उक्त जवान राजनीतिज्ञ आफ्नो जीवनमा खुशी छ होला ? उसले आफ्नो मृत्युको बारेमा के सोच्यो ?
  • येशूले उसलाई दिनुभएको प्रतिक्रिया र पत्रुसलाई दिनुभएको प्रतिक्रियालाई दाँज्नुहोस् । ( पद २१ र २६) सामान्यतया उहाँको प्रतिक्रिया समान छ कि एक अर्कामा फरक छन् ?
  • आफ्नो मृत्यु पश्चात को–को स्वर्ग जान सक्तछन् ।
    १०. असल समाचारका प्रश्नावलीहरू: “परमेश्वरमा सबै कुृराहरूसम्भव छन” भन्नुको अर्थ यो हुन्छ कि येशू स्वयम्ले तपाईँले स्वर्गमा प्रवेश पाउनुहोस भन्नका खातिर सबै स्वर्गीय धन,
    सम्पत्ति र वैभवलाई त्यागेर यस सँसारमा सतावट र मृत्युको भागिदार हुनका निम्ति यस
    सँसारमा आउनुभयो ।
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ५. येशूको शिक्षा : उडन्ता पुत्र लूका १५: ११–२४




    पृष्ठभूमि जानकारी : येशुले भनेका कथाहरूलाई उखान या उपमा भनिन्छ । याद बाबु जिउँदै छ भने छोराले अहिले नै उत्तराधिकार प्राप्त गर्न सक्तैन । येशुको समयमा पहाडहरूमा घर हुँदैनथे, तर ग्रामीण साँघुरा सडकहरूमा घरहरू बन्दथे । गाउँभन्दा बाहिरबाट सजिलै देखिने घरका भागहरू भनेका घरका छानाहरू हुन्थे । (पद २०) हामीले अगावै पनि व्याख्या गरिसकेका छौँ कि सँसारका ती क्षेत्रहरूमा नदगुरेका व्यक्तिहरूका बारेमा व्याख्या गरिसकेका छौँ ।
    १. आफ्ना अभिभावकहरूले आफ्नो स्वतन्त्रतामा बन्देज लगाए भने के एक जवान मानिस खुशी
    रहन सक्छ ?
  • आफ्नो घर तथा बुवा असल र राम्रो हुँदाहुँदै पनि कान्छो छोरा खुशी थिएन किन ?

  • यदि तपाईँ बावुको स्थानमा भएको भए आफ्नो छोराको आग्रहलाई कसरी उत्तर दिनुहुन्थ्यो? (पद १२ दोस्रो खण्ड)
    २. आफ्नो छोरालाई घर छाडी जान दिँदा ऊ माथी के–के आईपर्छ भन्ने कुरा स्पष्टरुपमा थाहा हुँदा हुँदै पनि उसले चिन्ता र दुखलाई भित्रभित्रै लुकायो । (पद १२ दोस्रो खण्ड )
  • यो खण्डमा पिता भनेको परमेश्वर हुनुहुन्छ । अनि यहाँ पुत्र भन्नाले उहाँको नाउँमा विश्वास गरी बप्तिस्मा लिइसकेका र उहाँलाई भुलेकाहरूलाई भनिएको छ । परमेश्वर किन आफ्ना छोराछोरीहरूलाई उहाँबाट टाढा जानदेखि रोक्नुहुँदैन ?
    ३. हाम्रो समयका युवापुस्ताहरूयो जवान व्यक्तिको जस्तै जीवनशैलीदेखी अकर्षित छन् जो आफ्नो जिम्मेवारीदेखि टाढा रहँदै प्रशस्त धन कमाउँदै परदेशमा जीवन यापन गरिरहेका छन्, किन ?
  • यो जवान व्यक्तिले आफ्नो बावुको सम्पत्ति कसरी चलायो पद १३ र ३० मा हेर्नुहोस ।
  • यो जवान व्यक्तिले असल दिन फिर्दा पनि किन आफ्ना कोही साथीहरू पाएनन् ?
    ४. यहूदी समाजमा सँुगुरलाई साह्रैने फोहोरी जनावरका रुपमा लिईन्छ । सँुगुर फार्ममा काम गर्नुपर्दा यो जवान व्यक्तिले के सोच्यो होला ? (पद १४ –१५)
    ५. आफ्नो कठिन परीस्थितीमा आत्महत्या गर्नुभन्दा आफ्नो बाबुकै घरमा जाने के कुराले बनायो ?
    (पद १७)
  • तपाईँले पद १८–१९ मा त्यो जवान व्यक्तिले बनाएको आफ्नो बाबुकहाँ पुगेपछि गर्ने प्रायश्चितको योजनालाई भेट्नुहुनेछ । आफ्नो बाबु विरुद्ध उक्त व्यक्तिले के पाप गरेको थियो ?
  • उक्त जवान व्यक्तिले “स्वर्गका विरुद्धमा” के पाप गरेको थियो ? (पद १८)
    ६. किन यो जवान युवकले आफ्नो बाबुसँग आफूलाई पुन: छोराको रुपमा स्वीकार्न आग्रह गरेन? ( पद १९)
  • साधारणतया कस्ता व्यक्तिहरूले आफू परमेश्वरको छोरा छोरी हुनका निम्ति अयोग्य छु भन्ने ठनन्दछन् ? (पद १९)
    ७. गाउँको बाटोमा खाली खुट्टा, च्यातिएको पुरानो लुगा लगाएर खुट्टा लतार्दै आएको देख्दा बाबुले के
    सोच्यो होला ? (पद २०)
  • आफ्नो छोरालाई टाढैबाट चिन्नुमा बाबुलाई के कुराले सम्भव गरायो ? (पद २०) ( पृष्ठभूमि जानकारी हेर्नुहोस् )
  • तपाईँको विचारमा आफ्नो छोरासँग टाढा हुनुपर्दा बाबुले के गरिरहेका थिए होला ? (पद
    २०)

    ८. छोराले आफ्नो बाबुलाई सुनाउन गरेका सबै योजनाहरूकिनसुनाएन ? (पद १८ दोस्रो खण्ड १९
    र २१)
  • बाबुको व्यवहार र वचनले छोरालाई के सन्देश दिँदै थियो ? (पद २२–२३)
  • बाबुले छोरालाई कतिखेर क्षमा दियो ? पद बताउनुहोस् ।
  • छोराले कतिखेरदेखि आफ्नो बाबुको प्रेम र क्षमालाई आत्मसात गर्न थाल्यो ? पद व्याख्या गर्नुहोस् ।
  • तपाईँको विचारमा पद २४ अनुसार बाबुले भन्न खोजेको मुख्य आशय के थियो ? ९. मानिसको प्रेम र परमेश्वरको प्रेम विचको भिन्नता कसरी छुट्टिन्छ ?
  • रुपान्तरणका बारेमा यस कथाले के सिकाउँदछ ?
    असल समाचारका प्रश्नावलीहरू: “मेरो छोरो मरेको थियो, फेरी जिवित भएको छ । ” येशूले पनि आफ्नो बाबुको घर छाडेर यस पृथ्वीमा आउनुभयो ताकी आफ्नो बाबुको ईच्छा विपरीत होईन बरु उहाँको इच्छा पूरा गर्नका निम्ति आउनुभयो । घर फर्किदा उहाँविरुद्ध स्वर्गका द्धारहरू थुनिएका थिए, र उहाँको अगाडि रुनु शिवाय केही थिएन । “मेरो परमेश्वर, मलाई किन इन्कार गर्नुभयो ?” यस कथामा जसरी येशुको स्वागत गरिनु पर्दथ्यो त्यसरी उक्त जवान युवकको स्वागत र जसरी उक्त जवान युवकलाई इन्कार गरिनुपर्दथ्यो त्यसरी येशुलाई इन्कार गरियो, किन?
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ६ येशूको वृहत शिक्षा: अर्को उडन्ता पुत्र लूका १५:२५–३२


    पृष्ठभूमि जानकारी : वास्तवमा जब कान्छो छोराले आफ्नो हिस्साको सम्पत्ति पाएको थियो बाबुचाहीँले आफ्नो सारा सम्पत्तिको आधा हिस्सा जेठो छोराको नाउँमा छुट्टाईदिएको थियो । (पद
    १२) आफ्नो छोराले उसको कुरामाथी विश्वास गरेन त्यो बाबुको गल्ती थिएन ।
    १. के, आफ्ना आमा–बाबुले उसलाई माया नगरेको अनुभव गर्दा गर्दै पनि के एक जवान मानिस खुशी रहन सक्छ ?
  • यदि घरमा रहँदा आफ्नो जीवनदेखी असन्तुष्ट भए तापनि सबै कुरा छाडेर आफ्नो भाईसँग ठूलो छोरापनि परदेश गएन, किन?
  • तपाईँको विचारमा जेठो छोराले आफ्नो जीवनभन्दा अन्य केही कुरालाई महत्वपूर्ण ठानेन, किन होला ?
    २. तपाईँको विचारमा जेठो छोराले आफूलाई नोकरको रुपमा लियो, यद्यपि उसको बाबुले उसलाई आधा सम्पत्ति दिने प्रतिज्ञा गरेको थियो ? (पद १२ दोस्रो खण्ड, २९, ३१)

  • यो कथामा बाबु भन्नाले परमेश्वर र जवान भाई भन्नाले ईशाई विश्वासबाट पर जानेलाई भनिएको छ भने जेठो दाजु भन्नाले कसलाई सम्बोधन गर्न खोजिएको होला ?
  • तपाईँलाई के लाग्छ, के बाबुले छोरालाई इमान्दार प्रकारले व्यवहार गन्यो होला ?
  • के तपाईँलाई लाग्दछ कि परमेश्वरले हामी मानिसहरूलाई इमान्दार प्रकारले व्यवहार गर्नुहुन्छ ?
    ३. जब खेतमा दिनहुँ कडा परिश्रम गर्दा जेठो छोराले के सोचिरहेको थियो होला ?
  • पद २९–३० मा तपाईँले आफूलाई कहिल्यै जेठो छोराको रुपमा पाउनुभएको भए, त्यो कुन अवश्थामा भएको थियो ।
  • जेठो छोराले कहिल्यै पनि आफ्ना साथीहरूलाई कुनै भोज नदिनुको मुख्य कारण के थियो ?
    (पद २९)
  • यदि आफ्नो छोराले खसी, भेँडा, वा राम्रो बाच्छो काटेर आफ्ना साथीहरूलाई भोज दिएको भए बाबुले कसरी लिन्थ्यो होला ?
    (पद ३०–३१)
    ४. यस्तो अवस्थामा जेठो छोरा आवेगमा आउनुको मुख्य कारण के हुन सक्छ ? (पद २७–२८)
  • कान्छो छोराले आफ्नो बाबुलाई गाउँभरी लज्जित बनाईसकेको थियो, र अहिले जेठोले पनि त्यही कार्य दोहोन्यायो । तर बाबु रिसाएनन् किन होला ?
  • पद २८ को दोस्रो खण्ड र ३१–३२ अनुसार तपाईँले परमेश्वरको व्यवहारबाट कस्तो प्रभाव पाउनुभयो ?
    ५. जेठो छोराले आफ्नो बाबुलाई किन प्रेम गरेन यद्यपी उसको बाबु ऊ प्रति सँधै दयालु भयो ?
    ६. जेठो छोराले यो सोच्यो कि उसले सधैँ बाबुको इच्छा पुरा गरिरहेको थियो । (पद २९) र अझै पनि बाबुले आफ्नो छोराबाट के कुराको अपेक्षा गरेको थियो ?
  • जेठो छोराले छोराले आफ्नो कान्छो भाईलाई प्रेम गरेन यसबाट के देखिन्छ ? (पद ३०)
  • जेठो छोराले कसलाई प्रेम गर्दछ ?
    ७. जेठो छोरा भोजमा सामेल भयो या भएन भन्ने कुरा नबताईकनै येशूले कथालाई बीचमा नै किन
    रोक्नुभयो ? (पद २८, ३२)
    ८. येशूको कथामा भोज भन्नाले प्राय स्वर्गको बारेमा सँकेत गर्दछ ? यो कथा अनुसार अन्तत :
    स्वर्गको भागिदार को हुन्छ ?
  • यो कथा अनुसार अन्तमा यदि कोही स्वर्गको भागिदार भएन भने त्यसको जिम्मेवार को हुन्छ ?

  • ९. अनुमान गर्नुहोस कि अर्को दिनको विहान यी दुवै जवान युवकहरूखेतमा काम गर्न गए भने कस्तो माहोल होला ? जेठो दाजुको मानसिक अवस्था कस्तो भयो होला र कान्छो भाईको कस्तो ?
  • यस सँसारमा सबै मानिसहरूयस कथाका दाजुभाई जस्ता हुन । तपाईँ आफूलाई कुन भाई जस्तो ठान्नुहुन्छ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिनुहोस् )
    १०. असल समाचारका प्रश्नावलीहरू: येशू भन्नुहुन्छ : “तिम्रा सबै चिजहरूमेरा हुन” । उहाँले त्रूmसमा झुण्डिएर तपाईँको निम्ति स्वर्गमा स्थान बनाउनुभयो । तपाईँले बप्तिस्मा लिएको दिनमा उहाँले तपाईँलाई यो उत्तराधिकार प्रदान गर्नुभयो । जेठो दाजुले यो प्रतिज्ञालाई विश्वास गरेन, गर आफ्नो उत्तराधिकारलाई दासको रुपमा लिएर खट्यो । के, तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ पनि स्वर्गीय उत्तराधिकार सिँत्तैमा प्राप्त गर्न सक्नुहुनेछ, अथवा तपाईँ असल कार्यद्धारा आर्जन गर्नतिर लाग्नुहुन्छ ? (तपाईँ आफ्नो हृदयमा उत्तर दिन सक्नुहुनेछ ।)
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ७. येशुको शिक्षा : मेरो छिमेकी को हो ? लूका १०:२५–३७


    पृष्ठभूमि जानकारी : यरूशलेम र यरीहो बीचको सडकको दूरी ३० किलोमिटर लामो थियो र उक्त
    सडकमा यात्रा गर्ने यात्रुहरूलाई लुट्ने डाँकुहरूका कारण साह्रै नै डरलाग्दो थियो । लेवी भनेको त्यस्तो व्यक्ति हो जो मन्दिरको ढोका, घरमा पालेसरह बस्दछ । येशूको समयमा एकै देशमा भए तापनि यहूदीहरूको सम्बन्ध सामरीहरूसँग विरोधीका रुपमा मात्र थियो । (आफ्नै देशको उदाहरण लिनुहोस ।)
    १. सोच्नुहोस कि, आफ्नो साथीभाई अभावमा छट्पटाईरहेको देखेर पनि वेवास्ता गर्दै, आफू र आफ्नो परिवारको बारेमा मात्रै सोचेर बस्तछ भने के ऊ खुशी रहन सक्ला ?
  • तपाईँ, अभावमा परेकाहरूलाई नितान्त आफ्नो पैसा सहयोगका रुपमा कत्तिको दिनुहुन्छ ?
    २. अघिल्लो अध्ययनमा वचनको यसै खण्डमा हामीले यो सिकिसकेका छौँ कि एक राजनीतीकर्मीले व्यवस्थाको शिक्षकका रुपमा येशूलाई यस्तै प्रश्न सोध्यो । (पद २५–२७)
  • येशूले पद २७ मा सिकाए अनुरुप अवस्था/परीस्थिती हुने हो भने तपाईँ आफू स्वर्ग जाने अवसर कति देख्नुहुन्छ ?
    ३. येशूले एक त्यस्तो व्यक्तिको कथा सुनाउनुहुन्छ, जसलाई डाँकुहरूको समुहले मरणाशन्न हुनेगरी पिट्दछन् । कल्पना गर्नुहोस कि, उक्त घाईते व्यक्ति घण्टौँसम्म सडक छेउमा वेवारीसे रुपमा परिरहँदा उसले के सोच्यो होला? (पद ३०)

  • प्रतिज्ञा गरेको समयमा घर नफर्कदा उसका छोरा–छोरीहरूर श्रीमतीले के सोचिरहेका थिए होलान ?
    ४. हमला गरिएको (घाईते) व्यक्तिलाई सहयोग गर्दा यात्रीहरूलाई के कुराको डर थियो ?
  • पुजारी र मन्दिरको सेवक मन्दिरमा पूजा अर्चना गर्नका निम्ति त्यही बाटो भएर जान्थे । यदि उक्त घाईते व्यक्ति यी दुई यात्रीका आफ्नै छोरा–छोरी भई दिएको भए उनीहरूके गर्थे होला ?
  • उक्त अपरीचित अपराधको पीडितलाई यी दुई यात्रीहरूले सहयोग नगर्नुको सम्भावित कारणहरू के हुन सक्छ सोच्नुहोस् ।
    (पद ३१–३२)
  • उक्त अवस्थामा तपाईँ भएको भए के गर्नुहुन्थ्यो ?
    ५. ती पूजारी र सामरीहरूले आफ्नो बाल्यकालदेखी सिक्दै आएका प्रेमको आज्ञालाई कसरी व्याख्या गरे ? (पद २७ हेर्नुहोस्)
  • “म मेरा परमेश्वरलाई हृदयदेखि नै प्रेम गर्दछु तर मैले अहिलेसम्म अरु मानिसहरूलाई
    सहयोग गर्ने अवसर भेटेकै छैन”, भन्यो भने उक्त व्यक्तीलाई तपाईँ के ठान्नुहुन्छ ?
    ६. यदि उक्त घाईते यहूदीको अगाडिबाट सामरी वेवास्ता गरी गएको भए उसको त्यस्तो व्यवहारलाई कसरी लिन्थ्यो होला ? पृष्ठभूमि जानकारी हेर्नुहोस् ।
  • उक्त अवस्थामा कसैले अपेक्ष गरेभन्दा पनि बढी रुपमा त्यो सामरीले के का निम्ति त्यस्तो कार्य गन्यो होला ? (पद ३३–३५)
    ७. दुई दिनारी भनेको दुई दिनको श्रम बराबारको ज्याला हो, जसको अर्थ एक महिनाको साविक कमाईका १३ हिस्सा जति हुन आउँछ । उक्त पैसाले एकजना व्यक्ति सरायमा करिब दुई महिना बस्न सक्छ । तपाईँको देशमा दुई दिनारी बराबर मोटामोटी रुपमा कति रुपैयाँ हुन आउँछ ?
  • एक सामरीले पूर्णरुपमा अपरीचित व्यक्तिलाई एक्त रुपैयाँ किन दियो होला, सम्भावित कारणहरूसोच्नुहोस ।
  • तपाईँको विचारमा एक्त सामरी यात्रीले प्रेमको प्रतिज्ञालाई कति प्रतिशतकारुपमा पालना गन्यो होला ? (पद २७ हेर्नुहोस् )
    ८. येशूले “छिमेकी” शब्दले कस्लाई सम्बोधन गर्नुभएको होला ?
  • नजिक या टाढाको कुन छिमेकीलाई तपाईँले सहयोग गर्नुपर्ला ?
    ९. यस कथाको कुनै एक चरित्रलाई रोज्नुपन्यो भने, घाईते, सडक डाँकु, मन्दिरको पूजारी या
    सरायको सँचालक मध्ये तपाईँलाई कुन सुहाउँछ ? उक्त विशेष चरित्र रोज्नुको कारण दिनुहोस ।

  • यस कथामा येशुले कस्तो रुपमा उक्त सामरीको प्रतिनिधीत्व गर्नुहुन्छ ?
  • येशुले कसरी घाईते यात्रीको प्रतिनिधीत्व गर्नुहुन्छ ?
  • पद २७ मा व्याख्या गरेभन्दा येशुले अर्कै स्वर्ग जाने बाटो तयार पार्नुभयो ? त्यो के हुन
    सक्छ ?
    १०. असल समाचारका प्रश्नावलीहरू: “जाऊ र यसै गर”, येशुले भन्नुभयो र ऊसले गयो र यसै गन्यो । शायद, सबै मानिसहरूले तपाईँको दुखको अवस्थामा वेवास्ता गर्दै गए होलान तर उहाँ यस्तो गर्नुहुन्न । उहाँ तपाईको छोउमै हुनुहुन्छ र तपाईको हृदयमा घाउहरूलाई मल्हम पट्टीले बाँध्न प्रतिक्षा गर्दै हुनुहुन्छ । तपाई उहाँलाई कस्तो प्रतिक्रिया दिनुहुन्छ ? (तपाई आनो हृदयमा उत्तर दिन सक्नुहुनेछ ।)
  • (सबैजनाका निम्ति प्रश्न ) यस अध्ययनका क्रममा तपाईँले के महत्वपूर्ण कुरा सिक्नुभयो ?



    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com

    ८. येशूले दुई अपराधीहरूलाई भेट्नुहुन्छ । लूका २३: ३३–४३




    पृष्ठभूमि जानकारी : रोमी साम्राज्यमा त्रूmसको दण्ड : सबैभन्दा तल्लो स्तरको अपराधको सजाय
    स्वरुप दिइन्थ्यो । यसकारण यी दुई अपराधीहरूलाई व्यवसायिक अपराधीका रुपमा सम्बोधन गर्न
    सक्तछौँ । जसले शायद पैसाका निम्ति मानिसहरूको हत्या गरेका थिए । मसीह (अथवा ख्रीष्ट) जसलाई यहूदीहरूले पुरानो करारको समयदेखि नै राजाका रुपमा प्रतिक्षा गरिरहेका थिए ।
    १. आफ्नो जिब्रो र मुक्काले अरूलाई प्रहार गरेर पनि के कोही व्यक्ति खुशी रहन सक्छ ?
  • किन आजभोली धेरै जवान भाईबैनीहरूअरुलाई उत्तेजित पार्दै हिँसाको सहारा लिन मनपराउँछन् ?
    २. यी दुई मानिसहरूले आफ्नो युवावस्थामा हिँसाको सहारा लिए होलान ? यसका विविध
    सम्भावनाहरूको बारेमा सोच्नुहोस ।
  • कुनै सहायता लिनुभन्दा पहिल्यै यी दुईजनालाई यस्तो गलत कार्यबाट शायद कसले
    रोक्थ्यो होला ?
  • जब तपाईँले आफू स्वयम् र आफ्नो आचरणलाई के तपाईँले परिवर्तन गर्न सक्नुहुनेछ ?
    ३. यी दुई अपराधीहरूले बाहेक अरु कसैले यति नजिकबाट येशूको आचरणलाई बुझ्न सक्थे होला ? उहाँको कुन शब्द र व्यवहारले उनीहरूलाई अचम्मित पान्यो होला ? (पद ३४–३८)
  • किन, येशुले उनीहरूलाई स्वर्गीय परमेश्वरको सामु आफूलाई यातना दिनु अगाडि बचाउन चाहनुहुन्थ्यो? (पद ३४)

  • “परमेश्वर, उसलाई क्षमा गर्नुहोस । ऊ आफैलाई थाहा छैन कि उसले मलाई कति नराम्रो प्रकारले व्यवहार गरिरहेको छ ।” भनि आफ्नो सबैभन्दा खराब नोकरको निम्ति प्रार्थना गर्न सक्नुहुन्छ ? (पद ३४)
    ४. के कारणले भीडहरूले, शासकहरूले, रोमी शासनकर्ताहरूले वा सेनाहरूले वा ती अपराधीहरूले येशूलाई कराइरहेका थिए ? कृपया शास्त्र खण्डबाट पत्तो लगाउनुहोस् (३४ख–३९) ?
  • यी मानिसहरूले येशूलाई के को निम्ति गिल्ला गरिरहेका थिए ? (३५–३९) ?
  • किन येशूको कुनै पनि साथीहरू उहाँको प्रतिरक्षाको निम्ति आएनन् ?
  • यदि तपाईं त्रूmसको फेदीमा उभिरहनुभएको थियो भने, के गर्नुहुने थियो होला ?
    ५. एउटा अपराधीले येशू नै राजा हुनुभएको र उहाँको आफ्नै राज्य भएको भनी कसरी घोषणा गर्न
    सक्यो (३७–३८, ४२) ?
  • त्रूmसमा हुनुभएको येशूले यस संसारका अन्य राजाहरूसँग तुलना गर्नुहोस् । उनीहरूबीच
    सबैभन्दा प्रष्टै देखिने भिन्नता के रहेको थियो ?
  • येशू राजा मात्र हुनुहुन्न थियो तर उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो भन्ने निष्कर्ष त्यस अपराधीले कसरी निकाल्न सक्यो ? (४०–४१) ?
    ६. अधिकाँश अपराधीहरूले आफूले कुनै पनि गल्ती नगरेको कुरा स्वीकार गर्छन् ? आफ्नो अपराधको निम्ति मृत्युदण्ड भनेको उचित दण्ड थियो भनी एउटा अपराधीले किन स्वीकार गन्यो (४१) ?
  • त्यो अवस्थामा छँदा पनि अर्को व्यक्तिले किन आफ्नो अपराधलाई स्वीकार गरेन ?
  • यी दुई अपराधीहरूमध्ये आफ्नो अपराधलाई स्वीकार गर्ने वा नगर्ने कसलाई तपाईंले
    राम्रोसँग बुझ्न सक्नुहुन्छ ?
    ७. पद ४२ मा एकदमै छोटो प्रार्थना रहेको छ: “मलाई सम्झनुहोला !” हामी कष्टमा हुँदा किन हामीलाई प्रेम गर्ने कुनै व्यक्तिले हामीलाई सम्झियोस् भन्ने हामी चाहन्छौं ?
  • किन यो अपराधीले आफूलाई सिधँै येशूको राज्यमा पस्न दिइयोस् भनी अनुरोध गरेन ?
    ८. येशूले दिनुभएको उत्तरलाई सुन्दा यो अपराधीले के सोच्यो होला ? (४३) ?
  • यस्तो हत्यारालाई किन येशूले स्वर्गमा हुनेछौं भनी भन्नुभयो होला ?
  • तपाईंको विचारमा यो अपराधीले कहिले येशूमा विश्वास गर्न थाल्यो ? पद पनि समावेश गर्नुहोस् ।
    ९. जीवनको अन्तिम सासमा येशूमाथि विश्वास गर्ने उक्त अपराधीलाई कल्पना गर्नुहोस् । यी
    समयमा ऊ खुशी थियो वा दु:खी ?

  • सायद उक्त अपराधीको पत्नी, बच्चा वा आमा ऊ झुण्डिएको त्रूmसको नजिकै उभिइरहेका थिए होलान् । यो मान्छेले आफ्नो परिवारको निम्ति कस्तो किसिमको सम्झना छोडेर गयो ?
  • त्यस व्यक्तिको बारेमा बाइबलबाट पढ्ने क्रममा, आउँदो पुस्ताको निम्ति उक्त व्यक्तिले कस्तो गवाही/साक्षी छोडेर गयो ?
    १०. सुसमाचारको प्रश्नावाली: एउटा अपराधीको अघि स्वर्गद्वारा खोलियो, तर उसको सट्टामा येशू आफै नै नरकको ढोका भएर जानु परेको थियो । के यो अपराधीले गरेको जस्तै प्रार्थना तपाईं आफै पनि गर्न चाहनुहुन्छ ? जस्तै: “येशू, मलाई सम्झनुहोला !” यदि तपाईंले गर्नुहुन्छ भने उहाँले तपाईंलाई पनि त्यही उत्तर दिनुहुनेछ: “एक दिन तिमी मसँग स्वर्गमा हुनेछौं ।” ( तपाईंले आफ्नो हृदयमा उत्तर दिन सक्नुहुन्छ) ।
  • सबैले उत्तर दिनुपर्ने: यो बाइबल अध्ययनमा तपाईंले सिक्नुभएको महत्वपूर्ण कुरा के हो ? ९. येशूले


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com


    © 2014 Glad Tidings Bible Studies in Nepali - www.gladtidings-bs.com